धनकुटा बजारमा दिउँसै लुटियो सुनको सिक्री

धनकुटा बजारमा दिउँसै लुटियो सुनको सिक्री

धनकुटा । धनकुटा बजारबाट दिउँसै सुनको सिक्री लुटिएको छ । धनकुटा नगरपालिका–७ स्थित मदनचोकमा सहिदभूमि–३ की विष्णुमाया राईको साथबाट एक तोला २ आना सुनको सिक्री लुटिएको हो । आज दिउँसो करिब १२ः३० बजे घटना भएको हो । राईलाई बढी रकम दिन्छु भनी प्रलोभनमा पारेर दुई जना युवाहरूले सिक्री लगेर फरार भएको धनकुटाका प्रहरी प्रमुख एसपी सरदकुमार थापा क्षेत्रीले जानकारी दिए । सिक्री लग्ने व्यक्तिहरूको तस्वीर बजारको...
सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री पराजुली

सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री पराजुली

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । पत्रकारिता दिवसको अवसरमा विराटनगरमा आज आयोजित पत्रकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले प्रदेशको सञ्चार क्षेत्र विकासमा सरकारले  सहयोग गर्ने बताएका हुन् । अब बन्ने सञ्चार प्रतिष्ठानले पत्रकारिता र सञ्चार क्षेत्रलाई अघि बढाउन थप सघा...
कोशी प्रदेश सरकारले निजी मिडियालाई विज्ञापनमा विभेद गर्दैन : मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारले निजी मिडियालाई विज्ञापनमा विभेद गर्दैन : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सञ्चारमाध्यमलाई अंकुश लगाउने कुनै पनि काम नगर्ने बताएका छन् । पत्रकारिता दिवसको अवसरमा विराटनगरमा आज आयोजित पत्रकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले निजी र सरकारी भनेर कुनै पनि सञ्चार माध्यमलाई विभेद नगर्ने बताएका हुन् । मुख्यमन्त्री कार्कीले प्रदेश र संघीय सरकार कुनैले पनि निजी र सरकारी भनेर विभेद गर्नु नेपालको ...
कोशी प्रदेश सरकारले आठ पत्रकारलाई गर्यो पुरस्कृत

कोशी प्रदेश सरकारले आठ पत्रकारलाई गर्यो पुरस्कृत

विराटनगर । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज कोशी प्रदेश सरकारले ८ जना पत्रकारलाई पुरस्कृत गरेको छ । पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रदेश सरकारले पत्रकारहरूलाई पुरस्कृत गरेको हो ।  आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यक्रम आयोजना गरेर अग्रज पत्रकारहरू सिद्धराज राई (धनकुटा), विवेक गौतम (मोरङ), शेखर रेग्मी (मोरङ), सन्तोष रुचाल (धनकुटा), रेजिना गौतम (ताप्लेजुङ), मनोज श...
रिल बनाउने चक्करमा ७० हजारको औँठी हराएपछि…

रिल बनाउने चक्करमा ७० हजारको औँठी हराएपछि…

पन्जाब । आजभोलि इन्स्टाग्राममा रिल बनाउनु युवापुस्ताका लागि सोख मात्र नभएर एउटा यस्तो ‘नशा’ बनेको छ, जसका लागि मानिसहरू जुनसुकै हद पार गर्न तयार हुन्छन् । भ्युज र लाइकको दौडमा कहिलेकाहीँ यस्तो दुर्घटना हुन्छ, जसले जीवनभर पछुतो दिने गर्छ । भारतको पन्जाबमा हालै यस्तै एउटा ‘महँगो’ रिल काण्ड सार्वजनिक भएको छ । अप्रिल ११ मा महाराजा यादवेन्द्र सिंह स्टेडियममा सनराइजर्स हैदरावाद र पन्जाब किंग्सबिच रोम...
बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

सुर्खेत । जुम्लाको पातारासी गाउँपालिका-५ का वडाध्यक्ष दत्तबहादुर बुढा बलात्कार आरोपमा पक्राउ परेका छन् । २८ वर्षीया महिलाले दिएको जाहेरीको आधारमा वडाध्यक्ष बुढालाई प्रहरीले बुधबार पक्राउ गरेको हो । घटनासम्बन्धी थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । पीडित महिलाले दत्तबहादुरले पटक-पटक धम्क्याउँदै आफूलाई बलात्कार गरेको जाहेरी दिएकी थि...
धनकुटाको हिलेमा वाहिनीपति ट्रफी प्रतियोगिता सुरु

