संगालोखबर


विराटनगर । मोरङ क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशा झा २१ हजार १९ मतान्तरले विजयी भएकी छिन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कुल ३० हजार ४३४ मत प्राप्त गर्दै झा विजयी भएकी हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार फूलकुमार लालबानीले ९ हजार ४१५ मत मात्र प्राप्त गरे ।

यस्तै जनता समाजवादी पार्टीका राजकुमार यादवले ८ हजार ७४७ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार शिवकुमार मण्डलले ८ हजार ६१४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार मनोजकुमार अग्रवालले ६ हजार ९४५ मत पाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!