प्लास्टिक घरमा बिरुवा उत्पादन
बाबियाचौर (म्याग्दी) । बेनी नगरपालिका–३ राखुका कृषकले सुन्तलाको बिरुवा उत्पादनका लागि आधुनिक प्रविधिको प्रयोग गरेका छन् ।
सुन्तलाको बिरुवा उत्पादन गर्न राखुमा प्लास्टिक घर निर्माण गरेका छन् । प्लास्टिक घरभित्र किरा पस्न नपाउने भएकाले खुल्ला ठाउँको तुलनामा स्वस्थ्य बिरुवा उत्पादन गर्न सकिने कृषक मनकुमारी पुनले बताउनुभयो ।
विद्युतीय उपकरणको सहायताले एकैसाथ सिँचाइ गर्न सकिने व्यवस्था मिलाइएको छ...
