पोखरामा कोरोना संक्रमणबाट एक वृद्धाको मृत्यु

पोखरामा कोरोना संक्रमणबाट एक वृद्धाको मृत्यु

पोखरा । कोरोना संक्रमणबाट पोखरामा एक वृद्धाको मृत्यु भएको छ । चरक अस्पतालमा उपचाररत वृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी उनलाई असार २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य जटिल बन्दै गएपछि उपचारकै क्रममा साउन ४ गते आइतबार मृत्यु भएको निर्देशनालयले जनाएको छ । वृद्धामा उच्च रक्तचाप ...
नोबेलमा १५ वर्षीय बालकको आन्द्राबाट निकालियो कैँची 

नोबेलमा १५ वर्षीय बालकको आन्द्राबाट निकालियो कैँची 

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले एक बालकको आन्द्राबाट कैँची निकालेको छ । अस्पतालका वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई नेतृत्वको चिकित्सकहरूको टोलीले ल्याप्रोस्कोपिक प्रविधिको सहायताले सफलतापूर्वक शल्यक्रिया गरेर कैँची निकालेको हो । अस्पतालका अनुसार उदयपुरका एक १५ वर्षीय बालकले खेल्ने क्रममा कैँची निलेका थिए । कैँची निलेपछी बालकलाई आफन्तले गम्भीर अवस्थामा न...
आजदेखि डेङ्गी सचेतना अभियान शुरु

आजदेखि डेङ्गी सचेतना अभियान शुरु

विराटनगर । आजदेखि सरकारले राष्ट्रिय डेङ्गी सचेतना अभियान शुरु गरेको छ । लामखुट्टेको नियन्त्रण र टोकाइबाट बच्ने उपायबारे सचेतना बढाउने लक्ष्यसहित सरकारले साउन महिनाभर अभियान सञ्चालन गर्ने घोषणा गरेको हो । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तीनै तहका सरकार, सबै मन्त्रालय र सांसदको सहभागितामा अभियान सञ्चालन हुनेछ । जसमा ‘हरेक शुक्रवार सफा शुक्रवार’ मार्फत सबै ...
आठ प्रकारका बिरामीले दुई लाखसम्मको उपचार सुविधा पाउने

आठ प्रकारका बिरामीले दुई लाखसम्मको उपचार सुविधा पाउने

विराटनगर । साउन १ गतेबाट लागुहुनेगरि आठ प्रकारका बिमारीले दुई लाखको उपचार सुविधा पाउने भएका छन् । क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्ने भएका हुन् । स्वास्थ्य बीमा सुधारको अर्को महत्त्वपूर्ण पाइला अन्तरगत यो सुविधा उपलब्ध गराउन लागिएको स्वास्थ्य मन्त्री प्रदिप पौडेललेको भनाइ छ । ‘कडा रोग लागेर स्वास्थ्...
विराटनगरमा बुधबार र बिहीबार कोरोना विरुद्धको खोप अभियान 

विराटनगरमा बुधबार र बिहीबार कोरोना विरुद्धको खोप अभियान 

विराटनगर । विराटनगर महानगरपालिकाले भोलि बुधबार र बिहीबार कोरोना भाइरस विरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढ्न थालेसँगै महानगरपालिकाले ५५ वर्षमाथिका सबै र १२ वर्षमाथिका दीर्घरोगीलाई खोप लगाउने जनाएको छ । यसैगरी हालसम्म खोप नलगाउने, बुस्टर डोज नलगाउने र प्रत्यक्ष जनसम्पर्क हुने स्थानमा कार्यरत राष्ट्रसेवक कर्मचारी र अन्य जोखिममा ...
केएमसीमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण

केएमसीमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण

विराटनगर । काठमाडौं मेडिकल कलेज (केएमसी) मा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । डा. रोशन घिमिरे नेतृत्वको चिकित्सकीय टोलीले कलेजोको सफल प्रत्यारोपण गरेको हो । डडेल्धुराको अमरगढी नगरपालिका-५ निवासी ४० वर्षीय प्रदीप नगरकोटीमा कलेजो प्रत्यारोपण गरिएको केएमसीले जनाएको छ । उनलाई आफ्नै श्रीमती ३३ वर्षीया यशोदा कुमारी देउवाले कलेजो दान गरेकी हुन् । यसलाई नेपाली चिकित्सा क्षेत्रको लागि एक ऐति...
चिकित्सक संघको आन्दोलन : देशैभर आकस्मिकबाहेकका सेवा बन्द

