मोरङको रतुवामाईबाट एक हजार किलो गाँजासहित धनकुटाका उमेश पक्राउ

मोरङको रतुवामाईबाट एक हजार किलो गाँजासहित धनकुटाका उमेश पक्राउ

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-१० बाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । आज दिउँसो १ः३० बजे मिनी ट्रकबाट एक हजार ३३ किलो गाँजा बरामद भएको हो । मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रकमा गाँजा रहेको विशेष सूचना आएपछि नियन्त्रणमा लिन नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको थियो । संयुक्त टोलीले रोकेर चेक...
विराटनगरमा निकालियो सद्भाव र्‍याली

विराटनगरमा निकालियो सद्भाव र्‍याली

विराटनगर । विराटनगरमा आज सद्भाव र्‍याली निकालिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा निकालिएको सद्भाव र्‍यालीमा धर्मगुरुका साथै स्थानीय अगुवाको सहभागिता थियो । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा गएको आइतबार राति दुई समूहबीच भएको झडपका क्रममा दुई जनाको ज्यान गएपछि देशैभर प्रदर्शनहरू उग्र बन्दै गएपछि सरकारी संयन्त्रकै पहलमा सद्भाव र्‍याली निकालिएको हो । कप्तानगन्जमा दुई समुदायका बि...
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ पिन्ट रगत संकलन

जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ पिन्ट रगत संकलन

विराटनगर । मोरङको कटहरीस्थित जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रम गरिएकाे छ । रगतको आवश्यकता पर्ने बिरामीहरूलाई सहयोग पुर्याउने तथा रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित अस्पतालले रक्तदान कार्यक्रम गरेकाे हो । साे क्रममा ५४ पिन्ट रगत संकलन भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारी, जीवन विकास सामुदायिक अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी, साथै अस्पतालम...
अनुसन्धान प्रतिष्ठानको दरबन्दी स्वीकृति र देवानगन्ज घटनाका पीडितलाई राहत दिने निर्णय

अनुसन्धान प्रतिष्ठानको दरबन्दी स्वीकृति र देवानगन्ज घटनाका पीडितलाई राहत दिने निर्णय

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले दुईवटा महत्वपूर्ण निर्णयहरू गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अनुसन्धान प्रतिष्ठानको दरबन्दी स्वीकृति र देवानगन्ज घटनाका पीडितलाई राहत दिने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान भद्रपुर र ...
सामाजिक सद्भाव तथा शान्तिका लागि कोशीका सभामुख विष्टको अपिल

सामाजिक सद्भाव तथा शान्तिका लागि कोशीका सभामुख विष्टको अपिल

विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सामाजिक सद्भाव तथा शान्तिका लागि अपिल गरेका छन् । आज एक सन्देश जारी गर्दै उनले उत्तेजना र आवेगले समस्यालाई झन् जटिल बनाउने भएकाले सबै पक्षलाई संयमित भएर शान्ति कायम राख्न आग्रह गरेका हुन् । केही दिनदेखि सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगनञ्जमा घटेको दुःखदायी घटना र मधेश प्रदेशका सिराहा, सप्तरी, धनुषा लगायतका जिल्लामा विकसित घटनाक्रम...
विराटनगरका पत्रकार थपलियालाई जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार

विराटनगरका पत्रकार थपलियालाई जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार

विराटनगर । विराटनगरका पत्रकार पुष्पराज थपलियालाई जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस चौतारी मोरङले यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार थपलियालाई प्रदान गरेको हो । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपको प्रमुख आथित्यतामा आज भएको विशेष कार्यक्रममा थपलियालाई १५ हजार पाँच सय राशीको पुरस्कार प्रदान गरिएको छ । मोरङको पत्रकारि...
मोरङको ग्रामथानमा फलैँचामा मृत भेटिए ७० वर्षीय वृद्ध

मोरङको ग्रामथानमा फलैँचामा मृत भेटिए ७० वर्षीय वृद्ध

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-७ विशाल चोकस्थित सडक छेउको फलैँचामा वृद्ध मृत फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका-१ का ७० वर्षीय वीरबहादुर कुमाल फलैँचामा मृत भेटिएका हुन् । बिहीबार राति फेला परेको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको थियो । पोस्टमार्टमपछि आज शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको...
विराटनगरमा आज दिउँसो ३ बजे सद्भाव र्‍याली निकालिँदै

