विराटनगरको रथयात्राबाट हराइन् १६ वर्षीया चाँदनी, खोजीका लागि परिवारको आग्रह

विराटनगरको रथयात्राबाट हराइन् १६ वर्षीया चाँदनी, खोजीका लागि परिवारको आग्रह

विराटनगर । शनिबार विराटनगरमा राधाकृष्ण रथयात्राको रौनक थियो । रथको डोरी छुनलाई भक्तजनहरूको घुइँचो पनि त्यस्तै । रोडशेष चोकमा त झन धेरै भीड थियो । विराटनगर-१८ फडानी चोककी १६ वर्षीया चाँदनी दास पनि रथ अवलोकनका लागि परिवारका सदस्यहरूसँग अपरान्ह ४ः३० बजेतिर घरबाट निक्लिन् । उनी परिवारका सदस्यहरूसँगै रथ अवलोकनका लागि रोडशेषमा बसेकी थिइन् । उनीहरू रथको प्रतीक्षामा बसेका थिए । रथ आएपछि अवलोकन गर्ने र...
पत्रकार महासंघ मोरङको तीज खर्च बाढीपीडितलाई दिइने

पत्रकार महासंघ मोरङको तीज खर्च बाढीपीडितलाई दिइने

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले तीज विशेष कार्यक्रममा हुने खर्च कटाएर रसुवाको भोटेकोशी बाढीपीडितलाई सहयोग गर्ने भएको छ । तीजको अवसरमा हरेक बर्ष कार्यक्रम गर्दै आएको महासंघले यस पटक सो खर्च कटौती गरी बाढीपीडितलाई सहयोग गर्न लागेको हो । महासंघले हरेक वर्ष तीजमा पत्रकारहरूबीच आपसी सद्भाव, भेटघाट र शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको थियो । यसपालि सो खर्च कटाएर बाढीपीडितलाई सहयोग गर्न ...
विराटनगरबाट दुई युवक पक्राउ प्रकरण : फसाउन खोजिएको भन्दै सर्वत्र आलोचना

विराटनगरबाट दुई युवक पक्राउ प्रकरण : फसाउन खोजिएको भन्दै सर्वत्र आलोचना

विराटनगर । विराटनगरमा युवतीहरूमाथि दुर्व्यवहार भएको भन्दै एउटा भिडियो भाइरल भयो । उक्त भिडियोमा धेरैले मिश्रित प्रतिक्रिया जनाए । कतिपयले दुर्व्यवहार नभएर जेब्रा क्रसबाट हिँड्न सुझाव दिएको भनेका छन् भने कतिपयले दुर्व्यवहार नै भएको भन्दै कारबाहीको माग गरेका छन् । बुधबार दिउँसो विराटनगरको महेन्द्र चोकमा युवतीहरूमाथि दुर्व्यवहार भएको भन्दै उमेश गजुरेलले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेका थिए । त्...
विराटनगरको रथयात्रामा २ लाख ८२ हजार भेटी संकलन, बाढीपीडितलाई सहयोग गरिने

विराटनगरको रथयात्रामा २ लाख ८२ हजार भेटी संकलन, बाढीपीडितलाई सहयोग गरिने

विराटनगर । विराटनगरमा शनिबार गरिएको राधाकृष्ण रथयात्राका क्रममा २ लाख ८२ हजार ४ सय १८ रुपैयाँ भेटी संकलन भएको छ । उक्त रकम बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिने छ । रथयात्रा समारोह समितिका संयोजक कैलाश रेग्मीले रथयात्राका क्रममा भक्तजनबाट संकलित रकम बाढीपीडितलाई सहयोग गरिने बताए । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ...
विराटनगर रथयात्रा : भारतदेखि पर्सासम्मका ११० जना पक्राउ, केही व्यक्ति छुटे

