संगालोखबर


विराटनगर । जिल्ला अदालत मोरङले हाजिरी जमानीमा छाड्ने आदेश दिएलगतै प्रहरीले अभिषेक गिरीलाई काठमाडौं लगेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानका लागि उनलाई काठमाडौं लगेको हो ।

मोरङ प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा म्याद थपका लागि गिरीलाई आज जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो । तर, न्यायाधीश टंकबहादुर महतको इजालसले गिरीविरुद्ध म्याद थप गर्न अस्वीकार गर्दै हाजिरी जमानीमा छाड्ने आदेश दिएको थियो ।

Advertisement

मोरङ प्रहरीका अनुसार सीआईबीले गिरीमाथि ठगी र आपराधिक विश्वासघात मुद्दामा पक्राउ अनुमति लिएका कारण थप अनुसन्धानका लागि काठमाडौं पठाइको हो । विराटनगर विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत काठमाडौं पठाइएको माेरङ प्रहरीले जनाएकाे छ ।

विराटनगर महानगरपालिका–८ स्थित आफ्नै घरबाट असार १३ गते पक्राउ परेका गिरीमाथि आपराधिक लाभ सम्बन्धी कसुरमा मोरङ प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

गिरीलाई छाड्न माग गर्दै उच्च अदालत विराटनगरमा बन्दीप्रत्यक्षीकरण रिट दायर भएको थियो । रिट खारेज गर्दै उच्च अदालत विराटनगरका न्यायाधीशद्वय गणेश ठाकुर र नारायणप्रसाद रेग्मीको संयुक्त इजलासले अनुसन्धान ५ दिनभित्र सक्न आदेश दिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!