एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
भोजपुर । नेकपा एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी भएका छन् । नबौं जिल्ला अधिवेशनमा भएको मतदानमा ३१७ मत प्राप्त गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । खड्कासहित पदाधिकारीमा उनको प्यानल नै विजयी भएको छ ।
शनिवार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार निकटतम प्रतिद्वन्द्वी शरणकुमार राईलाई खड्काले ९४ मतान्तरले पराजित गरेका छन् । शरणकुमारले २२३ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष ३११ मतस...






