विराटनगर रथयात्रा : भारतदेखि पर्सासम्मका ११० जना पक्राउ, केही व्यक्ति छुटे

विराटनगर । विराटनगरमा शनिबार गरिएको राधाकृष्ण रथयात्राका क्रममा भक्तजनलाई दुःख दिने, पाकेटमारा, चोरी गर्ने र अवाञ्छित गतिविधिमा संलग्न ११० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर, पर्सा, सप्तरी, उदयपुरदेखि भारतीय नागरिक समेत छन् । ‘रथयात्राका क्रममा अप्रिय घटना हुन नदिन हामीले विशेष सुरक्षा निगरानी गरेका थियौँ’, मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले संगालोखबरसँग भने, ‘विभिन्न...
विराटनगरमा भव्य भयो राधाकृष्ण रथयात्रा, उर्लियो जनसागर

विराटनगरमा भव्य भयो राधाकृष्ण रथयात्रा, उर्लियो जनसागर

विराटनगर । विराटनगरमा शनिवार गरिएको राधाकृष्ण रथयात्रा भव्य भएको छ । एशियाको दोस्रो ठूलो मानिने यो रथयात्रा भव्य, व्यवस्थित र शान्तिपूर्ण भएको हो । पानीटंकिस्थित राधाकृष्ण मन्दिरबाट अपरान्ह करिब ३ः३० बजे सुरु भएको रथयात्रा ८ किलोमिटरको दूरी पार गर्दै राति करिब ९ः३० बजे पुनः मन्दिरमै आएर समापन भयो । राधा र कृष्णको जोडी सवार रथलाई मेनरोड, ट्राफिक चौक, रोडशेष, महेन्द्रचोक, बरगाछी, दुर्गा चौक हुँदै...
विराटनगरमा सुरु भयो राधाकृष्ण रथयात्रा, यस्तो छ रुट

विराटनगरमा सुरु भयो राधाकृष्ण रथयात्रा, यस्तो छ रुट

विराटनगर । विराटनगरमा ५९ औं संस्करणको राधाकृष्ण रथयात्रा पानीटंकीस्थित मन्दिर परिसरबाट अघि बढेको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ऐतिहासिक रथयात्रा अपरान्ह ३ः३० बजे मन्दिरबाट निकालिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले संयुक्तरूपमा पूजाआजा गरेपछि रथयात्रा अघि बढेको छ । रथयात्रा मेनरोड, ट्राफिक चौक, रोडशेष, महेन्द्रचोक,...
विराटनगरमा आज ५९ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिँदै

विराटनगरमा आज ५९ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिँदै

विराटनगर । विराटनगरमा आज ५९ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिँदै छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ऐतिहासिक रथयात्रा पानीटंकीस्थित मन्दिर परिसरबाट निकालिने छ । अपरान्ह ३ः३० बजे मन्दिर परिसरबाट सुरु हुने रथयात्रा मेनरोड, ट्राफिक चौक, रोडशेष, महेन्द्रचोक, धरान रोड, बरगाछी, दुर्गा चौक हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ । करिब ८ किलोमिटरको दूरी तय गर्ने रथलाई ४४ स्थानमा वि...
विराटनगरमा युवतीहरूलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

विराटनगरमा युवतीहरूलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

विराटनगर । विराटनगरको मुख्य बजार क्षेत्रमा विद्यालय पोसाकमा हिँडिरहेका युवतीहरूलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा विराटनगर-४ का ३५ वर्षीय महेश कुमार मण्डल र बाराको परवानीपुर गाउँपालिका-१ घर भई हाल विराटनगरमै बस्दै आएका ३३ वर्षीय अखिलेश कुमार प्रसाद छन् । विराटनगर महानगरपालिका-९ महेन्द्रचोक नजिकै उत्तरबाट दक्षिणतर्फ मोटरसाइकलमा सवार उनीहरूले सडकमा हिँडिर...
मोरङ कारागार कब्जा गर्ने १९ कैदीबन्दीलाई बाहिर निकालिएपछि शान्त भयो ‘बी’ ब्लक

