धनकुटाको महालक्ष्मीमा आज शोक बिदा

धनकुटाको महालक्ष्मीमा आज शोक बिदा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले आज शोक बिदा दिएको छ । नगर कार्यपालिका सदस्य पिन्सा रानाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले शोक बिदा दिएको हो । नगर प्रमुख धुव्रराज रायाले एक सूचना जारी गर्दै आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द रहने जनाएका छन् । रानाको मंगलबार निधन भएको हो ।
धनकुटामा औद्योगिक प्रदर्शनी तथा पर्यटन उत्सव हुँदै

धनकुटामा औद्योगिक प्रदर्शनी तथा पर्यटन उत्सव हुँदै

धनकुटा । धनकुटामा औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सव हुने भएको छ । आगामी बैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म प्रदर्शनी तथा पर्यटन उत्सव हुन लागेको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाले आज पत्रकार सम्मेलन गर्दै धनकुटा नगरपालिका-५ स्थित तल्लो टुँडिखेलमा प्रदर्शनी तथा उत्सव आयोजना हुने जनाएको छ । मेलामा कोशी प्रदेशका साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र बिक्री वितर...
धनकुटाको महालक्ष्मीका विद्यालय सञ्चालन गर्न विव्यसका अध्यक्षहरूको आग्रह

धनकुटाको महालक्ष्मीका विद्यालय सञ्चालन गर्न विव्यसका अध्यक्षहरूको आग्रह

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय सञ्चालन गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले आह्वान गरेका छन् । आज १५ वटा विद्यालयका विव्यस अध्यक्षहरूले सामूहिक विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् । ‘हाम्रा सम्पूर्ण विद्यालयहरूमा कुनै पनि शैक्षिक क्रियाकलाप नभएकोले हामी यस क्षेत्रका सम्पूर्ण अभिभावकहरू आफ्नो विद्यार्थीको पढाई प्रति अतिनै चिन्तित र संवेदनशि...
धनकुटाबाट ट्रकमा लोड हुँदै गरेको नौ क्विन्टल गाँजासहित एक जना पक्राउ 

धनकुटाबाट ट्रकमा लोड हुँदै गरेको नौ क्विन्टल गाँजासहित एक जना पक्राउ 

धनकुटा । धनकुटाबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । आज बिहानको राति करिब १ः३० बजे चौबिसे गाउँपालिका-५ बोधेबाट प्रहरीले नौ सय ४६ किलो गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार ना ५ ख ६१५७ नम्बरको ट्रकमा लोड भएको अवस्थामा गाँजा फेला परेको थियो । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३८ वटा प्लाष्टिकको बोरामा पोका बनाएर ट्रकमा राखेको अवस्थ...
धनकुटाबाट जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ 

धनकुटाबाट जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ 

धनकुटा । धनकुटामा १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार धनकुटा नगरपालिका-१ हिलेका २० वर्षीय  सविन शेर्पा पक्राउ परेका हुन् । उनले बैशाख ३ गते नाबालिकालाई आफ्नै घरमा लगेर ललाइफकाइ गरेर करणी गरेको आरोप छ । प्रहरीका अनुसार बालिकाका बाबुले बैशाख ९ गते छोरीमाथि करणी भएको भनेर जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दिएका थिए । सोही आधारमा खोजी ग...
धनकुटाबाट मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

धनकुटाबाट मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

धनकुटा । धनकुटाबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार ताप्लेजुङको फुङलिङ नगरपालिका-६ सुकेटारका २३ वर्षीय विषम गुरुङ पक्राउ परेका हुन् । साँगुरीगढी गाँउपालिका-६ भेडेटार स्थित गाँसबास होटलमा झापाको कन्काई नगरपालिका-३ का २९ वर्षीय रोशन भण्डारीले पार्किङ गरेर राखेको प्र.१-०१-०१६ प ७६९७ नम्बरको मोटरसाइकल शुक्रबार चोरी भएको थियो । प्रहरीका अनुसार आज बिहान होट...
धनकुटाको चौबिसेमा लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा

धनकुटाको चौबिसेमा लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-२ मा लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका चौबिसेवासीलाई शुद्ध पानी वितरण गर्ने उद्देश्यले सुरु गरिएको लिफ्टिङ आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । सङ्घीय सरकारको आर्थिक वर्ष २०८०-०८१ को योजना अनुसार १ करोड १५ लाख रुपैयाँ लागत अनुमानमा आयोजनामा सञ्चालन भइरहेको छ । आयोजना सम्पन्न भएपछि १, २ र ८ नम्बर ...
धनकुटामा श्रृङ्खलाबद्ध चोरीका घटनामा संलग्न दुई जना पक्राउ

