- संगालोखबर सम्वाददाता
फाइल तस्वीर

विराटनगर । प्रदेश १ सरकारले जिल्ला–जिल्लामा कोभिड १९ विरुद्धको खोप वितरण शुरु गरेको छ । १४ वटै जिल्लामा शनिबारदेखि खोप वितरण शुरु गरिएको विराटनगरस्थित प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त भएका खोपहरु वितरण शुरु गरिएको आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए । उनका अनुसार आइतवारसम्म सुनसरी, उदयपुर, झापा, इलाम र पाँचथरमा भेरोसेल खोप पठाइएको छ । सोमबारसम्ममा प्रदेश १ का सवै जिल्लाहरुमा खोप वितरण भईसक्ने छ ।

Advertisement

प्रदेश १ मा १ लाख ६९ हजार डोज भेरोसेल खोप र ४८ हजार भायल (२ लाख ४० हजार डोज) जोनसन एण्ड जोनसन खोप आएको आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शाहले जानकारी दिए । उनका अनुसार भेरोसेल खोप लगाइसकेपछि मात्र जोनसन खोप वितरण शुरु गरिनेछ ।

भेरोसेल खोप ५४ वर्षमाथि र जोनसन एण्ड जोनसन खोप ५० वर्षमाथिका व्यक्तिहरुलाई लगाउँने प्रदेश सरकारको तयारी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!