मोरङ कारागार कब्जा गर्ने १९ कैदीबन्दीलाई बाहिर निकालिएपछि शान्त भयो ‘बी’ ब्लक

विराटनगर । विराटनगरको हाटखोलास्थित मोरङ कारागारका १९ जना कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिने भएको छ । आज अपरान्ह कारागारको ‘बी’ ब्लकमा कैदीबन्दीबीच कुटाकुट हुँदा कारागारको अवस्था तनावपूर्ण बनेपछि चौकीदार विशाल निरौलासहित १९ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कैदीबन्दीबीच कुटाकुट हुन थालेपछी प्रशासनले हस्तक्षेप गरेर उनीहरूलाई बाहिर निकालेको हो । अहिले अवस्था सामान्य भइसकेको काराग...
विराटनगरमा भोलि ५९ औं संस्करणको रथयात्रा निकालिँदै, यस्तो छ तयारी

विराटनगरमा भोलि ५९ औं संस्करणको रथयात्रा निकालिँदै, यस्तो छ तयारी

विराटनगर । विराटनगरमा भोलि ५९ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिँदै छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ऐतिहासिक रथयात्रा पानीटंकीस्थित मन्दिर परिसरबाट निकालिने छ । अपरान्ह ३ः३० बजे मन्दिर परिसरबाट सुरु हुने रथयात्रा मेनरोड, ट्राफिक चौक, रोडशेष, महेन्द्रचोक, धरान रोड, बरगाछी, दुर्गा चौक हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ । करिब ८ किलोमिटरको दूरी तय गर्ने रथलाई ४४ स्थानमा ...
बाढीपीडितलाई सहयोग गर्न विराटनगरको गुरुकुलमा नाटक मञ्चन हुँदै

बाढीपीडितलाई सहयोग गर्न विराटनगरको गुरुकुलमा नाटक मञ्चन हुँदै

विराटनगर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई सहयोग गर्ने उद्देश्यले विराटनगरमा नाटक मञ्चन हुने भएको छ । बाढीपीडितलाई सहयोग गर्नका लागि धिरज राईको कथा ‘सिफारिस’ मा आधारित नाटक मञ्चन गर्न लागिएको हो । आरोहण गुरुकुलले आज सूचना जारी गर्दै भदौ २१ देखि २४ गतेसम्म नाटक मञ्चन गर्न लागिएको जनाएको छ । बालकृष्ण पोखरेल नाटकघर आरोहण गुरुकुल हाटखोलामा साँझ ५ बजेबाट नाटक मञ्चन हुनेछ ...
जीवन विकास लघुवित्तद्वारा बाढीपीडितका लागि २५ लाख ५ हजार सहयोग

जीवन विकास लघुवित्तद्वारा बाढीपीडितका लागि २५ लाख ५ हजार सहयोग

विराटनगर । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीपीडितका लागि सहयोग गरेको छ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनस्थापनाका लागि जीवन विकासले २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको हो । कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा नागरिकको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएको जीवन विकासले बुधबार प्रधानमन्त्...
न्युरो अस्पतालद्वारा भोटेकोशी बाढीपीडितलाई २१ लाख सहयोग

न्युरो अस्पतालद्वारा भोटेकोशी बाढीपीडितलाई २१ लाख सहयोग

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूलाई २१ लाख सहयोग गरेको छ । बाढी प्रभावितहरूलाई राहत तथा पुनर्स्थापनाका लागि अस्पतालले २१ लाख १ सय ११ रुपैयाँ सहयोग गरेको हो । अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्युरोलोजिष्ट डा. वीरेन्द्र कुमार विष्टले आज मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई भेटेर चेक हस्तान्तरण गरेका ...
विराटनगरको अरनिको कलेजद्वारा बाढीपीडितलाई १० लाख सहयोग

विराटनगरको अरनिको कलेजद्वारा बाढीपीडितलाई १० लाख सहयोग

विराटनगर । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूलाई राहत तथा पुनर्स्थापनाका लागि विराटनगरको अरनिको कलेजले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कलेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी आज उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ मोरङलाई १० लाख १ हजार १ सय १ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कलेजका प्राचार्य राजेश कार्कीसहित कलेज सञ्चालकहरू विलास लुइँटेल, भर...
विराटनगरमा धान खेतभित्र भेटिएको नवजात शिशु कसको हो ?

