
विराटनगर । विराटनगरमा कारभित्र १५ बोरा गाँजा फेला परेको छ । गएराति विराटनगर-८ स्थित सडकमा शङ्कास्पद अवस्थामा राखिएको कार चेकजाँच गर्दा गाँजा बरामद भएको हो ।
मोरङ प्रहरीका निमित्त प्रवक्ता डीएसपी हस्तबहादुर सुनारका अनुसार प्रदेश १-०२-००१ च १६६६ नम्बरको कारमा चेकजाँच गर्दा १५ बोरामा ५ सय ३८ किलो गाँजा बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले गाँजा बरामद गरेको सुनारले जानकारी दिए । कार चालक र कारोबारमा संलग्न व्यक्ति फरार रहेकाले खोजी भइरहेको छ ।

संगालोखबर 













