
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-१ लावरबोटेमा गाँजासहित प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको छ । मूलघाटबाट धरान जाँदै गरेको प्रदेश १-०२-०४४ प ७४५२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा प्रहरीले गाँजा फेला पारेको हो ।
मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । चेकजाँचका क्रममा भागेको मोटरसाइकलले प्रहरी चौकी मूलघाटमा कार्यरत प्रहरी जवान निमदोर्ची शेर्पालाई ठक्कर दिएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट शेर्पा घाइते भएका छन् । बरामद भएको आठ किलो गाँजा र मोटरसाइकल प्रहरी चौकी मूलघाटमा राखिएको छ । फरार भएका मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