विराटनगरमा धान खेतभित्र भेटिएको नवजात शिशु कसको हो ?

विराटनगर । विराटनगर महानगरपालिका-४ इक्राही नहरस्थित धानखेतमा सालनालसहित फेला परेको नवजात शिशु (छोरा) कसको हो भन्ने खुल्न सकेको छैन । भदौ १३ गते शनिबार बिहान करिब ९ः४० बजे फेला परेको शिशुका आफन्त अझैसम्म नभेटिएका हुन् । ‘अभिभावक भेटिएन भने बल्ल अभिभावकत्वको लागि कुरा हुन्छ’, मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले संगालोखबरसँग भने, ‘अहिले नवजात शिशुलाई नोबेलमै राखिएको छ ।’ धनखेलमा ...
विराटनगरको दिव्य ज्योति अस्पतालले भन्यो : गाँजा बोकेको भ्यान हाम्रो होइन

विराटनगरको दिव्य ज्योति अस्पतालले भन्यो : गाँजा बोकेको भ्यान हाम्रो होइन

विराटनगर । विराटनगरको दिव्य ज्योति अस्पतालले गाँजा बरामद भएको भ्यान आफ्नो नभएको दाबी गरेको छ । दिव्य ज्योति अस्पताल प्रालि लेखिएको मारुती भ्यानमा ६० किलो गाँजा भेटिएपछि अस्पतालले आज पत्रकार सम्मेलन गरेर यस्तो दाबी गरेको हो । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल बीओपी दरैयाको टोलीले दिव्य ज्योति अस्पताल प्रालिको को १ च ६६२० नम्बरको भ्यानबाट ६० किलो गाँजा बरामद गरेको भ...
विराटनगरमा भदौ २० गते निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी तीव्र

विराटनगरमा भदौ २० गते निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी तीव्र

विराटनगर । विराटनगरमा हरेक वर्ष निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी तीव्र पारिएको छ । राधाकृष्ण रथयात्रा समारोह समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै पानीटंकीस्थित मन्दिर परिसरबाट निकालिने ५९ औं संस्करणको रथयात्राको तयारी तीव्र पारिएको जानकारी दिएको हो । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात भदौ २० गते अपरान्ह ३ः३० बजे मन्दिर परिसरबाट सुरु हुने रथयात्रा मेनरोड, ट्राफिक चौक, रोडश...
मोरङको जहदामा रामजानकी मन्दिरबाट चोरी भयो राम-सीताको मूर्ति

मोरङको जहदामा रामजानकी मन्दिरबाट चोरी भयो राम-सीताको मूर्ति

विराटनगर । मोरङमा मन्दिरबाट मूर्ति चोरी भएका छन् । जहदा गाउँपालिका-३ स्थित रामजानकी मन्दिरबाट भगवान् राम-सीताको मूर्ति चोरी भएको हो । ‘आज बिहान मूर्ति चोरी भएको जानकारी प्राप्त भएको छ’, मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले संगालोखबरसँग भने, ‘पुजारी फूल टिप्न गएका बेला अष्ट धातुबाट बनेका मूर्ति चोरी भएको अवस्था छ ।’ मूर्ति चोरी भएको जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको ...
विराटनगरमा अस्पतालको भ्यानभित्र भेटियो ६० किलो गाँजा

विराटनगरमा अस्पतालको भ्यानभित्र भेटियो ६० किलो गाँजा

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकमा अस्पतालको भ्यानबाट गाँजा बरामद भएको छ । दिव्य ज्योति अस्पताल प्रा.लि. लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानबाट ६० किलो गाँजा बरामद भएको हो । सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको टोलीले सीमावर्ती सो क्षेत्रबाट मङ्गलबार राति करिब ११ बजे गाँजा नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा भ्यान चालक गाडी छोड...
उद्योगी व्यवसायीको मुलुककै जेठो संस्था मोरङ उद्योग व्यापार संघले रच्यो ७५ वर्षे इतिहास