चिकित्सक संघको आन्दोलन : देशैभर आकस्मिकबाहेकका सेवा बन्द

विराटनगर । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सेवा बन्द गरेको छ । उपभोक्ता अदालतले दिएका पछिल्ला फैसलाहरूले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै चिकित्सक संघले आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो । चिकित्सकहरूलाई हतोत्साहित पार्ने र असुरक्षित वातावरण सिर्जना गर्ने कार्य भएको नेपाल चिकित्सक संघले जनाएको छ । संघका महासचिव डा. सञ्जिब तिवारीले जा...
देशभर डेंगी संक्रमितको संख्या १६ सय नाघ्यो, कोशीमा ३ सय ३४ जनामा संक्रमण

देशभर डेंगी संक्रमितको संख्या १६ सय नाघ्यो, कोशीमा ३ सय ३४ जनामा संक्रमण

विराटनगर । देशभर डेंगी संक्रमितको संख्या १६ सयमाथि पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर डेंगी सङ्क्रमितको संख्या १६ सय ७३   पुगेको हो । महाशाखाका अनुसार सातै प्रदेशमा डेंगी संक्रमितको संख्या बढ्दो क्रममा छ । गत एक सातामा मात्रै ७१ जनामा डेंगी पुष्टि भएको छ । जसमा २० जना गण्डकी, १५ कोसी, १५ बागमती, १२ लुम्बिनी, ५ मधेस, ३ सुदूरपश्चिम र कर...
चर्को गर्मीमा चल्ने तातो हावा लु बाट कसरी जोगिने ?

चर्को गर्मीमा चल्ने तातो हावा लु बाट कसरी जोगिने ?

विराटनगर । यो समय गर्मी बढी हुने समय हो । वैशाखदेखि भदौ अन्तिमसम्म तराईका जिल्लाहरूमा चर्को गर्मीसँगै तातो हावा चल्न सक्छ । पानी नपरेको बेला लाग्ने चर्को घाम र चल्ने तातो हावाले तराइको जनजीवन प्रभावित बनाउँछ । यस्तै पहाडी क्षेत्रमा पनि गर्मीले दैनिक जीवनयापनलाई कठिन बनाउँछ । चर्को गर्मीमा शरीरको तापमानको सन्तुलन बिग्रँदा मानिसलाई लु लाग्ने खतरा पनि हुन सक्छ । योसँगै गर्मीको समयमा विभिन्न स्वास्...
प्रधानमन्त्री ओलीले गरे जीवन विकास सामुदायिक अस्पताल उद्‌घाटन

प्रधानमन्त्री ओलीले गरे जीवन विकास सामुदायिक अस्पताल उद्‌घाटन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्‌घाटन गरेका छन् । मोरङको कटहरी गाउँपालिका-२ स्थित हल्दीबारीमा दुई अर्ब लगानीमा निर्माण भएको सामुदायिक अस्पतालको आज एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले उद्‌घाटन गरेका हुन् । उद्‌घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले अस्पतालले विपन्न र आर्थिक अवस्था कमजोर भएको समुदायलाई सरल र सहज उपचार स...
कोशीमा डेंगुको जोखिम बढी, देशभर सङ्क्रमण बढ्दो

कोशीमा डेंगुको जोखिम बढी, देशभर सङ्क्रमण बढ्दो

विराटनगर । कोशी प्रदेशमा डेंगु सङ्क्रमितको संख्या सबैभन्दा धेरै पाइएको छ । देशभर हालसम्म एक हजार ८१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये कोशीमा सबैभन्दा बढी दुई सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै बागमतीमा एक सय ९७, गण्डकीमा एक सय ८२, लुम्बिनीमा एक सय ६३, सुदूरपश्चिममा एक सय ५६, कर्णालीमा ३० र मधेश प्रदेशमा १४ जना सङ्क्रमित भएका छन् । विज्ञहरूका अनुसार मनसुनको अवधिमा डेंगु सङ्क्...
धनकुटा ७ मा आँखा शिविर, मोतिबिन्दुको निःशुल्क अप्रेसन

