उपनिर्वाचन : मोरङको ग्रामथानमा सुरु भयो मतदान

उपनिर्वाचन : मोरङको ग्रामथानमा सुरु भयो मतदान

विराटनगर । मोरङको ग्रामथानमा मतदान सुरु भएको छ । निर्वाचन आयोगले मतदानका लागि आज बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकेको छ । सहायक निर्वाचन अधिकृत रामराज पौडेलले ग्रामथानमा मतदान सुरु भएको जानकारी दिए । ‘सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको छ’, पौडेलले संगालोखबरसँग भने, ‘मतदाता आउने क्रम जारी छ । सबै केन्द्रमा मतदान सुरु भइसक्यो ।’ ग्रामथानमा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । ग्रामथानमा...
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु

जनकपुर । जनकपुरधाममा आजबाट सीताराम विवाहपञ्चमी महोत्सव सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा महोत्सव मनाउने गरिन्छ । सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन भोलि फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर र मंसिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हु...
मोरङको ग्रामथानसहित देशभरका ४१ स्थानमा आज उपनिर्वाचन

मोरङको ग्रामथानसहित देशभरका ४१ स्थानमा आज उपनिर्वाचन

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षसहित रिक्त रहेका देशभरका ४१ पदमा आज स्थानीय तहको उपनिर्वाचन हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन गर्न लागिएको हो । मतदानका लागि बिहान ७ बजेदेखि अपराह्‍न ५ बजेसम्मको समय तोकिएको छ । मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमा...
पेट्रोल र हवाई इन्धनको भाउ बढ्यो

पेट्रोल र हवाई इन्धनको भाउ बढ्यो

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । आज राति १२ बजेबाट लागू हुनेगरि पेट्रोलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । निगमले देशका विभिन्न क्षेत्रलाई पहिलो, दोस्रो र तेस्रो वर्गमा वर्गीकृत गरेर फरक-फरक मूल्यमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने गरेको छ । जस अनुसार पहिलो बर्गमा रहेको चारआली,...
स्वास्थ्य मन्त्रालय नै बिरामी परेको महसुस गरे : मन्त्री राई

स्वास्थ्य मन्त्रालय नै बिरामी परेको महसुस गरे : मन्त्री राई

विराटनगर । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले स्वास्थ्य मन्त्रालयमा आमूल परिवर्तन ल्याउने बताएका छन् । जनस्वास्थ्य सङ्घ कोशी प्रदेशले मंसिर २३ गते मनाउने जनस्वास्थ्य दिवसको अवसरमा गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आफूले जिम्बेवारी समाल्दै गर्दा स्वास्थ्य मन्त्रालय नै बिरामी परेको महसुस गरेको उल्लेख गरे । उनले भने, ‘मन्त्रालयको अवस्था भद्रगोल छ । म आमूल परिवर्तन ल...
उपनिर्वाचन : आज रातिदेखि ग्रामथानमा सवारी साधन प्रवेशमा रोक

उपनिर्वाचन : आज रातिदेखि ग्रामथानमा सवारी साधन प्रवेशमा रोक

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा आज राति १२ बजेदेखि लागू हुनेगरि सवारी साधन प्रवेशमा रोक लगाइएको छ । भोलि हुने स्थानीय तह उपनिर्वाचनलाई लक्षित गरेर मतदान कार्य सम्पन्न नभएसम्मका लागि सवारी साधन प्रवेशमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गर्दै अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधन बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको जनाएको छ । बुढीगङ्गा गाउँपालिका-७ डंग्र...
एनपिएल क्रिकेट: जनकपुरसँग पराजित भयो विराटनगर किङ्स

एनपिएल क्रिकेट: जनकपुरसँग पराजित भयो विराटनगर किङ्स

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) को उद्‌घाटन खेलमा विराटनगर किङ्स पराजित भएको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जनकपुर वोल्ट्ससँग ८ विकेटले विराटनगर किङ्स पराजित भएको हो । विराटनगरले दिएको १ सय २८ रनको लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा भेट्टायो । जनकपुरका लागि लाहिरु मिलान्थाले अविजित ७५ र हर्ष ठाकरले अविजित २९ रन बनाए । विराटनगरका क्रिस सोल र प्रतिश जिसीले समान एक/एक विकेट लिए । ...
एनपीएल : विराटनगरले जनकपुरलाई दियो १२८ रनको लक्ष्य

