संगालोखबर


विराटनगर । विराटनगरको भाटभटेनीमा जलेको अवस्थामा एक जनाको कंकाल फेला परेको छ । जलेर खरानी भएको अवस्थामा कंकाल फेला परेको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा घुसपैठ हुँदा भदौ २४ गते राति भाटभटेनीमा आगजनी भएको थियो । सोही क्रममा बाहिर निक्लन नसक्दा जलेर मृत्यु भएको हो ।

Advertisement

मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जलेको अवस्थामा कंकाल भेटिएको संगालोखबरलाई जानकारी दिइन् । कङ्काल भेटिएकाले तत्काल पहिचान खुल्न सम्भव नहुने प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!