संगालोखबर

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनु जरुरी भएको बताएका छन् । पार्टीको दमक नगर कमिटीको दोस्रो नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

ओलीले एमाले बलियो हुनको लागि एकताबद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिए । एमालेलाई आफ्नो लक्षमा पुग्न आन्तरिक एकता आवश्यक रहेको उनको भनाइ छ । पार्टी बलियो हुनका लागि आन्तरिक एकता चाहिने भन्दै ओलीले एमालेको लक्ष मिसन २०८४ भएकोले ध्यान अहिले अन्त कतै नभएको बताए ।

मिसन २०८४ भनेको तीनवटै तहमा एमालेको बहुमतको सरकार भएको उनले प्रष्ट्याए । अर्को प्रसंगमा ओलीले कान्तिपुर मिडिया ग्रुपपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार लेखेको विषयलाई लिएर पक्राउ नगरिएको बताए । त्यस विषयलाई लिएर प्रपोगण्डा मच्चाउन आवश्यक नरहेको उनले उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!