धनकुटाको हिलेमा वाहिनीपति ट्रफी प्रतियोगिता सुरु

धनकुटा । धनकुटाको हिलेस्थित २ नम्बर वाहिनी अड्डामा वाहिनीपति ट्रफी सुरु भएको छ । २ नम्बर वाहिनी अड्डाको आयोजनामा महेन्द्र सैनिक शिविरको खेल मैदानमा बुधबारबाट वाहिनीपति ट्रफी सुरु भएको हो । वाहिनीपति ट्रफी प्रतियोगिताको उद्‌घाटन २ नम्बर वाहिनी अड्डाका वाहिनीपति सहायक रथी दिवाकर विक्रम राणाले गरे । उद्‌घाटन समारोहमा बोल्दै वाहिनीपति राणाले सकलदर्जाको सामूहिक भावना, एस्प्रिट डी कोरको विकास, पृतनाप...
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार छ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा एक सय रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार एक सय ५५ रुपैयाँमा कारोबा...
सुनसरीमा खाल्डोमा डुबेर दुई बालकको मृत्यु

सुनसरीमा खाल्डोमा डुबेर दुई बालकको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-६ मा खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । बुधबार सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा ढेडिगाउँका ६ वर्षीय प्रनिक चौधरी र ९ वर्षीय विकास चौधरी छन् । प्रहरीका अनुसार खोला किनारमा खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा दुवै जना डुबेका थिए । उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुस...
विराटनगरमा जारी नेपाल हव पुरुष क्रिकेट प्रतियोगिता वर्षाका कारण रद्द

विराटनगरमा जारी नेपाल हव पुरुष क्रिकेट प्रतियोगिता वर्षाका कारण रद्द

विराटनगर । दोस्रो संस्करणको नेपाल हव पुरुष टी-२० पुरुष क्रिकेट प्रतियोगिता वर्षाका कारण रद्द भएको छ । विराटनगरको मेरिलिवन ज्वाला क्रिकेट मैदानमा जारी खेल वर्षाका कारण रद्द गरिएको हो । नेपाल क्रिकेट फाउण्डेसन र कोशी प्रदेश क्रिकेट संघको आयोजनामा भइरहेको खेल आज बिहान भारी वर्षा भएर मैदानमा पानी जमेपछि रद्द गरिएको फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए । आजको पहिलो खेल विराटनगर हव र सिर...
डोजर आतंक बन्द गर्न माग गर्दै बिर्तामोडका सुकुम्बासी सडकमा

डोजर आतंक बन्द गर्न माग गर्दै बिर्तामोडका सुकुम्बासी सडकमा

झापा । डोजर आतंक बन्द गर्न माग गर्दै झापाको बिर्तामोडका सुकुम्बासी सडकमा उत्रिएका छन् । उनीहरू बसोबास गरेकै ठाउँको धनीपुर्जा पाउनुपर्ने माग गर्दै आजबाट आन्दोलनमा उत्रिएका हुन् । वर्षौँदेखि बसोबास गरेको ठाउँबाट हटाउन नपाइने बताउँदै उनीहरूले धनीपुर्जाको व्यवस्था गर्न माग गरेका हुन् । देशभर डोजर आतंक सुरु गरिएको बताउँदै आन्दोलित सुकुम्बासीहरूले नागरिक आवासको हकमाथि खेलवाड नगर्न चेतावनी दिएका छन् ।...
विराटनगर जुटमिलको अनियमितता छानविन गर्न प्रधानमन्त्रीलाई आग्रह

विराटनगर जुटमिलको अनियमितता छानविन गर्न प्रधानमन्त्रीलाई आग्रह

विराटनगर । नेपालको पहिलो र ऐतिहासिक उद्योग विराटनगर जुटमिलमा अनियमितता र भ्रष्टाचार भएको भन्दै स्थानीय मजदुर तथा कर्मचारीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनीहरूले मिलको वर्तमान अवस्था र विगतका आर्थिक कारोबारबारे उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका हुन् । जुटमिलका मजदुरहरूले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै अनियमितताको छानबिन गर्नुपर्न...
सुनचाँदी पसलमा दिउँसै पेस्तोल देखाएर लुटपाटको प्रयास, ३ युवक पक्राउ

