संगालोखबर


भोजपुर । भोजपुरमा सुन्तलाका बोटहरू धमाधम सुक्न थालेपछी किसानहरू चिन्तामा परेका छन् । सुन्तलामा देखिएको विभिन्न रोगका कारण बगान नै सखाप हुने अवस्था आएपछि किसानहरूको मुख्य आयस्रोत र जीविकोपार्जनमै सङ्कट उत्पन्न हुने भएपछि किसानहरू चिन्तित भएका हुन् ।

लामो समयदेखि मेहनत गरेर हुर्काइएका बोटहरूमा अज्ञात रोग र अन्य समस्या देखिएपछि बगानहरू खाली हुन थालेका हुन् । भोजपुर नगरपालिका-६ का किसान सोवित आछामेका अनुसार सुन्तलामा ऐँजेरु पलाउने, हाँगा सुक्ने, फल नलाग्ने, फल झर्ने तथा पात पहेँलो हुँदै बोट नै मर्ने समस्या देखिएको छ

प्राविधिक सहयोगको कमी र समयमै उपचार नपाउँदा यो समस्या झनै विकराल बन्दै गएको किसानहरूको गुनासो छ । रोग लागेका बोटहरू बचाउन नसकेपछि कतिपय किसानले बाध्य भएर बोट काट्न थालेका छन् ।

भोजपुरमा सुन्तलालाई आम्दानीको मुख्य श्रोत बनाएका किसानले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सुन्तला खेती जोगाउनका लागि तत्काल प्राविधिक टोली खटाउन र दीर्घकालीन योजना ल्याउन माग गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!