विराटनगरमा आज दिउँसो ३ बजे सद्भाव र्‍याली निकालिँदै

विराटनगर । मोरङमा आज सद्भाव र्‍याली निकालिने भएको छ । जिल्लामा सामाजिक र धार्मिक सद्भाव कायम राख्न आज दिउँसो ३ बजे सद्भाव र्‍याली निकाल्न लागिएको हो । सद्भाव र्‍यालीमा सहभागि हुन सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघसंस्था, सञ्चारकर्मी युवा, व्यापारिक वर्ग, विभिन्न धार्मिक समुदाय लगायत आम नागरिकलाई जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ । विराटनगरस्थित महेन्द्र चोकबाट सुर...
विराटनगरका युवा उद्यमी रोमन कट्टेल युवा उद्यमी मञ्चको अध्यक्षमा सर्वसम्मत निर्वाचित

विराटनगरका युवा उद्यमी रोमन कट्टेल युवा उद्यमी मञ्चको अध्यक्षमा सर्वसम्मत निर्वाचित

विराटनगर । विराटनगरका युवा उद्यमी रोमन कट्टेल नेपाल युवा उद्यमी मञ्च विराटनगरको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । गएराती विराटनगरमा सम्पन्न मञ्चको २२ औं अधिवेशनले युवा उद्यमी कट्टेलको नेतृत्वमा १३ सदस्यीय समिति निर्वाचित गरेको हो । प्रणाम ग्रुप सम्बद्ध कृष्ण दाना उद्योग, प्रणाम इँटा लगायत विभिन्न उद्योगको नेतृत्व सम्हाल्दै आएका कटेल यसअघि मञ्चको प्रथम उपाध्यक्ष थिए । संजिव सिंग्देल नेतृत...
विराटनगरमा भाेलि सद्भाव र्‍याली

विराटनगरमा भाेलि सद्भाव र्‍याली

विराटनगर । सामाजिक एकता र धार्मिक सहिष्णुतालाई मजबुत बनाउने उद्देश्यले मोरङको विराटनगरमा शुक्रबार ‘सद्भाव र्‍याली’ आयोजना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आज मोरङ उद्योग व्यापार संघको सभाहलमा आयोजना गरेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । हालैका केही घटनाक्रमले सदियौंदेखि कायम रहेको हिन्दु र मुस्लिम समुदायबीचको सामाजिक एकता र धार्मिक सद्भावमा खलल पुर्‍याउन खोजेको निष्कर्ष नि...
विराटनगरमा प्राज्ञिक विद्यार्थी परिषद्को आयोजनामा कविता प्रतियोगिता

विराटनगरमा प्राज्ञिक विद्यार्थी परिषद्को आयोजनामा कविता प्रतियोगिता

विराटनगर । विराटनगरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आयोजनामा कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थी परिषद् पूर्वाञ्चल कलेज अफ ल एकाइ समितिको आयोजनामा गुरुपूर्णिमाको अवसरमा गुरु सम्मान एवं कविता वाचन प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा १० जना प्रतियोगीहरू सहभागि थिए । जसमध्ये चिनु काफ्ले प्रथम हुँदा निशु कार्की द्वितीय र सौगात घिमिरे तृतीय भए । धिरज पटेलले सान्त्वना स्थान हा...
मोरङमा मठ-मन्दिर, मस्जिद र चर्चमा चर्को आवाज बजाउन रोक

मोरङमा मठ-मन्दिर, मस्जिद र चर्चमा चर्को आवाज बजाउन रोक

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले धार्मिक तथा सांस्कृतिक क्रियाकलापका नाममा चर्को ध्वनिमा लाउडस्पीकर, माइक र साउन्ड बक्स प्रयोग नगर्न/नगराउन आग्रह गरेको छ । विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि गर्दा ठूलो आवाज निकाल्दा बालबालिका, वृद्धवृद्धा लगायत सर्वसाधारणमा ध्वनि प्रदूषण भई मानसिक तथा दीर्घ रोगको जोखिम बढेको जनगुनासो आएको भन्दै मोरङ प्रशासनले यस्तो आग्रह गरेको हो । सहायक प्रमुख जि...
पुराना फोटो र भिडियो राखेर भ्रम नछर्न कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको आग्रह

पुराना फोटो र भिडियो राखेर भ्रम नछर्न कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको आग्रह