सुनचाँदी पसलमा दिउँसै पेस्तोल देखाएर लुटपाटको प्रयास, ३ युवक पक्राउ

काठमाडौं । काठमाडौंको इन्द्रचोक, भेडासिंहमा रहेको एक सुनचाँदी पसलमा पेस्तोल देखाउँदै लुटपाटको प्रयास गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-६ घर भएका २९ वर्षीय हरिकृष्ण महर्जन, सोही ठाउँका बिकेश राजवाहक र अरुण भुजेल छन् । वैशाख १७ गते दिउँसै पेस्तोल देखाउँदै लुटपाटको प्रयास भएपछि नैना एन्ड ईशान ज्वेलरीकी सञ्चालक बबिता रौनियारले प्रतिकार गरेकी थिइन्...
सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलामा ?

सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार आठ सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार आठ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा एक सय ७५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार ५५ रुपैयाँ कायम भएको छ ।...
बिर्तामोड युनाइटेडले हात पार्यो रारा गोल्डकपको उपाधि

बिर्तामोड युनाइटेडले हात पार्यो रारा गोल्डकपको उपाधि

धनकुटा । धनकुटाको राजारानीमा सम्पन्न १३ औं रारा गोल्डकपको उपाधि बिर्तामोड युनाइटेड एफसी (झापा) ले हात पारेको छ । आज भएको फाइनल खेलमा आयोजक रारा फुटबल क्लब (राजारानी) लाई ट्राइब्रेकरका ५-४ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरका धकेलिएको थियो । दास्रो हाफको ३३ औं मिनेटमा आयोजक राराका मनिकुमार लामाले पेनाल्टीमार्फत गोल गरेका थिए ।...
धनकुटामा वृद्धलाई फलामको पाइप प्रहार गर्ने दुई जना पक्राउ

धनकुटामा वृद्धलाई फलामको पाइप प्रहार गर्ने दुई जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ का एक वृद्धलाई फलामको पाइप प्रहार गरी गम्भीर घाइते बनाउने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ डडेनीस्थित तमोर कोरिडोर सडक खण्डमा स्थानीय ६१ वर्षीय गुर्जासिंह राईमाथि आक्रमण भएको थियो । सामान्य विवादका क्रममा सोही गाउँपालिका वडा नम्बर ८ का १९ वर्षीय समिर मुदेल र २१ वर्षीय दल बहादुर मुदेलले फलामको पाइपले राईको टाउकोमा प्रहार गरेका थिए । आक्...
धनकुटाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-१ हिलेका ३५ वर्षीय बसन्त मोक्तन र ४० वर्षीय सुवास कुमार राई छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट नौ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । उनीहरूविरुद्ध आज जिल्ला अदालतबाट लागूऔषध मुद्दामा सात दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
इलाममा धारिलो हतियार प्रहार गरेर गर्भवती गाईको हत्या

इलाममा धारिलो हतियार प्रहार गरेर गर्भवती गाईको हत्या

विराटनगर । इलामको सूर्याेदय नगरपालिका-१ गोर्खे बजारमा गर्भवती गाईको हत्या भएको छ  । स्थानीय दीपेश मोदी र उनकी पत्नी सुशीला अधिकारीले पालेको गाईको गोठमा हत्या भएको हो । आइतबार बिहान गाई दुहुन गोठमा पुगेका दीपेशले गाईको हत्या भएको देखेपछि स्थानीयलाई खबर गरेका थिए । सो घटनाले सबैलाई स्तब्ध बनाएको छ । गोठमा ४ वटा गाई भए पनि अन्य ३ गाई र २ बाछाबाछीलाई छोडेर एक माउ गाईको हत्या भएको बताइएको छ । मोदीक...
ओभरटेक गर्ने क्रममा ३ जना सवार मोटरसाइकल ट्रकमा ठोक्कियो, धनकुटाका अनिषको मृत्यु

ओभरटेक गर्ने क्रममा ३ जना सवार मोटरसाइकल ट्रकमा ठोक्कियो, धनकुटाका अनिषको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-७ स्थित सलकपुरमा ट्रकसँग तीन जना सवार मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक धनकुटाको छथर जोरपाटी गाउँपालिका-१ का २० वर्षीय अनिष बुढाथोकीको मृत्यु भएको हो । टाउकोमा चोट लागेका उनलाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले १२ः१० बजे मृत घोषणा गरेका थिए । यस्तै ...
सरकारलाई हर्क साम्पाङको खुला पत्र– लुकेर, भागेर समस्या समाधान हुन्छ ?