धनकुटा ७ मा आँखा शिविर, मोतिबिन्दुको निःशुल्क अप्रेसन

धनकुटा । धनकुटा नगरपालिका-७ मा मोतिबिन्दु पहिचानका लागि निःशुल्क शिविर सञ्चालन गरिएको छ ।  डा. रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटासँगको प्राविधिक सहयोगमा वडा कार्यालयले १९ गते आयोजना गरेको शिविरमा ११ जनाको मोतिबिन्दु पहिचान भएको छ । शिविरमा नगरपालिका स्वास्थ्य सेवा उपशाखाका प्राविधिक कर्मचारीहरूले पनि सहयोग गरेका थिए । ‘वडाका ज्येष्ठ नागरिकलाई लक्षित गरेर हामीले शिविरको आयोजना गरेका हौं’, वडाध...
मोरङको कटहरीमा दुई अर्बको लगानीमा बनाइयो जीवन विकास सामुदायिक अस्पताल

मोरङको कटहरीमा दुई अर्बको लगानीमा बनाइयो जीवन विकास सामुदायिक अस्पताल

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ हल्दीबारीमा जीवन विकास सामुदायिक अस्पताल निर्माण गरिएको छ । जीवन विकास समाजले दुई अर्ब लगानी गरेर दुई सय बेडको सामुदायिक अस्पताल निर्माण गरेको हो । अस्पताल प्रशासनले आज पत्रकार सम्मेलन गरेर यही जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल उद्‌घाटन गर्ने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा मोरङ क्षेत्र नं.५ का प्रतिनिधि सभा सदस्य एवं अस्पतालका अध्यक्ष...
स्वास्थ्य बीमामा नागरिकको आवद्धता बढाउन स्थानीय तहसँग समन्वय गरिने

स्वास्थ्य बीमामा नागरिकको आवद्धता बढाउन स्थानीय तहसँग समन्वय गरिने

विराटनगर । कोशी घुम्ती अस्पताल संचालनका लागि अस्पताल तथा प्रतिष्ठानसँग समन्वय गरिने भएको छ । आज आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले यस्तो बताएका हुन् । स्वास्थ्य बीमामा नागरिकको आवद्धता बढाउन स्थानीय तहसँग समन्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै शैलजा हृदय रोग केन्द्रको सेवा विस्तार तथा रूपान्तरण गरिने, प्रादेशिक आयुर्वे...
धनकुटा अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु 

धनकुटा अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु 

धनकुटा । जिल्ला अस्पताल धनकुटामा हेमोडायलाइसिस सेवा सुरु भएको छ । आइतबार कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले हेमोडायलाइसिस सेवाको शुभारम्भ गरेका हुन् । उद्‌घाटन कार्यक्रममा बोल्दै मन्त्री राईले सबै पक्षबीच समन्वय गरेर सेवालाई प्रभावकारी बनाउनुपर्ने बताए । जिल्ला अस्पताललाई ५० वा १०० शय्यामा विस्तार गर्ने विषयमा सरकार सकारात्मक रहेको उनको भनाइ थियो । उनले धनकुटा अस्पतालमा राखिएको तर...
कोशी लगानी सम्मेलन : स्वास्थ्य पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड

कोशी लगानी सम्मेलन : स्वास्थ्य पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड

विराटनगर । कोशी प्रदेश लगानी सम्मेलनको दोस्रो दिन आज स्वास्थ्य पूर्वाधार, चुनौती र सम्भावनाबारे विचार-विमर्श भएको छ । शिलापत्रका सम्पादक योगेश ढकालले डा. भगवान कोइराला, डा. ज्ञानेन्द्रमान सिंह कार्की, कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुना झा र विजयपुर अस्पतालका अध्यक्ष पङ्कज खतिवडासँग संवाद गरेका हुन् । डा. कोइरालाले न्यूनतम स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्‍याउनुपर्ने जोड दिए । १४ हज...
बिचौलियाहरूले निजी मेडिकल कलेजलाई धराशायी बनाए : सांसद शर्मा