एनपीएल : विराटनगरले जनकपुरलाई दियो १२८ रनको लक्ष्य

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले जनकपुर वोल्ट्सलाई १२८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरलाई जनकपुरले १९ ओभरमा अलआउट गरेको हो । जनकपुरका ललित राजबंशीले तीन, किशोर महतो र हर्ष ठाकरले दुईरदुई तथा बेन माइक र मोहम्मद मोसिनले एकरएक विकेट लिए । विराटनगरका मार्टिन गप्टिलले ५५ रन बनाउँदा अकिब लियासले १५ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन...
एनपीएल उद्‌घाटन खेलमा आज विराटनगर किङ्स र जनकपुर वोल्ट्स भिड्दै

एनपीएल उद्‌घाटन खेलमा आज विराटनगर किङ्स र जनकपुर वोल्ट्स भिड्दै

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजबाट काठमाडौंमा सुरु हुँदैछ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुने प्रतियोगिताको उद्‌घाटन खेलमा आज विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन् । नेपाल क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा आठ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । विराटनगर किंग्सको कप्तानी ले...
प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रसाईंलाई प्रहरीले मंसिर ४ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । प्रसाईँले प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै डकुमेन्टसहितको एक भिडियो सार्वजनिक गरेका थिए । उनी फेक डकुमेन्ट सार...
फिफा वरीयतामा नेपालको एक स्थान सुधार

फिफा वरीयतामा नेपालको एक स्थान सुधार

विराटनगर । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयताअनुसार नेपालले एक स्थान सुधार गरेको छ । नेपाल एक स्थान सुधार गर्दै फिफा वरियताको एक सय ७५ औं स्थानमा आइपुगेको छ । यसअघि नेपाल एक सय ७६ औं स्थानमा रहेको थियो । सार्क देशमा नेपालभन्दा माथि भारत १ सय २७ औं, अफगानिस्तान १ सय ५५ औं र माल्दिभ्स १ सय ६२ औं स्थानमा छन् । नेपालभन्दा तल भुटान १ सय ८२ औं, बङ्गलादेश...
रामेछापमा गाडी दुर्घटना, पाँच जनाको मृत्यु

रामेछापमा गाडी दुर्घटना, पाँच जनाको मृत्यु

विराटनगर । रामेछापमा सुमो गाडी दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछाप प्रहरीका अनुसार अन्य तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको खुलेको छ । काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको सुमो केहीबेर अगाडि सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो । घटनाको थप विवरण आ...
घरमा छापा हानेर प्रहरीले बरामद गर्‍यो भन्सार छलीको कपडा

घरमा छापा हानेर प्रहरीले बरामद गर्‍यो भन्सार छलीको कपडा

विराटनगर । विराटनगर-१५ स्थित एक घरबाट प्रहरीले भन्सार छलीको कपडा बरामद गरेको छ । आज बिहान मसुदन खातुनको घरबाट प्रहरीले जोगबनीबाट भन्सार छलेर ल्याएको कपडा बरामद गरेको हो । भन्सार छलेर ल्याएको कपडा लुकाएर राखिएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खातुनलाई समेत नियन्त्रणमा लिएको छ । घरभित्रबाट प्लाष्टिकको बोरामा प्याक गरेर राखिएको अवस्थामा तीन हजार छ सय ६० ज...
कोशीमा स्वास्थ्य मन्त्रालयले खरिद गरेका उपकरण बिग्रिए