सरकारलाई हर्क साम्पाङको खुला पत्र– लुकेर, भागेर समस्या समाधान हुन्छ ?

विराटनगर । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै खुला पत्र लेखेका छन् । सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै बारम्बार प्रश्न गरिरहेका साम्पाङले खुला पत्र मार्फत विभिन्न प्रश्न गरेका छन् । साम्पाङले पत्रमा संसद छलेर चल्ने सरकार ज्यू भन्दै सम्बोधन गरेका छन् । उक्त पत्रमा सीमा सुरक्षा, सुकुम्बासी समस्या र देशको अर्थतन्त्रका वि...
अनलाइन ठगीको आरोपमा धनकुटाका दीपकसहित ४ जना पक्राउ

अनलाइन ठगीको आरोपमा धनकुटाका दीपकसहित ४ जना पक्राउ

काठमाडौं । साइबर ब्युरोको नाम दुरुपयोग गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा धनकुटाको साँगुरीगढी गाउँपालिका-३ का ३० वर्षीय दीपक लिम्बु, सुनसरीको धरान-९ का २१ वर्षीय  सौरव भुजेल, धरान–१३ का २८ वर्षीय सजल राई र इनरूवा नगरपालिका-६ का २४ वर्षीय सृजन थापा छन् । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीको नाम दुरुपयोग गरी फोन गरे...
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार आठ सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा एक सय ५० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार आठ सय ८० रुपैयाँमा कारोबार ...
डोजर आतंक बन्द गर भन्दै मोरङका सुकुम्बासीहरू आन्दोलित

डोजर आतंक बन्द गर भन्दै मोरङका सुकुम्बासीहरू आन्दोलित

विराटनगर । मोरङका विभिन्न स्थानमा बसोबास गर्दै आएका सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीहरू संगठित रूपमा आन्दोलनमा उत्रिएका छन् । सुन्दरहरैँचा, लेटाङ र पथरीशनिश्चरे लगायतका स्थानमा हिजो र आज छुट्टाछुट्टै प्रदर्शन भएका छन् । आन्दोलनले सुकुम्बासीमा बढ्दो असन्तोष र त्रासलाई सतहमा ल्याएको छ । डोजर प्रयोग गरेर बस्ती हटाइने सम्भावित सरकारी कदम, काठमाडौंमा हालै गरिएको बलपूर्वक हटाउने अभ्यास र स्था...
विराटनगरमा दोस्रो संस्करणको नेपाल हव पुरुष क्रिकेट प्रतियोगिता सुरु

विराटनगरमा दोस्रो संस्करणको नेपाल हव पुरुष क्रिकेट प्रतियोगिता सुरु

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा दोस्रो संस्करणको नेपाल हव पुरुष टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । मेरिलेवन ज्वाला क्रिकेट मैदानमा आज दुई वटा खेल भएका छन् । उद्घाटन खेलमा विराटनगर हव र सिरहा हव विजयी भएका छन् । पहिलो खेलमा विराटनगर हवले राजविराज हवलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेकोे राजविराजले निर्धारित १५ ओभरको खेलमा १४ दशमलव २ बलमा सवै विकेट गु...
उच्च अदालत विराटनगरको जग्गा अतिक्रमण, खाली गराइदिन पत्राचार

उच्च अदालत विराटनगरको जग्गा अतिक्रमण, खाली गराइदिन पत्राचार

विराटनगर । उच्च अदालत विराटनगरको नाममा रहेको जग्गा अतिक्रमणमा परेको तथ्य सार्वजनिक भएको छ । उच्च अदालत विराटनगरले जग्गा खाली गराई भोगचलन गर्ने वातावरण मिलाइदिन विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेपछि उक्त तथ्य बाहिरिएको हो । अदालतको नाममा स्रेस्ता कायम रहेको १ बिघा भन्दा बढी जग्गामा केही व्यक्तिहरूले घरटहरा बनाएर कब्जा जमाएको अदालतले जनाउको छ । उच्च अदालत प्रशासन शाख...
भोजपुरको आमचोकबाट ६२२ किलो गाँजा बरामद