बिचौलियाहरूले निजी मेडिकल कलेजलाई धराशायी बनाए : सांसद शर्मा

काठमाडौं । काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रतिनिधिसभा सांसद डा. सुनिल शर्माले बिचौलियाहरूले निजी मेडिकल कलेजलाई धराशायी बनाएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. शर्माले यस्तो बताएका हुन् । उनले मेडिकल कलेजहरूले विद्यार्थीलाई ४८ हजार तिर्न कुनै समस्या नरहेको उल्लेख गरे । ‘आज कलेजहरूले ४८ हजार तिर्न सकिँदैन भनेर हात उठाएर भर्ना रो...
प्रा.डा. शर्मालाई बीपीको निमित्त उपकुलपतिको जिम्मेवारी

प्रा.डा. शर्मालाई बीपीको निमित्त उपकुलपतिको जिम्मेवारी

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निमित्त उपकुलपति तोकिएको छ । प्रतिष्ठानका प्रवक्ता प्रा.डा. अन्जु प्रधानका अनुसार प्रा. डा.संजिव कुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको हो । बैशाख ४ गते प्रधानमन्त्री तथा कुलपति स्तरीय निर्णयानुसार प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. शर्मालाई नयाँ उपकुलपति सिफारिस भएर नियुक्त नभएसम्मका लागि जिम्मेवारी तोकिएको बताइएको छ । ...
विराटनगरको गोल्छा आँखा अस्पतालमा तीलगंगाका डाक्टरहरूको सेवा

विराटनगरको गोल्छा आँखा अस्पतालमा तीलगंगाका डाक्टरहरूको सेवा

विराटनगर । विराटनगर-७ स्थित रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानमा काठमाडौंको तीलगंगा आँखा अस्पतालका वरिष्ठ डाक्टरहरूले सेवा दिन थालेका छन् । हप्तामा दुई दिन तिलगंगाका वरिष्ठ डाक्टरहरूले परामर्श तथा उपचार सेवा दिन थालेका हुन् । बुधबार र बिहीबार तिलगंगाकी वरिष्ठ नेत्ररोग विशेषज्ञ तथा कन्सल्टेन्ट भिट्रियो-रेटिना सर्जन प्रा.डा. रबा थापाले उपचार तथा शल्यक्रिया सेवा दिएकी थिइन् । उनको सेवाबाट मधुमे...
भ्रामक समाचार आएको भन्दै नोबेल अस्पतालद्वारा आपत्ति

भ्रामक समाचार आएको भन्दै नोबेल अस्पतालद्वारा आपत्ति

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले विभिन्न सञ्चारमाध्यममा आएका समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज अस्पतालले एक विज्ञप्ति जारी गर्दै ‘फोक्सोको डाक्टरले हड्डीको उपचार गर्न खोज्दा बिरामीको मृत्यु’ लगायत शीर्षकमा आएका समाचार प्रति आपत्ति जनाएको हो । अस्पतालले सत्यतथ्य नबुझी एकतर्फी ढङ्गले समाचार प्रकाशन गरेको भन्दै खेद प्रकट गरेको छ । यस्तै यसले आम मानिसमा भ्रम पैदा ...
नोबेलमा क्षयरोग दिवसको अवसरमा रक्तदान

नोबेलमा क्षयरोग दिवसको अवसरमा रक्तदान

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ । विश्व क्षयरोग दिवसको अवसर पारेर नोबेल शिक्षण अस्पतालले स्वास्थ्य कार्यालय मोरङ, राउन्ड टेबल नेपाल र लेडिज सर्कल नेपालसँग सहकार्य गरेर रक्तदान कार्यक्रम गरेको हो । अस्पताल परिसरमा आयोजित रक्तदान कार्यक्रममा ८५ जनाले रगत दान गरेको नोबेल अस्पतालका महाप्रबन्धक दिपेश राईले जानकारी दिए ।  क्षयरोग दिवसको अवसरमा कार्यक्रम...
स्वास्थ्य र वातावरण जोगाउन विद्युतीय चुलो प्रयोग गर्नुपर्नेमा जोड

स्वास्थ्य र वातावरण जोगाउन विद्युतीय चुलो प्रयोग गर्नुपर्नेमा जोड

विराटनगर । स्वास्थ्य र वातावरण जोगाउन तथा स्वदेशी ऊर्जा खपत गर्न विद्युतीय चुलो महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन् । विराटनगरमा आयोजित विद्युतीय चुलो प्रवर्द्धन विषयक प्रादेशिक कार्यशालाका सहभागीहरूले यसबारे विस्तृत छलफल गरेका छन् । नेपालमा विद्युतीय चुलोको दिगो बजार विकास परियोजना, नामसालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी) लगायत संस्थाको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरूले विद्युती...
होलीमा कसरी गर्ने छाला र कपालको हेरचाह ?

