- सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाका स्वास्थ्य संस्थाहरुलाई सेवाका लागि युवा पोखरा नामक संस्थाले १५ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । जिल्लाका बिभिन्न स्वास्थ्य संस्थाहरुका लागि जिल्ला अस्पताल धनकुटालाई स्वास्थ्य सामाग्री र उपकरणहरु हस्तान्तरण गरिएको हो ।

सेवाका लागि युवा पोखराका अध्यक्ष असिल कुमार शाहीले जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्मालाई सामाग्री हस्तान्तरण गरेका छन् । कोरोनाको महामारीमा अहोरात्र खटिने स्वास्थ्यकर्मीहरुलाई सुरक्षित तवरले काम गर्न सहजता प्रदान गर्न र कोरोना नियन्त्रणमा सघाउ पुर्याउँन सामाग्री प्रदान गरिएको संस्थाका सदस्य सन्दीप माझीले बताए ।

Advertisement

सो संस्थाले १५ वटा फोल्डिङ वेड, २ सय थान पीपीई सेट, ४ वटा अक्सिजन कन्सन्टेटर, १ सय ८० बट्टा सर्जिकल मास्क, ४ सय थान एन ९५ मास्क, १ सय २० वट्टा सर्जिकल ग्लोब्स, १ सय ६० लिटर सेनिटाईजर, ४ वटा अक्सिमिटर र ४ वटा थर्मल गन लगायत स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

क्यानडास्थित सेवा क्यानडा ईन्टरनेसनल संस्थाको सहयोगमा सेवाका लागि युवा संस्थाले सामाग्री उपलब्ध गराएको हो । उक्त सामाग्री क्यानडामा रहेका नेपाली लगायत त्यहा रहेका अन्य देशका नागरिकबाट सहयोग संकलन गरेर खरिद गरिएको बताइएको छ ।

स्वास्थ्य सामाग्रीहरु बिभिन्न जिल्लामा प्रदान गर्ने तयारी गरिएको छ । पहिलो चरणमा प्रदेश नं. १ को झापा, ईलाम, ताप्लेजुङ र धनकुटाका स्वास्थ्य सस्थाहरुलाई प्रदान गरिएको सदस्य माझीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!