भोजपुरको आमचोकबाट ६२२ किलो गाँजा बरामद

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका-८ बाट ६ सय २२ किलो ३ सय ग्राम गाँजा बरामद भएको छ । गाँजा ओसार-पसार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आइतबार बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय राम बहादुर श्रेष्ठको जग्गामा रहेको टहरोमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार ३८ वटा प्लास्टिकको बोरामा लुकाएर राखेको अवस्थाम...
मोरङमा औद्योगिक जनशक्तिका लागि मानव संसाधन सम्मेलनको दोश्रो संस्करण हुँदै

मोरङमा औद्योगिक जनशक्तिका लागि मानव संसाधन सम्मेलनको दोश्रो संस्करण हुँदै

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा नेपाल मानव संसाधन सम्मेलनको दोस्रो संस्करण वैशाख २५ र २६ गते विराटचोकमा हुने भएको छ । नेपालमा बढ्दो मानव संसाधन चुनौतीलाई सम्बोधन गर्दै औद्योगिक विकासका लागि सक्षम जनशक्ति निर्माण गर्ने उद्देश्यसहित सम्मेलन गर्न लागिएको हो । नेपालको औद्योगिक क्षेत्र हाल दक्ष जनशक्तिको अभाव, उच्च दरको वैदेशिक पलायन, सीपको असन्तुलन, कर्मचारी स्थायित्वको कमी, प्रविधिको तीव्र...
विराटनगर जुट मिल्सका ४६ कर्मचारी मर्कामा, १० वर्षदेखिको पारिश्रमिक पाउन बाँकी

विराटनगर जुट मिल्सका ४६ कर्मचारी मर्कामा, १० वर्षदेखिको पारिश्रमिक पाउन बाँकी

विराटनगर । विराटनगर जुट मिल्सका ४६ जना श्रमिक तथा कर्मचारीले १० वर्षदेखि  पारिश्रमिक नपाएको भन्दै ज्ञापन पत्र बुझाएका छन् । उनीहरूले पारिश्रमिक भुक्तानी पाउनुपर्ने मागसहित मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालामार्फत आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले २०७३ जेठ १ गतेदेखि २०७७ मंसिरसम्मको लेखा परीक्षण भएको तीन करोड दुई लाख ९३ हजार ९२३ रुपैयाँ २२ ...
मोरङको रतुवामाईमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

मोरङको रतुवामाईमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-३ स्थित हुलाकी सडकखण्डको रतुवा पुलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टर चालक झापाको गौरीगञ्ज गाउँपालिका-५ का अन्दाजी ४२ वर्षीय दिलिप महतोको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार आज बिहान करिब ९ बजे को १ त १५०९ नम्बरको ट्याक्टर...
सुकुम्बासी प्रभावित क्षेत्रका बिरामीलाई डा.शर्माले मिलाइदिए निःशुल्क उपचारको व्यवस्था

सुकुम्बासी प्रभावित क्षेत्रका बिरामीलाई डा.शर्माले मिलाइदिए निःशुल्क उपचारको व्यवस्था

काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिल शर्माले सञ्चालन गरेको भक्तपुरको दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेजको युनिट-२ अस्पतालमा सुकुम्बासी प्रभावित क्षेत्रका बिरामीहरूलाई निःशुल्क उपचार गरिने भएको छ । अस्पतालले आज प्रेस विज्ञप्ति जारी गरेर सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित भएका बिरामीहरूलाई निःशुल्क उपचार गरिने जानकारी दिएको हो । सरकारले काठमाडौँ उपत्यकाका नदी किनार तथा दे...
बालेनको डोजर र रविको आश्वासनमाथि हर्कको प्रश्न 

बालेनको डोजर र रविको आश्वासनमाथि हर्कको प्रश्न 

विराटनगर । अव्यवस्थित बसोबास, सुकुम्बासी समस्या र सार्वजनिक जग्गा अतिक्रमण हटाउने सरकारी अभियान यतिबेला राजनीतिक द्वन्द्वको केन्द्र बनेको छ । बालेन्द्र शाह नेतृत्वको सरकारले ‘डोजर’ चलाएर अनधिकृत संरचना भत्काइरहेको छ भने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मानवीय दृष्टिकोण र ‘शक्तिशाली प्राधिकरण’ को वकालत गर्न थालेका छन् । रास्वपाका सांसदहरूको घर नै लालपुर्...
error: Content is protected !!