होलीमा कसरी गर्ने छाला र कपालको हेरचाह ?

होली रंगैरंगको पर्व हो । खुशी र आनन्दको पर्व हो । यो रङ्गीन पल साथीहरू, परिवार र आफन्तहरूसँग मनाउने गरिन्छ । तर यही क्षण रङहरूमा मिसिएको रसायन वा होली खेल्न प्रयोग गर्ने रंगीन पानीका कारण ठूलो समस्या निम्तिन सक्छ । त्यस्ता रसायनहरूले आँखामा जलन, छालाको समस्या, कपाल बिग्रन सक्छ । होलीमा छालाको हेरचाहका टिप्सहरू समावेश गरी पहिल्यै राम्ररी तयारी गरेमा यस्तो प्रकोपबाट बच्न सकिन्छ ।  हामीले यो याद ग...
विराटनगरको क्षयरोग निवारण संस्थामा कम क्षमताको आवास गृह हुँदा समस्या

विराटनगरको क्षयरोग निवारण संस्थामा कम क्षमताको आवास गृह हुँदा समस्या

विराटनगर । क्षयरोग नियन्त्रणका लागि सरकारले चासो नदेखाउँदा दिनप्रतिदिन वृद्धि हुँदै गएको सरोकारवालाहरूले बताएका छन् । नेपाल क्षयरोग निवारण संस्था मोरङले बिहीबार पत्रकारहरूलाई यो विषयमा जानकारी गराएको हो । संस्थाका पदाधिकारीहरूले वर्षेनी देशभरबाट ३५ हजार क्षयरोगीहरू स्वास्थ्य संस्थाको सम्पर्कमा नआउने गरेको बताएका छन् । सम्पर्कमा नआउँदा क्षयरोगीको सङ्ख्या वृद्धि हुँदै गएकाले सरकारले यसतर्फ ध्यान ...
कोशी सरकारले कडा रोग लागेका बिरामीका लागि ८ करोड ६० लाख निकासा गर्ने 

कोशी सरकारले कडा रोग लागेका बिरामीका लागि ८ करोड ६० लाख निकासा गर्ने 

विराटनगर । कोशी प्रदेश सरकारले कडा रोग लागेका बिरामीहरूका लागि दिँदै आएको सहयोग रकम वितरण गर्ने भएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय गर्दै बिरामीहरूलाई सहयोग रकम वितरण गर्ने निर्णय गरेको  हो । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीका अनुसार यो पटक सहायता रकम वितरण गरेपछि अर्को वर्षदेखि भने ...
सुनिल शर्माको केएमसीमा स्याङ्जाका विपन्न विरामीको निःशुल्क उपचार हुने

सुनिल शर्माको केएमसीमा स्याङ्जाका विपन्न विरामीको निःशुल्क उपचार हुने

विराटनगर । काठमाडौं मेडिकल कलेज (केएमसी) मा स्याङ्जाका विपन्न विपन्न बिरामीहरूको निःशुल्क उपचार हुने भएको छ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङको अनुरोधमा केएमसीका प्रोपाइटर एवं सांसद डा. सुनिल शर्माले निःशुल्क उपचारको व्यवस्थापन मिलाइदिएका हुन् । आगामी चैत्र ४ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा स्याङ्जाका विपन्न बिरामीहरूका लागि अप्रेसन र बेड चार्ज तथा रगत जाँच, सिटी स्क्यान, एमआरआई लगाय...
गोल्डेन अस्पतालले मनायो १४ औं वार्षिकोत्सव

