विराटनगरको एभरेष्टमा इन्ट्रा स्कुल पौडी प्रतियोगिता
विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा इन्ट्रा स्कुल पौडी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता सम्पन्न भएसँगै उत्कृष्ट खेलाडीहरूलाई नियमित प्रशिक्षण गराएर राष्ट्रिय प्रतियोगिताको लागि तयार गरिने भएको छ ।
विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार प्रतियोगिताको पहिलो दिन विभिन्न स्पर्धामा खुला प्रतिष्पर्धा गराइएको थियो भने दोस्रो दिन विभिन्न समुहबीच प्रतिष्पर्ध...































