१० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १ सय २० पुग्यो
काठमाडौं । सोमबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कपिलबस्तुका १० जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कपिलबस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमी नगरपालिका–७ र १० का १० जना पुरुषहरुमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जनाएका छन् ।
यो...




