गोल्डेन अस्पतालले मनायो १४ औं वार्षिकोत्सव

विराटनगर । विराटनगर-११ जनपथ टोलमा रहेको गोल्डेन अस्पतालले आफ्नो १४ औं वार्षिकोत्सव मनाएको छ । आज अस्पतालको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । सञ्चालक समितिका अध्यक्ष आरती रौनियार, सञ्चालक डा. श्याम रौनियार र सनातन मण्डलले केक काटेर वार्षिकोत्सवको खुसी साटासाट गरेका थिए । अस्पताल चोक स्थित भाडाको भवनबाट सेवासुचारु गरेको  गोल्डेनले अहिले आफ्नै भवनबाट सय शय्याको सेवा प्रव...
बरिष्ठ ग्यास्ट्रोइन्टरोलोजिस्ट डा. खड्काले लाइफगार्डबाट सेवा दिने

बरिष्ठ ग्यास्ट्रोइन्टरोलोजिस्ट डा. खड्काले लाइफगार्डबाट सेवा दिने

विराटनगर । बरिष्ठ ग्यास्ट्रोइन्टरोलोजिस्ट डा. मोहन खड्काले विराटनगरको लाइफगार्ड अस्पतालबाट उपचार सेवा दिने भएका छन् । अस्पतालले आज पत्रकार सम्मेलन गर्दै डा. खड्कालाई टिममा भित्र्याएको जनाएको हो । लेटाङ घर भएका डा. खड्का विगत चार वर्षदेखि विराट टिचिङ हस्पिटलमा काम गर्दै आएका थिए । पेट तथा कलेजो सम्बन्धी एमडी गरे लगत्तै माल्दिभ्सको राजधानी मालिकोमा सेवा दिने उनी पहिलो डाक्टर हुन् । विराटनगरको नो...
नेपाल दृष्टि विशेषज्ञ सङ्घ कोशी र विराट मेडिकल कलेजबीच सम्झौता

नेपाल दृष्टि विशेषज्ञ सङ्घ कोशी र विराट मेडिकल कलेजबीच सम्झौता

विराटनगर । नेपाल दृष्टि विशेषज्ञ सङ्घ कोशी प्रदेश र विराट मेडिकल कलेजबीच सम्झौता भएको छ । आजीवन सदस्यहरूको उपचारमा सहुलियत प्रदान गर्न सङ्घले विराटसँग सम्झौता गरेको हो । सङ्घका सचिव राकेश कुमार साहका अनुसार आजीवन सदस्यका परिवारले विभिन्न सेवामा छुट पाउनेछन् । ओपिडी, ल्याब, फार्मेसी, जेनेरल बेड, भेन्टिलेटर, आईसीयू, एनआईसीयू लगायतका सेवामा छुटको व्यवस्था मिलाइएको छ । यो सुविधा लिन अनिवार्य कार्ड...
घोपामा महिलाको डिम्बासयबाट निकालियो १८.६ किलोको ट्युमर

घोपामा महिलाको डिम्बासयबाट निकालियो १८.६ किलोको ट्युमर

विराटनगर । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा एक महिलाको डिम्बासयबाट १८.६ किलो वजन तथा ५० सेन्टिमिटरको ट्युमर निकालिएको छ । मोरङकी ३९ वर्षीया महिलाको सफल शल्यक्रिया मार्फत गत असोज २२ गते ट्युमर निकालिएको हो । प्रतिष्ठानका गाइनोकोलोजी एण्ड अब्स्टेट्रिक्स विभागका एसोसिएट प्रोफेसर तथा गाइनो अन्कोलोजी सर्जन डा. रमेश श्रेष्ठको नेतृत्वमा शल्यक्रिया भएको थियो । सामान्...
विश्व क्यान्सर दिवसमा नोवेल र लियोको सहकार्यमा कार्यक्रम

विश्व क्यान्सर दिवसमा नोवेल र लियोको सहकार्यमा कार्यक्रम

विराटनगर । नोबेल क्यान्सर अस्पताल विराटनगर र लियो जिल्ला परिषद् ३२५ सी को सहकार्यमा विभिन्न कार्यक्रम गरिएको छ । फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवसको अवसरमा कार्यक्रम गरिएको हो । मङ्गलबार बिहान नोबेलबाट सहिद रंगशालासम्म पाँच किलोमिटर दौड आयोजना गरिएको थियो । जसमा केन्याका नागरिक प्रथम भएका थिए । यसैगरी विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरूको उपस्थितिमा क्यान्सर सम्बन्धी सचेतनामूलक र्‍...
error: Content is protected !!