वन डढेलो रोकथामका लागि धनकुटामा सरोकारवालाबीच छलफल

वन डढेलो रोकथामका लागि धनकुटामा सरोकारवालाबीच छलफल

धनकुटा । वन डढेलो रोकथाम, नियन्त्रण तथा प्रज्वलनशील पदार्थ व्यवस्थापनका लागि धनकुटामा सरोकारवालाहरूबीच छलफल भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला शाखा धनकुटाको सहयोग तथा जिल्ला डिभिजन वन कार्यालय धनकुटाको आयोजना कार्यक्रम भएको हो । कोशी प्रदेश सांसद निरन राईले वन डढेलोका कारण वर्षेनी विभिन्न प्राकृतिक घटना भोग्दै आउनुपरेको उल्लेख गरे । उनले आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन सु...
रास्वपाले ५७ समानुपातिक सांसदको नाम टुङ्गो लगायो

रास्वपाले ५७ समानुपातिक सांसदको नाम टुङ्गो लगायो

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभामा जाने ५७ जनाको नाम टुङ्गो टुंगो लगाएको छ । आज बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले ४८ महिला र ९ पुरुष गरी ५७ जनाको नाम टुङ्गो लगाएको छ । खसआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट ८, थारूबाट ४ र मुस्लिम समुदायबाट ३ जना चयन गरिएको छ । आयोगले सूची रुजु र प्रमाणित गरेपछि मात्रै उम्मेदवारह...
श्रम संस्कृति पार्टीले टुङ्गो लगायो ४ समानुपातिक सांसदको नाम

श्रम संस्कृति पार्टीले टुङ्गो लगायो ४ समानुपातिक सांसदको नाम

सुनसरी । श्रम संस्कृति पार्टीले ४ जना समानुपातिक सांसदको टुंगो लगाएको छ । आज धरानमा बसेको बैठकले नाम तय गरेर निर्वाचन आयोगलाई सिफारिस गरेको हो । पार्टीले समानुपातिकमा आदिवासी जनजाति क्लस्टरबाट सुनसरीका पूर्ण लिम्बू (पुरुष), मधेशीबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्यबाट सुनसरीकी अम्बिकादेवी संग्रौला र दलितबाट सुर्खेतकी राधिका रम्तेल (सार्की) को नाम टुंगो लगाएको छ । पार्टीको विधान, योग्यता तथा क्...
फागुनमा १८ हजार बढीले पाथीभराको दर्शन गर्दा ३१ लाख भेटी संकलन

फागुनमा १८ हजार बढीले पाथीभराको दर्शन गर्दा ३१ लाख भेटी संकलन

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरमा फागुन महिनामा साढे १८ हजारभन्दा बढी तीर्थालुले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार फागुनमा १८ हजार ६ सय ५२ जना तीर्थालुले मन्दिरको दर्शन गरेका हुन् । फागुनमा कुल ३१ लाख १० हजार रुपैयाँ भेटी संकलन भएको समितिले जनाएको छ । हिउँद सकिएर मौसममा सुधार आएसँगै पाथीभरा दर्शनका लागि जाने तीर्थालुहरूको संख्या बढ्न थालेको छ । संकलित भेटी रकम पाथ...
माओवादी धनकुटा इन्चार्ज कोइरालाले दिए पदबाट राजीनामा

माओवादी धनकुटा इन्चार्ज कोइरालाले दिए पदबाट राजीनामा

धनकुटा । नेकपा (माओवादी) का धनकुटा इन्चार्ज तथा संखुवासभा जिल्लाका कार्यवाहक इन्चार्ज पुष्पबहादुर कोइरालाले पदबाट राजिनामा दिएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता कोइरालाले पदबाट राजीनामा दिएका हुन् । कोइरालाले पार्टीको किराँत लिम्बुवान प्रदेश समितिलाई सम्बोधन गर्दै आफ्नो जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका छन् । २०८२ फागुन ३० गतेदेखि लागुहुनेगरि ...
विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका-१४ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा विराटनगर-१८ का ३० वर्षीय अजय मण्डलको मृत्यु भएको हो । शनिबार राति करिब पौने १० बजे मण्डलले चलाएको भारतीय नम्बरको मोटरसाइकल अनियन्त्रित भएर को २ स १६२ नम्बरको कवाडी बोक्ने ईभी लोडरमा ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । थप...
तीन दिनदेखि भेडेटार-राजारानी-रविराँके सडक अवरुद्ध

