संगालोखबर


विराटनगर । भोजपुरमा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई अगाडि छन् ।

अरुण, आमचोक, टेम्केमैयुङ र पौवादुङमा गाउँपालिकाको मतगणना सकिँदा ध्रुवराजले ६ हजार ४५२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका सचिव समेत रहेका शेरधन राईले उनलाई पछ्याइरहेका छन् । शेरधनले ५ हजार ५६५ मत प्राप्त गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार अजम्बर राईले २ हजार ९९० मत प्राप्त गर्दा नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण थापाको २ हजार ८५४ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश ओझाले २ हजार १६८ मत पाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!