धनकुटामा श्रृङ्खलाबद्ध चोरीका घटनामा संलग्न दुई जना पक्राउ

धनकुटा । धनकुटामा श्रृङ्खलाबद्ध चोरीका घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले आज पत्रकार सम्मेलन गर्दै  उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-१० का २६ वर्षीय शोभित खड्का र धनकुटा नगरपालिका-६ स्थित बीच बजारका २४ वर्षीय सुनिल श्रेष्ठ छन् । धनकुटा बजारबाट विभिन्न समयमा मार्ट, सहकारी संस्था, मनी ट्रान्सफर, किराना पस...
धनकुटाको मुलघाटमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

धनकुटाको मुलघाटमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

धनकुटा । कोशी राजमार्ग स्थित धनकुटा नगरपालिका-९ रुद्रबारीमा ट्याक्टर दुर्घटना भएकाे छ । दुर्घटनामा पहिचान नखुलेका अन्दाजी २० वर्षीय पुरुषको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । आज दिउँसो करिब ३ बजे मुलघाटबाट धनकुटातर्फ जाँदै गरको को २ त ७९३४ नम्बरको ट्याक्टर टायर पम्पचर भएर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । ट्याक्टर चालक फरार भएका छन् । उनकाे खोजी कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय धनकुटाका ...
धनकुटा नगरपालिकाले पुरूष सञ्जाल गठन गर्दै 

धनकुटा नगरपालिकाले पुरूष सञ्जाल गठन गर्दै 

धनकुटा । धनकुटा नगरपालिकामा पुरुष सञ्जाल गठन हुने भएको छ । नगरपालिकाको ‘लैङ्गिक हिंसा न्यूनीकरणका लागि पुरुष सञ्जाल गठन तथा सञ्चालन कार्यविधि, २०८१’ अनुसार सञ्जाल गठन गर्न लागिएको हो । नगरपालिकाले एक सूचना जारी गर्दै लैङ्गिक हिंसा न्यूनीकरण अभियानमा पुरुषहरूको सहभागिता र सहकार्य अभिवृद्धिका लागि पुरूष सञ्जाल गठन गर्न लागिएको जनाएको छ । नगरभित्र बसोबास गर्ने जुनसुकै पेसा वा व्यवसायमा आवद्ध पुरु...
‘युथ सेलिब्रेसन’ का लागि धनकुटाबाट पाँच सय बढी युवाहरू काठमाडौँ जाँदै

‘युथ सेलिब्रेसन’ का लागि धनकुटाबाट पाँच सय बढी युवाहरू काठमाडौँ जाँदै

धनकुटा । युथ सेलिब्रेसनका लागि धनकुटाबाट पाँच सय भन्दा बढी युवाहरू काठमाडौँ जाने भएका छन् । लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेले वैशाख ११ गते बिहीबार गर्न लागेको युवा उत्सवमा सहभागि हुन युवाहरू काठमाडौँ जान लागेका हुन् । भृकुटीमण्डपमा हुने युथ सेलिब्रेसनका लागि धनकुटाका सात वटै पालिकाबाट पाँच सय भन्दा बढी युवाहरूको टोली काठमाडौँ जाने क्रममा रहेको एमाले धनकुटा जिल्ला कमिटी सदस्य एवं प्रचार तथा ...
धनकुटाबाट लागूऔषधसहित तीन जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित तीन जना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । मङ्गलबार राति जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुमन खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा-७ की ५३ वर्षीया अन्जना तामाङ, उनका ज्वाइँ सुनसरी धरान-८ घर भइ ससुराली बस्दै आएका २२ वर्षीय मनिष धामी र सोही स्थानमा १९ वर्षीय ओम तामाङ छन्। उनीहरूलाई विभिन्न प्रतिबन्धित औषधि र लागूऔ...
धनकुटाका ‘कार्की साँइला’ को कथामा चलचित्र बन्ने

धनकुटाका ‘कार्की साँइला’ को कथामा चलचित्र बन्ने

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-१ धापका भरिया ‘कार्की साँइला’ को जीवनीमा आधारित भएर चलचित्र बनाइने भएको छ । भारी बोकेर जीवन कटाएका स्व। कार्कीको जीवनीमा आधारित भएर ‘कार्की साँइला’ नामक चलचित्र बनाउन लागिएको हो । आगामी बैशाख २० गतेबाट धनकुटाका विभिन्न स्थानमा छायाङ्कन हुन लागेको चलचित्रको सोमबार काठमाडौंमा शुभमुहूर्त गरिएको छ । अभिनेता जितु नेपाल र अभिनेत्री वर्षा सिवाकोटीलाई शीर्ष भूमिकाम...
धनकुटाबाट २० किलो गाँजासहित एक जना पक्राउ

