- संगालोखबर सम्वाददाता

विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गरेर एक विरामीको ढाडबाट ५ किलोको मासुको डल्लो निकालिएको छ । झापाको दमक नगरपालिका–३ आमचोकका ५६ बर्षीय कुलबहादुर तामाङको ढाडमा पलाएको मासुको डल्लो शल्यक्रिया गरेर निकालिएको हो ।

Advertisement

ढाडमा पलाएको बोसो मिश्रित मासुको ५ किलोको डल्लो शल्यक्रिया गरेर निकालिएको नोबेल अस्पतालका शल्यचिकित्सक डा.अमित भट्टराईले बताए । ‘उहाँको गर्धन भन्दा मुनी ढाडको सिरानमा मासु पलाएको रहेछ, धेरै बर्षअघिदेखि ढाडमा ५ किलोको मासुको डल्लो बोकेर बसिरहनुभएको रहेछ,’ डा.भट्टराईले भने, ‘हामीले सर्जरी गरेर निकालेको छौ, अहिले उहाँको स्वास्थ्य अवस्था ठीक छ, अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेका छौं ।’

डा.भट्टराई नेतृत्वको चिकित्सकहरुको टोलीले सफलतापूर्वक सल्यक्रिया गरेर मासुको डल्लो निकालेको हो । विरामीलाई अर्धबेहोस बनाएर शल्यक्रिया गरिएको थियो । शल्यक्रियाका क्रममा नोबेलका एनएसथियोलोजिष्ट प्रा.डा.सीआर दासले सहयोग गरेका थिए ।

करिब १० बर्षअघि तामाङको गर्धन भन्दा मुनी ढाडको सिरानमा मासुको सानो डल्लो उम्रिएको थियो । त्यो क्रमिक रुपमा बढ्दै गएर ठूलो भएको हो । ढाडमा अस्वभाविक रुपमा मासुको डल्लो बढेपछि तामाङलाई हिडडुल गर्न र सुत्न निकै समस्या हुँने गरेको थियो । उनी बर्षौ अघिदेखि ५ किलोको मासुको डल्लो बोकेर बसिरहेका थिए ।

अहिले शल्यक्रिया गरेर ढाडबाट मासुको पोको निकालिएपछि उनलाई सहज भएको छ । ‘सुरुमा सानो विमिरो जस्तो निस्किएको थियो, पछि बढ्दै–बढ्दै गयो, सधै भारी बोकेर बासिरहनुपर्दा निकै गाह्रो भइरहेको थियो,’ तामाङले भने, ‘अप्रेशन गरेर फालेपछि ढुक्क भयो । १० बर्षदेखि बोक्दै आएको भारी बिसाएजस्तो भएको छ ।’

यसअघि नोबेलमा इलामकी एक महिलाको पाठेघरबाट ६ किलोको ट्यूमर निकालिएको थियो । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापनका कारण नोबेलमा जटिल तथा दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!