तीन दिनदेखि भेडेटार-राजारानी-रविराँके सडक अवरुद्ध

धनकुटा । सुख्खा पहिरोका कारण भेडेटार-राजारानी-रविराँके सडकखण्ड तीन दिनदेखि अवरुद्ध भएको छ । साँगुरीगढी गाउँपालिका-६ स्थित नाम्जेमा माथिबाट झरेको सुख्खा पहिरोका कारण सडक सञ्चालनमा आउन नसकेको हो । शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झर्न थालेपछी सडक पूर्णरूपमा अवरुद्ध भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । जेसीवीको सहायताले सडक खुलाउने काम भइरहे पनि निरन्तर पहिरो...
धनकुटाको मूलघाटमा २ सय जनाको निःशुल्क आँखा परीक्षण

धनकुटाको मूलघाटमा २ सय जनाको निःशुल्क आँखा परीक्षण

धनकुटा । धनकुटा नगरपालिका-९ स्थित मूलघाटमा करिब २ सय जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्र ज्योति संघद्वारा संचालित डा. रामप्रसाद आँखा अस्पताल धनकुटाले आयोजना गरेको एक दिने शिविरमा २ सयले निःशुल्क सेवा पाएका हुन् । मूलघाटमा रहेको कौशिला आधारभूत विद्यालयका १ सय १५ जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएकोमा ११ जनालाई निःशुल्क चस्मा वितरण गरिने नेपाल नेत्र ज्योति संघका केन्द्रिय प्रवक्...
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, आज कति पुग्यो तोलामा ?

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, आज कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार चार सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला तीन लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला दुई सय २५ रुपैयाँ घटेर पाँच हजार दुई सय ७० रुपैया...
सुनसरीबाट प्रतिबन्धित औषधिसहित फार्मेसी सञ्चालिका पक्राउ

सुनसरीबाट प्रतिबन्धित औषधिसहित फार्मेसी सञ्चालिका पक्राउ

विराटनगर । सुनसरीको गढी गाउँपालिका-२ औरावनीबाट प्रहरीले प्रतिबन्धित औषधिसहित फार्मेसी सञ्चालिकालाई पक्राउ गरेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका-८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी ३२ वर्षीया मोनिका चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनले ‘शिवमहिमा मेडिकल हल’ सञ्चालन गर्दै आएकी थिइन् । उक्त फार्मेसीबाट प्रतिबन्धित औषधि बिक्रीवितरण भइरहेको गोप्य सूचना प्रहरीले पाएको थियो । सोही आधारम...
ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन मानव अधिकार आयोगको निर्देशन

ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बजारमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । आज विज्ञप्ति जारी गर्दै आयोगले मध्यपूर्वमा उत्पन्न परिस्थितिका कारण सिर्जना भएको त्रास र बजारमा देखिएको कृत्रिम अभावप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग र नेपाल खाद्य व्यवस्था कम्पनीलगायतका निकायहरूको अनुगमन गर्दा प...
विराटनगरबाट गाँजासहित दुई जना पक्राउ

विराटनगरबाट गाँजासहित दुई जना पक्राउ

विराटनगर । विराटनगर-३ बाट गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अररियाका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्णकुमार सिंह छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका उनीहरूलाई आज दिउँसो १ बजे पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा उनीहरूले बोकेको झोलामा ११ किलो गाँजा फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी लीलाराज लामि...
धनकुटाको महालक्ष्मीका कार्यालय र चमेनागृहमा मद्यपान तथा धूम्रपान निषेध

