सुनसरीमा गोली प्रहार गरेर सालीको हत्या
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा गएराती भिनाजुले गोली प्रहार गरेर सालीको हत्या गरेका छन् । गोली प्रहारबाट स्थानीय १८ वर्षीया अर्सी खातुनको मृत्यु भएको हो ।
अर्सीकै भिनाजु भारतको पत्राहा पञ्चायत-१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले उनीमाथि गोली प्रहार गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । ‘ससुरालीमै आएर राती सालीमाथि गोली प्रहार गरेछन्,’ डीएसपी खतिवडाल...





























