संगालोखबर


धनकुटा । नेकपा एमाले जिल्ला कमिटी धनकुटाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवार राजेन्द्र राईलाई विजयी गराएकोमा सम्पूर्ण मतदाताहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा धनकुटाबाट एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज राई विजयी भएपछि पार्टीले पत्रकार सम्मेलन गर्दै मतदातालाई धन्यवाद दिएको हो ।

एमाले धनकुटा अध्यक्ष शिव आङ्ला लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘प्रत्यक्षतर्फ राजेन्द्रकुमार राई र समानुपातिकतर्फ ‘सूर्य’ चिह्नमा अत्यधिक मतदान गरी विजयी गराउनुहुने सम्पूर्ण धनकुटेली मतदाताहरूमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछौँ ।’

निर्वाचनलाई व्यवस्थित, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासन, कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक र सञ्चारकर्मीहरूलाई पनि पार्टीले धन्यवाद ज्ञापन गरेको छ । साथै, चुनावी प्रतिस्पर्धामा सहभागी भएका अन्य सम्पूर्ण उम्मेदवार र राजनीतिक दलहरू प्रति समेत पार्टीले सम्मान व्यक्त गरेको छ ।

पार्टीले मतदाताले दिएको यो अभूतपूर्व विश्वास र भरोसालाई सदैव शिरोधार्य गर्ने जनाएको छ । विकास र समृद्धिको धनकुटेली जनताको चाहना पूरा गर्न आगामी दिनमा सम्पूर्ण पक्षहरूसँग सहकार्य गर्दै निरन्तर लागिरहने प्रतिबद्धता समेत एमाले धनकुटाले व्यक्त गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!