प्रतिष्ठानको भवन जीर्ण हुँदा बहुमूल्य कलाकृति सङ्कटमा
काठमाडौ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा भएका बहुमूल्य कलाकृति भवन अभावमा अलपत्र परेका छन् ।
विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले प्रतिष्ठानको भवन जीर्ण भएपछि बहुमूल्य कलाकृतिको अस्तित्व सङ्कटमा परेको हो ।
“नेपालका सङ्ग्रहालयमा समेत नभएका बहुमूल्य कलाकृति हामीसँग छन्, तर भवन अभावमा जोगाउन गाह्रो भयो, अहिले खुल्ला अस्थायी टहरामा सीमित भएकाले कलाकृति संरक्षण गर्न असम्भव जस्तै छ,...