कोशीमा स्वास्थ्य मन्त्रालयले खरिद गरेका उपकरण बिग्रिए

विराटनगर । कोशी प्रदेशमा स्वास्थ्य मन्त्रालयले खरिद गरेका उपकरण बिग्रिएका पाइएको छ । भौतिक पूर्वाधारसँगै स्वास्थ्य मन्त्रालयको समेत जिम्बेवार सम्हालिरहेका मन्त्री भूपेन्द्र राईले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै विभिन्न उपकरण बिग्रिएका पाइएको जानकारी गराएका हुन् । जिल्ला अस्पताल झापा, उदयपुर, सोलुखुम्बु, खोटाङ, तेह्रथुम, संखुवासभा, ओखलढुङ्गा, पाँचथर र मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेक...
संखुवासभामा सुतेकै अवस्थामा मजदुर मृत भेटिए 

संखुवासभामा सुतेकै अवस्थामा मजदुर मृत भेटिए 

संखुवासभा । संखुवासभामा एक जना मृत भेटिएका छन् । खाँदबारी नगरपालिका-१ स्थित होटलमा सुतेको अवस्थामा सल्यान घर भएका अन्दाजी ३४ वर्षीय एकराज चलाउने मृत भेटिएका हुन् । संखुवासभा प्रहरीका प्रवक्ता इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार चलाउने हिजो मात्रै खाँदबारी आइपुगेका थिए । उनले संगालोखबरसँग भने, ‘उहाँ सडकमा काम गर्ने मजदुर हुनु हुँदो रहेछ । हिजो मात्रै समूहमा आएर होटलमा बास बस्नुभएको रहेछ । बि...
खनारमा मोटरसाइकल र स्कुटर जुध्दा ससुराको मृत्यु, बुहारीसहित तीन घाइते

खनारमा मोटरसाइकल र स्कुटर जुध्दा ससुराको मृत्यु, बुहारीसहित तीन घाइते

सुनसरी । इटहरी उपमहानगरपालिका-१३ खनारमा मोटरसाइकल र स्कुटर ठोक्किँदा ससुराको मृत्यु भएको छ । बुहारीसहित तीन जना घाइते भएका छन् । खनारस्थित कालीमन्दिर अगाडि उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०२-०५६ प ७५५६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएर बाटो क्रस गर्दै गरेको मे ४ प ८९१ नम्बरको स्कुटर आपसमा ठोक्किएका हुन् । दुर्घटनामा परी स्कुटर चालक स्थानीय ५४ वर्षीय गोपाल रिजालको मृत्यु भएको छ । ...
धनकुटामा राज्यमन्त्री राई सवार गाडी दुर्घटना

धनकुटामा राज्यमन्त्री राई सवार गाडी दुर्घटना

धनकुटा । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री सिर्जना राई सवार गाडी धनकुटाको पाख्रीवास नगरपालिका-५ दियालेमा दुर्घटना भएको छ । भोजपुरबाट विराटनगर जाने क्रममा राज्यमन्त्री राई सवार प्रदेश नम्बर १-०४-००१ झ १००३२ नम्बरको स्कारपियो गाडी आज साँझ करिब ६ः३० बजे दुर्घटना भएको हो । गाडीको अगाडिको भाग सडकको नालीमा खसेको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए ...
धनकुटाको जितपुरमा अनुगमनका क्रममा भेटिए म्याद गुज्रिएका पेय पदार्थ

धनकुटाको जितपुरमा अनुगमनका क्रममा भेटिए म्याद गुज्रिएका पेय पदार्थ

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुरमा बजार अनुगमन गरिएको छ । आज बजार क्षेत्रका किराना तथा खुद्रा पसलको अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र सुरक्षाकर्मीको संयुक्त टोलीले अनुगमनका क्रममा विभिन्न कैफियत भेटाएको छ । किराना तथा खुद्रा पसलबाट म्याद गुज्रेका अखाद्य बस्तु जफत गरिएको धनकुटाका सहायक प्र...
आचारसंहिता विपरितका प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयको आग्रह

आचारसंहिता विपरितका प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयको आग्रह

