यातायात कार्यालय विराटनगरमा सेवाग्राहीको भीड, राजश्व सङ्कलन बढ्यो
विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगरमा राजश्व सङ्कलनमा वृद्धि भएको छ । जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था कार्यालय इटहरीमा आगजनी भएपछि विराटनगरमा सेवाग्राहीको चाप बढ्दा राजश्व सङ्कलनमा वृद्धि भएको हो ।
खार्जीस्थित यातायात कार्यालयमा दैनिक राजश्व बुझाउन आउनेको अत्यधिक भिड लाग्ने गरेको छ । राजस्व तिर्न घण्टौँसम्म लाइनमा बस्नुपरेको सेवाग्राहीले गुनासो गरेका छन् ।
विराटनगर-११ का विमल...




























