प्रदेश १ मा एकैदिन १ हजार ९ सयको कोरोना परीक्षण
विराटनगर । प्रदेश १ मा बुधबार एकैदिन १ हजार ९ सय जनाको कोरोना परीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कमा अनुसार १ हजार ८ सय ७८ जनाको कोरोना परीक्षण भएको छ ।
परीक्षण गरिएका मध्ये ४८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । प्रदेश १ का मात्रै ५८ हजार २ सय ९४ जना नागरिकको कोरोना परीक्षण भइसकेको छ । प्रदेश १ मा रहेका प्रयोगशालाबाट हालसम्म ६५ हजार ९० जनाको क...






