धनकुटाको महालक्ष्मीका कार्यालय र चमेनागृहमा मद्यपान तथा धूम्रपान निषेध

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सरकारी कार्यालय र कार्यालयमा सञ्चालित चमेनागृहमा मद्यपान तथा धूम्रपान पूर्ण रोक लगाएको छ । नगर कार्यपालिकाको २०८२ फागुन ११ गतेको निर्णयअनुसार कार्यान्वयनका लागि नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयाश भट्टराईद्वारा जारी सूचना अनुसार नगरपालिकाको मुख्य कार्यालय, कार्यपालिकाको कार्यालय, सबै वडा कार्य...
आइतबारसम्म वर्षा र हिमपातको सम्भावना 

आइतबारसम्म वर्षा र हिमपातको सम्भावना 

विराटनगर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्म देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले सार्वजनिक गरेको तीन दिने मौसमी बुलेटिनअनुसार आज देशको मध्य र पूर्वी क्षेत्रमा मौसमको बढी प्रभाव पर्ने देखिएको छ । आज कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ । त्यसैगरी मधेश,...
शेखर कोइरालाको चुनावी खर्च २२ लाख ३१ हजार

शेखर कोइरालाको चुनावी खर्च २२ लाख ३१ हजार

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ-६ बाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले चुनावी खर्च विवरण बुझाएका छन् । निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार कोइरालाले निर्वाचनमा २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च गरेका छन् । उनले प्रचार-प्रसार सामग्री छपाइमा १६ लाख ४६ हजार ६०९ रुपैयाँ १९ पैसा खर्च भएको विवरण बुझाएका छन् । यस्तै स्टेसनरी खर्च १ लाख ४ हजार ५ सय, प्...
राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुने सम्भावना

राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुने सम्भावना

काठमाडौं । राहदानी विभागले राहदानी छपाइ र वितरणका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी आधुनिक प्रणाली कार्यान्वयनमा ल्याउने अन्तिम तयारी गरेको छ । विभागले राहदानी प्रणाली र पुस्तिका लगायतका आवश्यक पूर्वाधार तयार पारिसकेको जानकारी दिँदै आगामी एकदेखि दुई महिनाभित्र हालको प्रणालीलाई नयाँमा स्थानान्तरण गर्ने योजना बनाएको हो । पुरानो प्रणालीबाट नयाँमा ‘स्विच’ हुने अन्तरिम अवधिमा राहदानी सेवा केही ...
सुनको मूल्य २८ सय रुपैयाँ घट्यो, आज कति पुग्यो तोलामा ?

सुनको मूल्य २८ सय रुपैयाँ घट्यो, आज कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार दुई सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ घटेर पाँच हजार चार सय ९५ रुपैयाँ कायम भएको छ ।...
झापामा हावाहुरीले ढालेको रुखले लाग्दा घरभित्र सुतिरहेकी किशोरीको मृत्यु

झापामा हावाहुरीले ढालेको रुखले लाग्दा घरभित्र सुतिरहेकी किशोरीको मृत्यु

झापा । झापाको हल्दीबारी गाउँपालिका-२ मा वर्षासहित आएको हावाहुरीका कारण ढलेको रुखले किच्दा घरभित्र सुतिरहेकी किशोरीको मृत्यु भएको छ । बिहीबार राति हावाहुरीले लडाएको रुखले किच्दा १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार राति ९ बजेतिर घरनजिकै रहेको आँपको रूख वर्षा र हावाहुरीले ढलेर उनलाई किचेको थियो । रुखले किच्दा उनको घटनास्थलमै मृत्यु...
साँगुरीगढीकी उपाध्यक्ष राईलाई एमालेले गर्याे कारवाही

साँगुरीगढीकी उपाध्यक्ष राईलाई एमालेले गर्याे कारवाही

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्तरघात गरेको भन्दै नेकपा एमालेले धनकुटाको साँगुरीगढी गाउँपालिकाका उपाध्यक्ष मुना राईलाई पार्टीबाट निष्कासन गरेको छ । एमाले जिल्ला अध्यक्ष शिव आङ्लाको अध्यक्षतामा बसेको जिल्ला कमिटीको विस्तारित बैठकले जिल्ला कमिटी सदस्यसमेत रहेकी राईलाई कारवाही गर्ने निर्णय गरेको हो । चुनावमा पार्टीलाई असहयोग गरेर अन्तरघात गरेको ठहर गर्दै राईलाई साधारण सदस्यसमेत नरहनेगर...
धनकुटाको साँगुरीगढी-३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको निधन

