
धनकुटा । धनकुटा नगरपालिका-७ बसपार्कमा निर्माण गरिएको स्तनपान कक्ष सञ्चालनमा आएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले उद्घाटन गरेसँगै नवनिर्मित स्तनपान कक्ष आजबाट सञ्चालनमा आएको हो ।
स्तनपान कक्ष नहुँदा महिलाहरूलाई अनेकन झन्झट हुनेगरेको थियो । सोही कुराको मध्यनजर गर्दै नगरपालिकाले स्तनपान कक्ष स्थापना गरिएको नगरपालिकाका योजना, प्रशासन तथा अनुगमन शाखा प्रमुख सीताराम गौतमले बताए ।
‘बसपार्कमा रहेको प्रतीक्षालयमा पहिला नै छानो थियो’, उनले भने, ‘त्यसकै एक छेउमा भित्र बेन्च राखेर नगरपालिकाले बाहिरको संरचना बनाएको हो ।’ उनका अनुसार उक्त कक्ष निर्माणका लागि करिब दुई लाख रुपैयाँ खर्च भएको छ । स्तनपान कक्ष सञ्चालनमा आएसँगै स्तनपान गराउनका लागि सहज भएको छ ।

संगालोखबर 