धनकुटाबाट २० किलो गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ स्थित लेउती खोला पुलबाट गाँजासहित एक जना पक्राउ परेका छन् । आज बिहान २० किलो गाँजासहित सोही स्थानका २० वर्षीय अबि तामाङ पक्राउ परेका हुन् । बा ७३ प ३९१५ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँचको क्रममा पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । तामाङलाई जिल्ला प्रहरी कार्यालय धनकुटा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरील...
शिक्षक आन्दोलनले धनकुटामा कक्षा १२ को परीक्षा सञ्चालनमा समस्या

शिक्षक आन्दोलनले धनकुटामा कक्षा १२ को परीक्षा सञ्चालनमा समस्या

धनकुटा । शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका मागसहित देशैभरका शिक्षक तथा कर्मचारी काठमाडौं केन्द्रित सडक आन्दोलनमा होमिँदा कक्षा १२ को परीक्षा सञ्चालनमा कठिनाइ हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले निर्धारित मितिमा नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेपनि समस्या देखिएको हो । बैशाख ११ गतेबाट सुरु हुने परीक्षाका लागि शिक्षकहरू तयार छैनन् । उनीहरू मागहरू पूरा नभएसम्म आन्दोलन नछाड्ने पक्षमा छन् । यस...
धनकुटाको महालक्ष्मी नगर क्षेत्रमा बोडिङ स्कुलका गाडीलाई प्रवेश निषेध

धनकुटाको महालक्ष्मी नगर क्षेत्रमा बोडिङ स्कुलका गाडीलाई प्रवेश निषेध

धनकुटा । धनकुटाको महालक्ष्मी नगर क्षेत्रमा निजी विद्यालयका सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । सबै विद्यार्थीहरूलाई सामुदायिक विद्यालयमा पढाउन लागिपरेको महालक्ष्मी नगरपालिकाले अन्य क्षेत्रबाट विद्यार्थी लिन आउने बोडिङ स्कुलका गाडीलाई पनि नगर क्षेत्रमा प्रवेश गर्न नदिने भएको हो । महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायाले आज सूचना जारी गर्दै अब कुनैपनि निजी स्कुलका सवारी साधनलाई विद्यार्थी...
कोसी उच्च बाँध पीडित सङ्घर्ष समितिको अध्यक्षमा राई सर्वसम्मत

कोसी उच्च बाँध पीडित सङ्घर्ष समितिको अध्यक्षमा राई सर्वसम्मत

धनकुटा । कोसी उच्च बाँध पीडित सङ्घर्ष समितिको अध्यक्षमा धनकुटाको सहिदभूमि गाउँपालिका-२ का असिम राई सर्वसम्मत चयन भएका छन् । सहिदभूमि गाउँपालिका-१ सिम्लेमा समाजसेवी गणेश राईको अध्यक्षता तथा सप्तकोसी जनअधिकार मञ्चका केन्द्रीय अध्यक्ष बलबहादुर राईको प्रमुख आतिथ्यमा भएको भेलाले अध्यक्षमा राईलाई सर्वसम्मत गर्दै ७१ सदस्यीय समिति चयन गरेको हो । उपाध्यक्षमा उदयपुरका लोकेन्द्र राई, सचिवमा सहिदभूमि-१ का...
भोजपुरबाट इटहरी आउँदै गरेको इभी धनकुटामा दुर्घटना

भोजपुरबाट इटहरी आउँदै गरेको इभी धनकुटामा दुर्घटना

विराटनगर । भोजपुरबाट इटहरी आउँदै गरेको इभी गाडी दुर्घटना भएको छ । आज दिउँसो करिब १६ः३५ बजे प्रदेश १-०२-००१ ज ४६२९ नम्बरको इभी धनकुटाको पाख्रीबास नगरपालिका-५ देवीथानमा दुर्घटना भएको हो । दुर्घटनामा सात जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ की ६५ वर्षीया बीरमाया तामाङ, टेम्केमैयुङ गाउँपालिका-७ की २९ वर्षीय बेगन...
धनकुटाको कान्तिपुर ट्राभल्स मनी ट्रान्सफरमा चोरी

