संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-७ रमाइलो घुम्तीमा आइतबार भएको बस दुर्घटनामा घाइते भएका चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते भएका रामधुनी नगरपालिका-१ का ६० वर्षीय भुवन चौधरीको मृत्यु भएको हो ।

उनको मोरङको बुढीगंगास्थित विराट टिचिङ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरीको रामधुनी नगरपालिका-५ मा रहेको पिंक लोटस बोर्डिङ स्कुलका विद्यार्थीलाई शैक्षिक भ्रमणमा लिएर गएको को १ ख ५३१३ नम्बरको बस फर्कने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा २९ जना घाइते भएका थिए ।

Advertisement

प्रहरीका अनुसार घाइते मध्ये २५ जना डिस्चार्ज भइसकेका छन् भने दुई जना विद्यार्थीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!