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि सडकमा राखिएका भड्किला प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयले आग्रह गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ग्रामथानमा आचारसंहिताबारे आयोजना गरेको सर्वदलीय बैठकमा यस्तो आग्रह गरेको हो । मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले आचारसंहिता विपरितका ब्यानरहरू हटाउन आग्रह गरे । उनले निर्वाचनलाई स्वच्छ र मर्याद...
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेको हो । आज सुन तोलामा एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा नौ सय बढेर सुन एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा ३० रुपैयाँ घटेर चाँदी एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा एक हजार आ...
उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि 

उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि 

विराटनगर । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारप्रसारका गतिविधि गर्न पाउँदैनन् । मतदान भन्दा ४८ घन्टा अगाडि मौन अवधि सुरु हुन्छ । ३७ जिल्लाका ४४ स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक नगरपालिकाको प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध...
उर्लाबारीमा आठपहरिया समुदायले मनाए वाडाङमेट 

उर्लाबारीमा आठपहरिया समुदायले मनाए वाडाङमेट 

उर्लाबारी । मोरङको उर्लाबारी-९ मा रहेका अल्पसङ्ख्यक आठपहरिया समुदायले वाडाङमेट अर्थात् मंसिरे चाड मनाएका छन् । किरात आठपहरिया समाज मोरङ जिल्ला कार्यसमितिको आयोजनामा आफ्नो मुख्य पर्व वाडाङमेट मनाएका हुन् । हरेक वर्ष कार्तिक पूर्णिमादेखि १५ दिनसम्म यो पर्व मनाउने गरिन्छ । यस अवधिमा उनीहरू जन्म र मृत्युपछिको विभिन्न संस्कार सम्पन्न गर्छन् । उनीहरू वर्षभर मृत्यु भएका आफन्तको सम्झनामा सुनसरीको बराहक...
विराटनगर किङ्ग्सले एनपीएल जितेमा ३० लाख पुरस्कार दिने मुख्यमन्त्री कार्कीको घोषणा

विराटनगर किङ्ग्सले एनपीएल जितेमा ३० लाख पुरस्कार दिने मुख्यमन्त्री कार्कीको घोषणा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका छन् । खेलाडीलाई बिदाइ गर्दै कार्कीले विजेता बनेको खण्डमा कोशी सरकारले ३० लाख दिने घोषणा गरेका हुन् । मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताए । उनले   क्रिकेटबाट राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय ...
मोटरसाइकल दुर्घटनामा घाइते पाख्रीबासका कटुवालको उपचारका क्रममा मृत्यु

मोटरसाइकल दुर्घटनामा घाइते पाख्रीबासका कटुवालको उपचारका क्रममा मृत्यु

धनकुटा । मोटरसाइकल दुर्घटनामा घाइते भएका धनकुटाको पाख्रीबास नगरपालिका–३ का रिजन कटुवालको मृत्यु भएको छ । विराट टिचिङ अस्पताल विराटनगरमा उपचारका क्रममा १८ वर्षीय कटुवालको आज मृत्यु भएको हो । मंसिर १० गते पाख्रीबास नगरपालिका–९ उत्तरपानीस्थित हिले–छिन्ताङ सडक खण्डमा को ३० प ८८७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कटुवाल घाइते भएका थिए । गम्भीर घाइते उनलाई उपचारका लागि विराटनगर पुर्याइएको थियो । उपचा...
किवीले मूल्य नपाउँदा धनकुटाको महालक्ष्मीका कृषक निराश

किवीले मूल्य नपाउँदा धनकुटाको महालक्ष्मीका कृषक निराश

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा पछिल्लो समय व्यवसायिक किवी खेती हुँदै आएको छ । सुरुवाती चरणमा थोरै क्षेत्रफलबाट सुरु गरिएको खेती उत्पादन राम्रो हुन थालेसँगै विस्तार गरिएको थियो । हाल महालक्ष्मी-२ का करिब ५० घरपरिवारले व्यवसायिक किवी खेती गर्दै आएका छन् । तर उत्पादन अनुसार बजार भाउ नपाउँदा कृषक निराश भएका छन् । दोलखा र इलामबाट बिरुवा ल्याएर खेती सुरु गरेका कृषकले सुरुवाती चरणमा प्रति...
सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । दुई दिनमा १८ हजार पाँच सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा नौ सय बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ४९ हजार छ सय रुपैयाँ कायम भएको छ । हिजो तोलामा दुई हजार छ सय रुपैयाँ घटेर सुन एक लाख ४८ हजार सात सय रुपैयाँ कायम भएको थियो । अस्ति एकै दिन १५ हजार नौ सय रुपैयाँ घटेको सुन तोलामा एक लाख ५१ हजार तीन सय रुपैयाँमा...
उपनिर्वाचन : ग्रामथानको लागि आवश्यक निर्वाचन सामग्री आइपुग्यो

