संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापाको कनकाई नगरपालिका-४ स्थित माई पुल नजिक पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा कनकाई-४ का ३५ वर्षीय कमल पराजुलीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति करिब साढे ८ बजे विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको सेतो कारले उनी सवार बीएएबी ६१२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका पराजुलीलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । उनको उपचारका क्रममा राति ९ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने कारको खोजतलास गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!