उद्योगी व्यवसायीको मुलुककै जेठो संस्था मोरङ उद्योग व्यापार संघले रच्यो ७५ वर्षे इतिहास

विराटनगर । उद्योगी व्यवसायीहरूको मुलुककै सबैभन्दा जेठो संस्था मोरङ उद्योग व्यापार संघले ७५ बर्षे इतिहास रचेको छ । औद्योगिक नगरी विराटनगरमा २००७ सालमा स्थापना भएको संघले विभिन्न आरोह-अवरोह झेल्दै ७५ वर्ष पार गरेको हो । दुई वर्षअघि मोरङ व्यापार संघबाट नाम परिमार्जन गरेर बनेको मोरङ उद्योग व्यापार संघले मङ्गलबार आफ्नो ६९ औं वार्षिक साधारण सभा गरेको छ । विराटनगरको वीरेन्द्र सभागृहमा भव्य समारोह आयोज...
संखुवासभाका दुई ठूला सडक आयोजना वर्षौंदेखि अलपत्र

संखुवासभाका दुई ठूला सडक आयोजना वर्षौंदेखि अलपत्र

विराटनगर । संखुवासभामा सञ्चालित दुई ठूला बहुवर्षे सडक आयोजनाहरू वर्षौंदेखि अलपत्र परेपछि कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय निर्माण कम्पनीविरुद्ध कडा रुपमा प्रस्तुत भएको छ । पटक-पटक म्याद थप्दा पनि निर्माण व्यवसायीले काम सम्पन्न नगरेपछि भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले तोकिएको समयसीमाभित्र प्रगति नदेखिए ठेक्का तोडेर कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्रालयमा आयो...
सुनवर्षीका नागरिकलाई जीवन विकास अस्पतालमा १० देखि ५० प्रतिशतसम्म छुट

सुनवर्षीका नागरिकलाई जीवन विकास अस्पतालमा १० देखि ५० प्रतिशतसम्म छुट

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाका नागरिकले अब जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनमा सहुलियत दरमा स्वास्थ्य सेवा पाउने भएका छन् । सहज, पहुँच योग्य तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिका र अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । जीवन विकास सामुदायिक अस्पतालका प्रशासन प्रमुख अनिता कुमारी गच्छदार र सुनवर्षी नगरपालिका उप-प्रमुख मीरादेवी ...
विराटनगरको शिक्षादीप कलेजद्वारा बाढीपीडितलाई १२ लाख ५१ हजार सहयोग

विराटनगरको शिक्षादीप कलेजद्वारा बाढीपीडितलाई १२ लाख ५१ हजार सहयोग

विराटनगर । विराटनगरको शिक्षादीप कलेजले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि सहयोग रकम उपलब्ध गराएको छ । कलेजले बाढीमा प्रभावित भएकाहरूलाई राहत तथा पुनर्स्थापनाका लागि १२ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुनेगरि कलेजले आज जिल्ला प्रशासन कार्यालय मोरङमा चेक प्रदान गरेको छ । कलेजका अध्यक्ष तथा कोशी प्रदेशका पूर्वमन्त्री भीम...
रंगेलीको त्रिभुवन माविका विद्यार्थीद्वारा खाजा खर्च कटाएर बाढीपीडितलाई सहयोग

रंगेलीको त्रिभुवन माविका विद्यार्थीद्वारा खाजा खर्च कटाएर बाढीपीडितलाई सहयोग

विराटनगर । सहयोग सानो-ठूलो हुँदैन, यत्ति हो मन हुनुपर्छ । यसको उदाहरण मोरङको रंगेली नगरपालिका-१ गोहीगाडा स्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरू हुन् । भदौ १० मा आएको विनाशकारी बाढीबाट प्रभावितलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थीहरूले स्वइच्छाले ९९५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् । विद्यालयका अनुसार उनीहरूले एक दिनको खाजा खर्च कटौती गरी बाढीपीडितलाई सहयोग गरेका हुन्...
मोरङबाट एकैदिन पक्राउ परे १५ फरार प्रतिवादी

