कोरोनालाई जितेर टेकु अस्पतालबाट डिस्चार्ज भई घर फर्किइन् श्रेष्ठ
काठमाडाैँ । कोरोना भाइरस संक्रमण भई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत प्रसिद्धि श्रेष्ठ निको भएर शनिवार डिस्चार्ज भएकी छन् । २७ दिनको अस्पताल बसाईपछि कोरोनालाई जितेर १९ बर्षीय श्रेष्ठ घर फर्किएकी हुन् ।
चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल फर्किएकी उनी नेपालकी दोस्रो कोरोना संक्रमित हुन् । कोरोना संक्रमण देखिएपछि टेकु अस्पतालमा उनको उपचार भईरहेको थियो । अस्पताल...






















