तेह्रथुमको सोल्मामा खुकुरी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्मामा एक युवकले आफ्नी आमाको हत्या गरेका छन् । आज अपरान्ह स्थानीय २३ वर्षीय दिपक नेपालीले खुकुरी प्रहार गरी आफ्नै आमा ४३ वर्षीया तीलमाया नेपालीको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार सामान्य घरायसी विवादका क्रममा दिपकले आमा तीलमायालाई खुकुरी प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक खगेन्द्र एक्नेनका अनुसार तीलमायाको घटनास्थ...