उपनिर्वाचन : ग्रामथानको लागि आवश्यक निर्वाचन सामग्री आइपुग्यो

विराटनगर । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन सामग्री विराटनगर आइपुगेको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि सामाग्री प्रदेश निर्वाचन कार्यालय विराटनगरमा आइपुगेको हो । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार बिहिबार मतपत्र र मतपेटिकालगायतका आवश्यक सामग्री मतदान केन्द्रमा लगिने छ । उपनिर्वाचनका लागि ग्रामथानमा २६ हजार ४४ ...
सामाजिक सुरक्षा कोषले विराट मेडिकल कलेजलाई गर्यो सम्मान

सामाजिक सुरक्षा कोषले विराट मेडिकल कलेजलाई गर्यो सम्मान

विराटनगर । सातौं सामाजिक सुरक्षा दिवसको अवसर पारेर सामाजिक सुरक्षा कोषले आज मोरङको बुढिगंगास्थित विराट मेडिकल कलेज शिक्षण अस्पताललाई सम्मान गरेको छ । स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमध्ये आर्थिक बर्ष २०८०/०८१ मा कोशी प्रदेशबाट सबैभन्दा धेरै बिरामीलाई सामाजिक सुरक्षा कोष अन्तर्गत स्वास्थ्य सेवा उपलब्ध गराएबापत कोषले विराटलाई सम्मान गरेको हो । दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्...
ग्रामथानको अध्यक्षमा कसले मार्ला बाजी ? तीन दलका उम्मेदवारको यस्तो छ दाबी

ग्रामथानको अध्यक्षमा कसले मार्ला बाजी ? तीन दलका उम्मेदवारको यस्तो छ दाबी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । चोकदेखि गल्लीसम्म, घरदेखि खेतीसम्म उम्मेदवार, नेता, कार्यकर्ता र समर्थकको लर्को देखिन्छ । बिहानदेखि बेलुकासम्मै दुई हात जोड्दै, पर्चापम्पलेट बाँड्दै, दलगत चुनावी गीत घन्काउँदै घरदैलो अभियान चलिरहेको छ । काँग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि देशका विभिन्न स्थानसँगै ग्रामथानमा पनि मंसि...
सुनसरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

सुनसरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-१ लौकही बजारबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । भारत बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङको सुन्दरहरैँचा नगरपालिकाका २० वर्षीय  सन्देश उराव पक्राउ परेका हुन् । उनीहरूको साथबाट एक हजार दरको चार थान नक्कली नोट फेला पारिएको प्रहरीले जनाएको छ । १० मंसिरको राति आठ बजेतिर लौकही बजारमा रहेको मनिष किराना पसलमा उनीहरूले सामान किनेका थिए । सो क्रममा उनीहरूले प...
इटहरीबाट ३०९ किलो गाँजा बोकेको स्कारपियो प्रहरी नियन्त्रणमा

इटहरीबाट ३०९ किलो गाँजा बोकेको स्कारपियो प्रहरी नियन्त्रणमा

सुनसरी । इटहरी उपमहानगरपालिका-२० पानीपिया जङ्गल स्थित कोशी लोकमार्गबाट गाँजा बोकेको स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो राति ७ बजेतिर विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तीन सय नौ किलो गाँजासहित स्कारपियो गाडी नियन्त्रणमा लिएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र इटहरीबाट परिचालन भएको प्रहरी टोलीले सडकमा रोकी राखेको को १ च ७६८९ नम्बरको स्कारपि...
error: Content is protected !!