धनकुटाको कान्तिपुर ट्राभल्स मनी ट्रान्सफरमा चोरी

धनकुटा । धनकुटा नगरपालिका-६ शिव पार्क नजिकै रहेको कान्तिपुर ट्राभल्स मनी ट्रान्सफरमा चोरी भएको छ । कृष्ण प्रसाद दाहालले जमुना श्रेष्ठको घरमा सटर भाडा लिएर सञ्चालन गर्दै आएको मनी ट्रान्सफरमा चोरी भएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार आज बिहान ९ बजेतिर चोरी भएको भनेर खबर आएको थियो । सटरको चाबी अड्काउने ठाउँमा फोडेर भित्र पसी सिसी क्यामेराको डीभीआर बक्स र...
एमाले महालक्ष्मी नगरको अध्यक्षमा कमल कार्की विजयी

एमाले महालक्ष्मी नगरको अध्यक्षमा कमल कार्की विजयी

धनकुटा । नेकपा एमाले महालक्ष्मी नगर कमिटीको अध्यक्षमा कमल कार्की निर्वाचित भएका छन् । नगरको दोस्रो अधिवेशनमा आज भएको मतदानबाट ११७ मत प्राप्त गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । उनले विष्णुप्रसाद दाहाललाई २२ मतान्तरले पराजित गरेका छन् । दाहालले ९५ मत पाएका छन् । सहमति जुट्न नसकेपछि अध्यक्ष र सचिव पदमा मतदान गरिएको थियो । ७५ सदस्यीय नगर कमिटीमा तीन पदाधिकारीसहित ७३ पद सर्वसम्मत चयन गरिएक...
धनकुटाका पत्रकारसँग बीमा सम्बन्धी अन्तरक्रिया

धनकुटाका पत्रकारसँग बीमा सम्बन्धी अन्तरक्रिया

धनकुटा । धनकुटाका पत्रकारहरूसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरले बीमा क्षेत्रका समस्याहरू बुझेर समाधान खोज्न पत्रकारहरूसँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा सहभागि पत्रकारहरूले जीवन बीमा र निर्जीवन बीमा क्षेत्रमा देखिएका समस्याहरू जानकारी गराउँदै समाधानका उपायका विषयमा सुझाव दिएका छन् । सो अवसरमा बीमा प्राधिकरणका कोशी प्रदेश प्...
धनकुटामा सुरु भयो भलिबल उत्सव तथा रमाइलो मेला

धनकुटामा सुरु भयो भलिबल उत्सव तथा रमाइलो मेला

धनकुटा । धनकुटामा भलिबल उत्सव तथा रमाइलो मेला सुरु भएको छ । जिल्ला भलिबल संघको आयोजनामा धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबारदेखि उत्सव सुरु भएको हो । पूर्व राज्यमन्त्री एवं प्रदेश सभा सदस्य निरन राईले रेफ्रीलाई बल हस्तान्तरण गरेर भलिबल उत्सव उद्‌घाटन गरेका छन् । महिला भलिबल तर्फको उद्‌घाटन खेलमा पाख्रीवासलाई २५-१० र २५-११ को सोझो सेटमा पराजित गर्दै सहिदभूमि गाउँपालिका विजयी भएको छ । १५ दिन अर्था...
पर्यटकको पर्खाइमा धनकुटाको चौबिसे

पर्यटकको पर्खाइमा धनकुटाको चौबिसे

धनकुटा । धनकुटा जिल्ला पूर्वी नेपालको मुख्य पर्यटकीय गन्तव्य मध्येमा पर्दछ । यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन बाक्लो हुने गरेको छ । जिल्लाका विभिन्न पर्यटकीय स्थल चर्चामा रहेपनि केही स्थानका पर्यटकीय स्थल भने ओझेलमा परेका छन् । चौबिसे गाउँपालिकामा पर्यटकीय गन्तव्यको सम्भावना बोकेका थुप्रै स्थानहरू छन् । तर पर्याप्त प्रचार-प्रसारको अभावमा ओझेलमा परेका छन् । भेडेटार-रवि-रा...
धनकुटामा दुई जनामाथि छुरा प्रहार

धनकुटामा दुई जनामाथि छुरा प्रहार

धनकुटा । धनकुटामा नयाँ वर्षको दिन दुई जनामाथि छुरा प्रहार भएको छ । धनकुटा नगरपालिका-५ बिहिबारे हटिया नजिकै सोही स्थानका १७ वर्षीय कुशल राई र १७ वर्षीय आयुष राईमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट कुशलको टाउको र ढाडमा तथा आयुषको गर्धन र बायाँ पाखुरामा चोट लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनीहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । ...
धनकुटाको साँगुरीगढीमा महिलाको शव फेला

