
विराटनगर । लियो क्लब अफ विराटनगरको अध्यक्षमा सञ्जु गोइत निर्वाचित भएका छन् । लामो समयदेखि लियोमा सक्रिय रहँदै आएका गोइत वर्ष २०२६/२०२७ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
आफ्नो अनुभव र नेतृत्वले आगामी दिनमा अझ प्रभावकारी सामाजिक तथा मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।
लियो वर्ष २०२५/२०२६ मा अध्यक्षको जिम्मेवारीमा सिर्जना लुँइटेल थिइन् । उनको नेतृत्वमा क्लबले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, रक्तदान तथा विभिन्न सामाजिक सेवामूलक कार्यक्रमहरू गरेको थियो ।
लायन्स क्लब अफ विराटनगरको प्रायोजनमा सञ्चालित लियो क्लब अफ विराटनगरले आगामी कार्यकालमा पनि ‘हामी सेवा गर्छौं’ भन्ने मूल नाराका साथ काम गर्ने जनाएको छ ।

संगालोखबर 
















