संगालोखबर


विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) विराटनगरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

प्याब्सनसँग आवद्ध संस्थापक, शिक्षक तथा कर्मचारीहरूको स्वास्थ्य उपचारलाई सहज, गुणस्तरीय र सहुलियतपूर्ण बनाउने उद्देश्यका साथ दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

एक औपचारिक कार्यक्रमका बीच नोबेल अस्पताल निर्देशक डा. अशोक कोइराला र प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार अब प्याब्सन विराटनगरसँग आबद्ध सदस्य, विद्यालयका संस्थापक, शिक्षक तथा कर्मचारीहरूले नोबेल अस्पतालमा उपचार गराउँदा ओपीडी दर्ता तथा चिकित्सक परामर्श सेवा पूर्णरूपमा निःशुल्क प्राप्त गर्नेछन् ।

त्यसैगरी अस्पतालका अन्य स्वास्थ्य सेवामा १५ प्रतिशत र दन्त रोगसम्बन्धी सेवामा २५ प्रतिशत छुट हुनेछ । उक्त सुविधा प्राप्त गर्नका लागि प्याब्सनद्वारा जारी आधिकारिक परिचय पत्र वा सिफारिस पत्र अनिवार्य गरिएको छ ।

कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नोबेलले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै विभिन्न सङ्घसंस्थाहरूसँग सहकार्य गरी विशेष स्वास्थ्य सेवा तथा सहुलियतहरू प्रदान गर्दै आइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!