संगालोखबर


विराटनगर । माेरङकाे लेटाङस्थित जाँतेमा ९ दिनअघि दुर्घटनामा परेर घाइते भएकी एक युवतीको शनिबार दिउँसो मृत्यु भएको छ ।

मदन भण्डारी लोकमार्गअन्तर्गत लेटाङ-९ जाँतेमा प्र १-०२-०६० प १७५५ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको को २२ प ९५०९ नम्बरको स्कुटरलाई असार ११ गते ठक्कर दिएकाे थियो ।

Advertisement

दुर्घटनामा परेर मोटरसाइकल चालक ताप्लेजुङको मिकुवाखोला गाउँपालिका-२ का ३० वर्षीय प्रवीण दाहाल, स्कुटर चालक लेटाङ-९ की २५ वर्षीया चाँदनी राई र पछाडि सवार २२ वर्षीया मुना दाहाल घाइते भएका थिए ।

घाइतेमध्ये गम्भीर अवस्थाकी मुना दाहालको विराटनगरको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते मोटरसाइकल चालक र स्कुटर चालकको न्युरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये स्कुटर चालक चाँदनी राईको अवस्था गम्भीर छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!