- संगालोखबर सम्वाददाता

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बिरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा व्यापक सुधार गरेको छ । केएमसीले ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरेर छिटो, छरितो र प्रभावकारी बनाएको हो ।

Advertisement

बिरामीको सहजताका लागि आकस्मिक कक्षमा २४ सै घण्टा ‘इमर्जेन्सी स्वयंम्सेवक’ टिम परिचालन गरिएको छ । आकस्मिक अवस्थामा आएका बिरामीलाई सहज रुपमा आकस्मिक कक्षमा पुर्याउँन अस्पतालको गेट अगाडि ट्रली, ह्वील चेयर र स्ट्रेचर तयारी अवस्थामा राखेर २४ सै घण्टा स्वयंम्सेवक खटाइएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनीहरुले बिरामी आईपुग्ने बित्तिकै एम्बुलेन्सबाट बिरामीलाई निकालेर सकेसम्म छिटो उपचारका लागि आकस्मिक कक्षमा पुर्याउँने गर्छन् ।

केएमसीका अध्यक्ष डा.सुनिल शर्माले ईमर्जेन्सी सेवालाई प्रभावकारी बनाउँन चासो देखाएपछि ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरी छिटो, छरितो र गुणस्तरीय बनाइएको हो । केएमसीले ईमर्जेन्सी सेवामा सुधार गरेपछि उपचारमा सहज भएको बिरामी र बिरामीका आफन्तको भनाई छ ।

त्यस्तै केएमसीमा सोधपुछ कक्ष पनि स्थापना गरिएको छ । उपचार तथा अस्पतालसँग सम्बन्धित अन्य कामको जानकारी लिनका लागि सहजता प्रदान गर्न सोधपुछ कक्ष स्थापना गरिएको केएमसीले जनाएको छ ।

डा.शर्माको प्रवेशसँगै केएमसीले उपचारमा स्तरीयता तथा सेवा विस्तारमा तीव्रता दिँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!