मोरङबाट एकैदिन पक्राउ परे १५ फरार प्रतिवादी

विराटनगर । मोरङका विभिन्न स्थानबाट एकैदिन १५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेका प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । सोमबार विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाही तथा जरिवाना असुलका लागि मोरङ जिल्ला अदालत बुझाइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार जबरजस्ती करणी मुद्दाका चार,...
मोरङका जीवन रेग्मी दशैं अगाडि घर आउँछु भन्थे, बाढीपछि भए सम्पर्कविहीन

मोरङका जीवन रेग्मी दशैं अगाडि घर आउँछु भन्थे, बाढीपछि भए सम्पर्कविहीन

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-६ शनिश्चरेका ३० वर्षीय जीवन रेग्मी दशैं अगाडि नै घर आउने तयारीमा थिए । विदेशमा रहेका दाजु जगन रेग्मीलाई भनेका थिए, असोज १०/१५ तिर घर जान्छु । तर १० भदौमा आएको विनाशकारी बाढीपछि जीवन सम्पर्कविहीन छन् । बाढी आएको सातौं दिनसम्म उनको अवस्था अज्ञात छ । ‘भाइसँग बाढी आउनुभन्दा एक/दुई दिन अघि म्यासेन्जरमा कुरा भएको थियो’, रोजगारीको सिलसिलामा दुवैमा रहेका जगनले संगा...
विराटनगरका उद्योगी जाजु र मुन्दडाको हिमगिरी हाइजिनद्वारा बाढीपीडितलाई ७० लाखको सहयोग

विराटनगरका उद्योगी जाजु र मुन्दडाको हिमगिरी हाइजिनद्वारा बाढीपीडितलाई ७० लाखको सहयोग

विराटनगर । विराटनगरको हिमगिरी हाइजिन लिमिटेडले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूका लागि ७० लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । उद्योगी महेश जाजु र प्रकाश मुन्दडाद्वारा सञ्चालित हिमगिरीले बाढीपीडितका लागि ठूलो मात्रामा हाइजिन सामग्री सहयोग गरेको हो । बाढी प्रभावितहरूका लागि ७० लाख मूल्य बराबरको नुहाउने, लुगाधुने र भाडा माझ्ने सावुनसहित टिसर्ट पनि प्रदान गरिएको हिमगिरीका सञ्चा...
विराटनगरकाे रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालन

विराटनगरकाे रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले महानगरपालिकाले आजबाट प्रयोगशाला सेवा सुरु गरेको  हो । प्रयोगशालाको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको...
विराटनगरको एभरेष्टमा इन्ट्रा स्कुल पौडी प्रतियोगिता

विराटनगरको एभरेष्टमा इन्ट्रा स्कुल पौडी प्रतियोगिता

विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा इन्ट्रा स्कुल पौडी प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियोगिता सम्पन्न भएसँगै उत्कृष्ट खेलाडीहरूलाई नियमित प्रशिक्षण गराएर राष्ट्रिय प्रतियोगिताको लागि तयार गरिने भएको छ । विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार प्रतियोगिताको पहिलो दिन विभिन्न स्पर्धामा खुला प्रतिष्पर्धा गराइएको थियो भने दोस्रो दिन विभिन्न समुहबीच प्रतिष्पर्ध...
विराटनगरको सारडा र एके राठी ग्रुपद्वारा बाढी पीडितका लागि १ करोड १ हजार प्रदान

विराटनगरको सारडा र एके राठी ग्रुपद्वारा बाढी पीडितका लागि १ करोड १ हजार प्रदान

विराटनगर । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूका लागि विराटनगरको सारडा र एके राठी ग्रुपले १ करोड १ हजार रुपैयाँ सहयोग गरेका छन् । बाढीमा परेर प्रभावित बनेकाहरूलाई राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी चेक प्रदान गरिएको हो । सारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा र एके राठी ग्रुपका प्रबन्ध निर्देशक अनुपम राठीले अर्थमन्त्री डा.स्वर्णिम वाग्...
error: Content is protected !!