
विराटनगर । जीवन विकास समाजले आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ । गरिबी रहित नेपालको परिकल्पनासहित वि.सं. २०५४ साल असोज ५ गते स्थापना भएको जीवन विकास समाजले वृक्षरोपण गरेर वार्षिकोत्सव मनाएको हो ।
जीवन विकास समाजले अस्पतालसँगै रहेको नहरको बाटोमा वृक्षरोपण गरेको छ । जीवन विकास समाज, जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको संस्थापक संस्था हो ।

वृक्षरोपण कार्यक्रममा जीवन विकास समाजका अध्यक्ष रिबोल देवी मण्डल, उपाध्यक्ष, सचिव, संस्थापक सदस्य, कर्मचारीहरू र अस्पतालका सञ्चालक समिति संयोजक तेजस्वी मण्डल, सञ्चालक तथा प्रशासन प्रमुख अनिता कुमारी गच्छदार लगायत चिकित्सक, स्वास्थ्यकर्मीसहित कर्मचारीहरूको सहभागिता थियो ।
कार्यक्रममा सहभागीहरूले विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनको सन्देश दिएका छन् । वातावरण संरक्षणका लागि राज्यका नीति तथा योजनासँगै नागरिक, समुदाय र सामाजिक संस्थाहरूको सक्रिय सहभागिता आवश्यक रहने समाजले जनाएको छ ।

जीवन विकास समाजले विभिन्न सामाजिक तथा मानवीय सेवामूलक गतिविधिमार्फत समुदायमा योगदान पु¥याउँदै आएको छ । सोही सामाजिक यात्राको निरन्तरताका रूपमा स्थापित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनमार्फत स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पनि सेवा विस्तार भएको छ ।




संगालोखबर 

