विराटनगर । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानले पुराना फोटो र भिडियो सामाजिक सञ्जालमा राखेर भ्रम तथा उत्तेजना फैलाउने कार्य नगर्न आग्रह गरेको छ । सुनसरीको देवानगन्ज घटनापछि उत्पन्न संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै प्रतिष्ठानले यस्तो आग्रह गरेको हो । सामाजिक सञ्जालमा यसअघि नै भएका आन्दोलनका पुराना भिडियो तथा फोटो राखेर अफवाह फैलाउने कार्य हुन थालेपछी भ्रम, अफवाह र उत्तेजना फैलाउने कार्य नगर्...
देवानगन्ज घटनापछि मोरङमा पनि बोलाइयो सर्वपक्षीय बैठक

देवानगन्ज घटनापछि मोरङमा पनि बोलाइयो सर्वपक्षीय बैठक

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगन्जमा भएको घटनापछि मोरङमा पनि सर्वपक्षीय बैठक बोलाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय बैठक बोलाएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार आज दिउँसो ३ बजे विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा बैठक आयोजना गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार सुनसरी घटना...
मोरङको सुन्दरहरैंचाबाट बन्दुक र गाँजासहित एक जना पक्राउ

मोरङको सुन्दरहरैंचाबाट बन्दुक र गाँजासहित एक जना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१० स्थित मुनालझोलाबाट बन्दुक र गाँजासहित एक जना पक्राउ परेका छन् । उनलाई प्रहरीले बुधबार राति ९ः१० बजेतिर  पक्राउ गरेको हो । लागूऔषध किनबेच भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोही स्थानका ५६ वर्षीय बलबहादुर राईलाई पक्राउ गरेको छ । उनको घरको भान्साकोठामा खानतलासी गर्ने क्रममा भरुवा बन्दुक र गाँजा फेला पारेको मोरङ प्रहरीका सूचना अधिकारी डीए...
विराटनगर विमानस्थल हुँदै काठमाडौं पठाउन लागिएको जुत्ताभित्र भेटियो लागूऔषध

विराटनगर विमानस्थल हुँदै काठमाडौं पठाउन लागिएको जुत्ताभित्र भेटियो लागूऔषध

विराटनगर । विराटनगर विमानस्थल हुँदै काठमाडौं पठाउन लागिएको जुत्ताको सोलभित्र लागूऔषध ब्राउन सुगर फेला परेको छ । विमानस्थलमा गरिएको सुरक्षा जाँचका क्रममा लागूऔषध फेला परेपछि एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-९ महेन्द्र चोकस्थित एक्सपो एक्सप्रेस कुरियरमार्फत बुधबार साँझ ७ बजेतिर काठमाडौंको तारकेश्वर नगरपालिका मनमैजु निवासी अशोक विश्वकर्माका नाममा सेतो रङको स्पोर्ट्स सुज प...
सुनसरी घटनापछि सीमामा उच्च निगरानी, नेपाल प्रवेश गर्न भारतीयलाई अनिवार्य आईडी कार्ड

सुनसरी घटनापछि सीमामा उच्च निगरानी, नेपाल प्रवेश गर्न भारतीयलाई अनिवार्य आईडी कार्ड

विराटनगर । सुनसरीको देवानगन्ज-३ कप्तानगञ्जमा भएको घटनापछि भारतसँग जोडिएका सीमा नाकामा सुरक्षा निगरानी कडा पारिएको छ । उक्त घटनापछि सीमा नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकका लागि परिचयपत्र अनिवार्य गरिएको हो । विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज बसेको सर्वपक्षीय सुरक्षा बैठकमा सीमा क्षेत्रको सुरक्षा अवस्थाबारे समीक्षा गर्दै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको जानका...
कोशी सरकारद्वारा मृतक परिवारलाई २ लाख राहत उपलब्ध गराउने घोषणा

कोशी सरकारद्वारा मृतक परिवारलाई २ लाख राहत उपलब्ध गराउने घोषणा

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका मृतकका परिवार र प्रभावितलाई कोशी प्रदेश सरकारले राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले राहत प्रदान गर्ने घोषणा गरेको हो । यस्तै सामाजिक सद्भाव, शान्ति र सुरक्षा सुदृढ बनाउन आठबुँदे निर्णयसमेत भएको छ । प्रदेश सरकारले घटनामा ज्यान गुमाएका व्यक्...
कोशीका मुख्यमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

