चौबिसेको कौशिका धाम ओझेलमा
धनकुटा । धनकुटाको चौबिसेमा रहेको महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल कौशिका धाम ओझेलमा परेको छ । पर्याप्त पूर्वाधार विकास र बाह्य प्रचारप्रसार नहुँदा कौशिका धाम ओझेलमा परेको हो ।
चौबिसे गाउँपालिका-४ र ५ को संगमस्थल हंसमोरङस्थित त्रिवेणी घाटमा कौशिका धाम छ । कौशिकालाई पवित्र तीर्थस्थल तथा पुण्य धामको रूपमा समेत मानिन्छ ।
तमोर नदी, तेलिया र छरुवा खोलाको संगम स्थलमा कौशिका धाम पर्दछ । पद्मपुराणमा कौ...