धनकुटाको साँगुरीगढीमा महिलाको शव फेला

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-१० स्थित घम्सी खोलामा एक महिलाको शव फेला परेको छ । आज दिउँसो अन्दाजी ४५ वर्षकी महिलाको शव फेला परेको हो । प्रहरीका अनुसार महिलाको पहिचान खुल्न बाँकी छ । प्रहरी चौकी त्रिवेणी धनकुटाबाट प्रहरी सहायक निरीक्षक राजेन्द्र राईको कमान्डमा खटिएको टोलीले बाटोबाट अन्दाजी ४०-५० मिटर तल शव फेला पारेको थियो । पहिचान हालसम्म खुल्न नसके पनि उनी मानसिक सन्तुलन ठिक नभएकी ...
धनकुटाको महालक्ष्मीले दोस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

धनकुटाको महालक्ष्मीले दोस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका स्थित राजारानीमा भएको १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महालक्ष्मी नगरपालिका प्रथम भएको छ । पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा सबैभन्दा बढी खेलमा विजयी भई महालक्ष्मी प्रथम भएको हो । १४ औं संस्करणमा पनि सर्वाधिक पदक जित्दै महालक्ष्मी प्रथम भएको थियो । महालक्ष्मीले सर्वाधिक ३१ स्वर्ण, २५ रजत र ८ कांस्य गरी जम्मा ६...
घरमै लडेर घाइते भएकी महिलाको मृत्यु

घरमै लडेर घाइते भएकी महिलाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-७ पाखा टोलकी एक महिलाको लडेर मृत्यु भएको छ । गत चैत २२ गते आफ्नै घरको पेटीबाट चिप्लिएर लडेकी ५० वर्षीया कल्पना राईको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको हो । प्रहरीका अनुसार घरको पेटीबाट लडेर करिब ५० मिटर तल खसेकी उनको टाउको, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ध...
राजारानीमा सुरु भयो १५ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

राजारानीमा सुरु भयो १५ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा आजबाट १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । चौबिसे गाउँपालिकाको व्यवस्थापनमा जिल्ला खेलकुद विकास समितिले स्थानीय पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता आयोजना गरेको हो । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले बेलुन उडाएर प्रतियोगिता उद्‌घाटन गरेका छन् । प्रतियोगिता उद्‌घाटन गर्दै स...
जनतामा निराशा छर्न अफवाह फैलाउने काम हुँदैछ : नेता राजेन्द्र राई

जनतामा निराशा छर्न अफवाह फैलाउने काम हुँदैछ : नेता राजेन्द्र राई

धनकुटा । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राईले अहिले अफवाह फैलाएर जनतामा निराशा पैदा गर्ने काम भइरहेको बताएका छन् । नेकपा एमाले महालक्ष्मी नगरपालिका धनकुटाकाे दाेस्राे नगर अधिवेशनलाई संवाेधन गर्दै पूर्वमन्त्री राईले वास्तविकता लुकाएर गलत अफवाह फैलाउने कामले समस्या सृजना गरिरहेकाे बताएका हुन् । देशमा विकासले गति लिँदै गइरहेको उदाहरण दिदैँ नेता राईले भ्रम फैलाउनेहरुसँग...
धनकुटाको सुरुङ्गीबाट धरानसम्म नियमित बस सेवा सुरु

धनकुटाको सुरुङ्गीबाट धरानसम्म नियमित बस सेवा सुरु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-४ सुरुङ्गीमा नियमित बस सेवा सुरु भएको छ । सोमबार एक औपचारिक कार्यक्रम गर्दै गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले बस सेवाको उद्‌घाटन गरेका हुन् । धरानबाट नियमित कुरुले, मानेडाँडा हुँदै बस सुरुङ्गी पुग्नेछ भने सुरुङ्गीबाट धरान जानेछ । ‘यसअघि परीक्षणको रूपमा बस सञ्चालन भएको भएपनि औपचारिक रूपमा सञ्चालनमा आएको थिएन’, वडा नम्बर ४ का वडाध्यक्ष लोकेन्द्र थापा मगरले...
भेडेटारबाट २० किलो गाँजासहित दुई महिला पक्राउ

भेडेटारबाट २० किलो गाँजासहित दुई महिला पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट २० किलो गाँजासहित दुई महिला पक्राउ परेका छन् । प्रहरीले आज बिहान चेकजाँचको क्रममा उनीहरूलाई फरक-फरक सवारीसाधनबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका-७ की ४९ वर्षीया सीता कार्की र ४२ वर्षीया इन्दिरा राई रहेका छन् । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार कार्कीलाई बिहान करिब १०ः५० बजे अखुवाबाट धरानतर्फ जाँ...
error: Content is protected !!