कोशीका मुख्यमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । आज दिउँसो १२ः३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बैठक आह्वान गरिएको गरिएको हो । सुनसरीमा भएको घटनाका विषयलाई लिएर सर्वदलीय बैठक आह्वान गरिएको प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले जानकारी दिए । बैठकमा सुरक्षा निकाय सहित सुनसरीका प्रदेश सांसद तथा राजनीतिक दलका नेताहरू पनि उ...
सुनसरी घटनाको विरोधमा आज विराटनगर बजार बन्द (फोटो फिचर)

सुनसरी घटनाको विरोधमा आज विराटनगर बजार बन्द (फोटो फिचर)

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगन्जमा भएको घटनाको विरोधमा आज विराटनगर बजार बन्द गरिएको छ । बजार बन्द गर्नुअघि शान्तिपूर्ण प्रदर्शन भएको थियो । आइतबार राति दुई पक्षबीचको झडपका क्रममा प्रहरीको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि विभिन्न स्थानमा निरन्तर प्रदर्शन भइरहेका छन् । झडपका क्रममा ९ जना घाइते भएका छन् । उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरह...
सुनसरी घटनापछि मोरङमा अनिश्चितकालका लागि डिजे प्रयोगमा रोक

सुनसरी घटनापछि मोरङमा अनिश्चितकालका लागि डिजे प्रयोगमा रोक

विराटनगर । सुनसरी घटनापछि मोरङ जिल्लामा अनिश्चितकालका लागि डिजे प्रयोगमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै जिल्लाभर डीजे बजाउन तथा प्रयोग गर्न रोक लगाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाद्वारा जारी सूचना अनुसार जिल्लाभित्र हुने कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण, सार्वजनिक स्थान तथा अन्य कार्यक्...
कोशीको डीआइजीमा शेखर खनाल, रातारात गरे पदभार ग्रहण

कोशीको डीआइजीमा शेखर खनाल, रातारात गरे पदभार ग्रहण

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज भएको घटनापछि गृह मन्त्रालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको नेतृत्व परिवर्तन गरेको छ । गृहले कोशीको नेतृत्व गर्न पठाएका प्रहरी नायब महानिरीक्षक (डीआइजी) शेखर खनालले सोमबार रातारात विराटनगर आइपुगेर पदभार ग्रहण गरेका छन् । डीआइजी खनालले औपचारिक रूपमा कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै प्रदेशको शान्ति सुरक्षा, अपराध...
सुनसरी घटनाको असरले विराटनगरका विद्यालय बन्द

सुनसरी घटनाको असरले विराटनगरका विद्यालय बन्द

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न सुरक्षा त्रासका कारण आज विराटनगरका अधिकांश विद्यालय र कलेज बन्द भएका छन् । सुरक्षा जोखिम तथा विद्यालय बस सञ्चालनमा अवरोध हुन सक्ने आशंकापछि शैक्षिक संस्थाहरूले पठनपाठन स्थगित गरेका हुन् । विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने औपचारिक निर्णय गरेको छैन । तर सुरक्षा अवस्था र यातायातमा अवरोधको...
रंगेलीमा बालिकामाथि दुई दिनसम्म सामूहिक बलात्कार, क्याफे संचालकसहित ५ जना पक्राउ

रंगेलीमा बालिकामाथि दुई दिनसम्म सामूहिक बलात्कार, क्याफे संचालकसहित ५ जना पक्राउ

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई आइतबार नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार साउन ३ गते बिहान अन्दाजी ९ बजे रंगेली–३ आमतोलाका १८ वर्षीय सिटी सफारी चालक मोहम...
विराटनगरबाट स्रोत नखुलेको ४ लाख ५० हजारसहित एक जना पक्राउ

विराटनगरबाट स्रोत नखुलेको ४ लाख ५० हजारसहित एक जना पक्राउ

विराटनगर । विराटनगर–१७ मटेरुवाबाट स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-६ का ३४ वर्षीय श्यामप्रसाद साह छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार साहलाई नेपाल–भारत सीमानजिक बाट आइतबार दिउँसो पक्राउ गरिएको हो । भारतबाट नेपालतर्फ ई–साइकलमा आउँदै गरेका साहलाई शंका लागेर चेकजाँच गर्दा एक हजार दरका ४ सय ५० थान नेपाली नोट ...
टेबल टेनिस प्रतियोगितामा डिपिएसका आदर्श च्याम्पियन