धनकुटाको साँगुरीगढी-३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको निधन

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित रहेको ५५ वर्षीय लिम्बूको भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको हो । नेपाली काँग्रेसबाट निर्वाचित लिम्बू केही महिनादेखि क्यान्सर उपचारका लागि भारतमा रहेका थिए । लामो समयदेखि उपचाररत रहेका उनले वडा सदस्य केशर लिम्बूलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएका थिए । गाउँपालिका...
४४ लाख जरिबाना र ५ वर्ष कैद तोकिएका फरार प्रतिवादी मोरङबाट पक्राउ

४४ लाख जरिबाना र ५ वर्ष कैद तोकिएका फरार प्रतिवादी मोरङबाट पक्राउ

विराटनगर । मोरङ प्रहरीले बैंकिङ कसुर र चोरी मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-५ का ४० वर्षीय साजाहक मियाँ छन् । बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत मोरङले २०८० चैत ७ गते उनलाई ५ वर्ष कैद र ४४ लाख ६२ हजार ४ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनलाई इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले आज गाउँबाटै पक्राउ गरेको हो । त्यस्तै चोरी मुद्दामा ४ दि...
विराटनगरमा साथीले कैँची प्रहार गर्दा एक युवक गम्भीर घाइते

विराटनगरमा साथीले कैँची प्रहार गर्दा एक युवक गम्भीर घाइते

विराटनगर । विराटनगरको भानुटोलमा आज साँझ सामान्य विवाद हुँदा एक युवकमाथि कैँची प्रहार भएको छ । कैँची प्रहारबाट सुनसरीको दुहवीका २१ वर्षीय रञ्जित पासवान गम्भीर घाइते भएका छन् । विराटनगर-१२ का २० वर्षीय विवेक सिंहले पासवानको छातीमा कैँची प्रहार गरेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार उनीहरूबीच एकाएक झगडा सुरु भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा दुवै जना लागूऔषध प्रयोगकर्ता रहेको...
धनकुटाबाट निर्वाचित सांसद राईले बुझाए चुनावी खर्च विवरण

धनकुटाबाट निर्वाचित सांसद राईले बुझाए चुनावी खर्च विवरण

धनकुटा । धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र कुमार राईले आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । उनले आज जिल्ला निर्वाचन कार्यालय धनकुटामा चुनावी खर्च विवरण बुझाएका हुन् । उनले चुनावमा २६ लाख ९५ हजार खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । उम्मेदवारी मनोनयन शुल्क १० हजार, मतदाता नामावली खरिद ३ हजार, सवारी-साधन भाडा तथा इन्धनमा ८ लाख ३५ हजार ...
विराटनगरमा बढ्न थाल्यो गर्मी, कहाँको तापक्रम कति ?

विराटनगरमा बढ्न थाल्यो गर्मी, कहाँको तापक्रम कति ?

विराटनगर । देशभरका सहरहरूमा तापक्रम क्रमशः बढ्दै जाँदा विराटनगरमा गर्मीको महसुस बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार विगत तीन दिनयता विराटनगरसहित तराई तथा मधेसका धेरैजसो सहरको अधिकतम तापक्रम उकालो लागेको छ । विभागका अनुसार आज विराटनगरको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गरिएको छ । यो तापक्रम हाल देशभरका प्रमुख सहरहरूमध्येकै उच्च मध्येको एक हो । ...
धरानबाट गाँजासहित संखुवासभाका सन्दिप पक्राउ

धरानबाट गाँजासहित संखुवासभाका सन्दिप पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१३ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको सिलिचोङ गाउँपालिका-४ का २० वर्षीय सन्दिप राई छन् । आज बिहान करिब ९ः१५ बजे चेकजाँचका क्रममा उनले बोकेको झोलामा ३० किलो गाँजा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । उनका सम्बन्धमा थप अनुसन्ध...
सहिदभूमिको थलथले बजारमा छड्के अनुगमन

