खोटाङमा पाँच एमाले, चार काँग्रेस र एक स्थानीय तहमा माओवादी केन्द्र विजयी
खोटाङ । जिल्लाको दश स्थानीय तहमध्ये नेकपा (एमाले)ले पाँच, नेपाली काँगेस चार र नेकपा (माओवादी केन्द्र)ले एक तहमा विजयी भएका छन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको यो जिल्लामा एमालेले एक नगरपालिका र चार गाउँपालिका, काँग्रेसले एक नगरपालिका र तीन गाउँपालिका तथा माओवादी केन्द्रले एउटा गाउँपालिकामा विजयी भएका हुन् ।
जिल्लाको सबैभन्दा ठूलो तथा सदरमुकाम रहेको रुपाकोट मझुवागढी नगरपालिकामा एमालेले प्...