टेबल टेनिस प्रतियोगितामा डिपिएसका आदर्श च्याम्पियन

विराटनगर । मोरङ स्पोर्टिङ क्लब र मोरङ डिस्ट्रिक्ट भेटरेन्सको संयुक्त आयोजनामा सम्पन्न टेबल टेनिस प्रतियोगितामा दिल्ली पब्लिक स्कुल (डिपिएस) का आदर्श गुप्ताले शानदार जित हात पारेका छन् । प्रतियोगिताको फाइनल भिडन्तमा कक्षा ६ मा अध्ययनरत गुप्ताले उत्कृष्ट खेल प्रदर्शन गर्दै जनता नमूना विद्यालयमा कक्षा ७ मा अध्ययनरत रक्ष्य बुढालाई पराजित गरी प्रथम स्थान हासिल गरेका हुन् । कडा प्रतिस्पर्धाका बि...
साेधपुछपछि छुटे विराटनगरका मुकेश कार्की

साेधपुछपछि छुटे विराटनगरका मुकेश कार्की

विराटनगर । विराटनगरमा सुधार केन्द्र सञ्चालन गर्दै मुकेश कार्की छुटेका छन् । आज बिहान पक्राउ परेका उनी करिब ६ घण्टापछि छुटेका हुन् । अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको देखिएपछि मोरङ प्रहरीले विराटनगर महानगरपालिका–७ का ४६ वर्षीय कार्कीलाई आज बिहान करिब ७ः३० बजे उनकै घरबाट नियन्त्रणमा लिएको थियो। साेधपुछपछि उनलाई परिवारकाे जिम्मा लगाइएकाे माेरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश...
अभिषेक गिरीसँग कनेक्सन देखिएपछि विराटनगरका मुकेश कार्की पक्राउ

अभिषेक गिरीसँग कनेक्सन देखिएपछि विराटनगरका मुकेश कार्की पक्राउ

विराटनगर । आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको देखिएपछि विराटनगरका मुकेश कार्की पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-७ का ४६ वर्षीय कार्कीलाई आज बिहान करिब ७ः३० बजे प्रहरीले घरबाटै पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । प्रहरीका अनुसार उनी सुधार केन्द्र सञ्चालक हुन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अन...
मोरङको सुनवर्षीमा ४ वर्षीया नाबालिकाको हत्या

मोरङको सुनवर्षीमा ४ वर्षीया नाबालिकाको हत्या

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-९ मा हत्या भएको अवस्थामा नाबालिकाको शव फेला परेको छ । डाइनियास्थित मुस्लिम टोलका जफारुल मियाँकी ४ वर्षीया छोरी कायानत खातुनको हत्या भएको हो । हत्या गरेर फालेको अवस्थामा घरदेखि करिब २ सय मिटर पूर्वमा रहेको घन्सीबारीमा शुक्रबार साँझ ७ः३० बजेतिर बालिकाको शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । शुक्रबार अपरान्ह ४ बजेदेखि हराएकी नाबालिकालाई खोजी ग...
विराटनगरबाट काठमाडौं जान लागेका उपसचिव रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ

विराटनगरबाट काठमाडौं जान लागेका उपसचिव रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ

विराटनगर । विराटनगर विमानस्थल हुँदै काठमाडौं जान लागेका उपसचिव रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ परेका छन् । राष्ट्रपति चुरे तराई-मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख उपसचिव मिक्मार तामाङ रकमको स्रोत खुलाउन नसक्दा पक्राउ परेका हुन् । उनले ६ लाख ६५ हजार रुपैयाँ नगदको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ । तामाङ साउन ३ गते पक्राउ परे पनि मोरङ प्रहरीले घटनाक...
माेरङकाे रतुवामाईमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

माेरङकाे रतुवामाईमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

विराटनगर । मोरङकाे रतुवामाई नगरपालिका-४ भद्रचाेकमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा माेटरसाइकल चालक झापाको गाैरीगन्ज गाउँपालिका-६ का २८ वर्षीय वरूणकुमार राजवंशीकाे मृत्यु भएको हाे । विराटनगरबाट झापाको गौरीगन्जतर्फ जाँदै गरेको बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिहीबार राति १०ः३५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ । दुर्घटनामा गम्भीर...
error: Content is protected !!