सहिदभूमिको थलथले बजारमा छड्के अनुगमन

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-६ स्थित थलथले बजारमा छड्के अनुगमन गरिएको छ । आज थलथले बजारमा सञ्चालित करिब एक दर्जन किराना तथा खुद्रा पसलको अनुगमन गरि म्याद गुज्रिएका खाद्यान्न बस्तु नष्ट गरिएको हो । घरेलु तथा साना उद्योगको कार्यालय, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, कर कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चले संयुक्त रूपमा बजार अनुग...
उदयपुर-२ बाट निर्वाचित रास्वपाका सांसद कर्जा सूचना केन्द्रको कालो सूचीमा

उदयपुर-२ बाट निर्वाचित रास्वपाका सांसद कर्जा सूचना केन्द्रको कालो सूचीमा

विराटनगर । उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको खुलेको छ । अन्तिम मतपरिणाम सार्वजनिक भइसकेपछि तामाङ कालो सूचीमा रहेको विषय बाहिरिएको हो । तामाङले १४ हजार ८०२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार अम्बरबहादुर रायमाझी ७ हजार ६४८ मत पाएका थिए । यस्तै नेपाली काँग्रेसका उम्मेद...
कोशी प्रदेशमा १ लाख ३० हजार मत बदर, कुन क्षेत्रमा कति बदर भयो ?

कोशी प्रदेशमा १ लाख ३० हजार मत बदर, कुन क्षेत्रमा कति बदर भयो ?

विराटनगर । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा ठूलो सङ्ख्यामा मत बदर भएको छ । लामो समय लाइन बसेर मतदाताले खसालेको १ लाख ३० हजारभन्दा बढी मत गणनाका क्रममा बदर पाइएको हो । यसले निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रमको प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कोशी प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रमा कुल २० लाख ८४ हजार ...
मकैबारीमा पसेको निहुँमा कुकुरको हत्या गर्ने सुनसरीका एक व्यक्ति पक्राउ

मकैबारीमा पसेको निहुँमा कुकुरको हत्या गर्ने सुनसरीका एक व्यक्ति पक्राउ

सुनसरी । सुनसरीको कोसी गाउँपालिकामा एउटा सामुदायिक कुकुरलाई क्रुरतापूर्वक कुटपिट गरी मार्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोसी गाउँपालिका-३ का ३५ वर्षीय सन्तोष दास छन् । फागुन २४ गते बिहान करिब ६ बजे आफ्नो मकैबारीमा पसेको निहुँमा एउटा सामुदायिक कुकुरलाई लठ्ठीले निर्घात कुटपिट गरेका थिए । दासको कुटाइबाट उक्त कुकुरको घटनास्थलमै मृत्यु भएको थियो । कुकुरलाई क्रुरतापूर्वक मा...
साँगुरीगढी गाउँपालिकाद्वारा सञ्चारकर्मी थापालाई नगदसहित सम्मान

साँगुरीगढी गाउँपालिकाद्वारा सञ्चारकर्मी थापालाई नगदसहित सम्मान

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले नेपाल टेलिभिजन तथा रेडियो नेपालका संवाददाता ईश्वर थापालाई २५ हजार नगदसहित सम्मान गरेको छ । दशौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा गाउँपालिकाले थापालाई सम्मान गरेको हो । गाउँपालिकाले गरेका विभिन्न क्रियाकलाप सञ्चारमाध्यद्वारा प्रचार-प्रसारमा सहयोग गरेको भन्दै सञ्चारकर्मी थापालाई सम्मान गरिएको हो । गाउँपालिकाले अन्य क्षेत्रमा योगदान पुर्याउने व्यक्...
सुनसरीमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सुनसरीमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोसी गाउँपालिका-४ मा स्कारपियोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा सप्तरीको विष्णुपुर गाउँपालिका-२ का २८ वर्षीय अमरलाल साहको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोसी ब्यारेजतर्फ जाँदै गरेको स १ च ९२१ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको मधेस प्र ०६-००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा चालक साह र पछ...
error: Content is protected !!