हृदयघात भएका कोरोना संक्रमितको नोबेलमा गरियो शल्यक्रिया
विराटनगर । हृदयघात भएर आएका एक कोरोना संक्रमितको नोबेल शिक्षण अस्पतालमा आकस्मिक शल्यक्रिया गरिएको छ । हृदयघात भएर अस्पताल भर्ना भएका इटहरी–३ का ५५ बर्षीय कोरोना संक्रमित पुरुषको सफलतापूर्वक एन्जियोप्लाष्टि गरिएको हो ।
नोबेलका निर्देशक एवं मुटुरोग बिशेषज्ञ डा.राजेश नेपाल, डा.सुशान्त कटुवाल लगायत चिकित्सकहरुको टोलीले संक्रमितको शल्यक्रिया गरेको हो । एक साता अघि कोरोना संक्रमण पुष्टि भएका उनी घरमै...





























