धनकुटाका यी स्थानमा विद्युत सुचारु, अन्य स्थानमा अझै केही दिन लाग्ने 

धनकुटाका यी स्थानमा विद्युत सुचारु, अन्य स्थानमा अझै केही दिन लाग्ने 

धनकुटा । धनकुटामा गत सोमबार राति आएको हावाहुरीका कारण अवरुद्ध भएको विद्युत आपूर्ति सबै स्थानमा सुचारु गर्न अझै केहिदिन लाग्ने भएको छ । धनकुटा बजार क्षेत्र र अन्य केही पालिकाका मुख्य बजार क्षेत्रमा विद्युत सुचारु भएपनि अन्य स्थानमा अझै केहिदिन पछिमात्रै विद्युत सुचारु हुने भएको हो । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख बिजुलीप्रसाद यादवका अनुसार धनकुटा बजार, भेडेटार, हिले, पाख्...
खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा एयर डाइनास्टीको हेलिकप्टर दुर्घटना भएको छ । आज अपराह्न १२ः२ बजे ल्याण्ड गर्ने क्रममा एयर डाइनेस्टीको नाइन एन एएचक्यु हेलिकप्टर दुर्घटनामा परेको हो । काठमाडौंबाट आमाको काजकिरियाका लागि परिवारका सदस्य लिएर आएको हेलिकप्टर दुर्घटना भएको खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले संगालोखबरलाई जानकारी दिइन् ।  हेलिकप्टरमा पाइलट सविन थापासहित ५ जना सवार थ...
झापाबाट ब्राउन सुगरसहित ७ जना पक्राउ

झापाबाट ब्राउन सुगरसहित ७ जना पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका-५ र ६ बाट लागूऔषध ब्राउन सुगरसहित ७ जना पक्राउ परेका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय झापा, वडा प्रहरी कार्यालय भद्रपुर र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । भद्रपुर-६ बाट ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगरसहित सोही स्थानका ३१ वर्षीय श्रवण यादव, २० वर्षीय गणेश राजवंशी र २६ वर्षीय प्रकाश राजवंशी पक्राउ पर...
पहिरोका कारण अवरुद्ध भेडेटार-रवि-राँके सडक खण्ड पूर्णरूपमा सूचारु

पहिरोका कारण अवरुद्ध भेडेटार-रवि-राँके सडक खण्ड पूर्णरूपमा सूचारु

विराटनगर । पहिरोका कारण गत फागुन २९ गतेदेखि अवरुद्ध भएको भेडेटार-रवि-राँके सडक खण्ड सुचारु भएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ नाम्जेमा सुख्खा पहिरोका कारण अवरुद्ध भएको निर्माणाधीन सडक सञ्चालनमा आएको हो । पटक-पटकको प्रयासपछि आज बिहान करिब १० बजेबाट सडक सुचारु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । सडक माथिबाट सुख्खा पहिरो खसेपछि निर्माण कम्पनी र प्रहरीले बार...
धनकुटामा हावाहुरी र वर्षाका कारण लाखौँको क्षति

धनकुटामा हावाहुरी र वर्षाका कारण लाखौँको क्षति

धनकुटा । धनकुटामा सोमबार राति वर्षासँगै आएको भीषण हावाहुरीका कारण ठुलो भौतिक क्षति भएको छ । हावाहुरीका कारण निजी घर तथा सरकारी कार्यालयमा अन्दाजी २५ लाख बढीको क्षति भएको हो । क्षतिको प्रारम्भिक विवरण अनुसार दुईवटा सरकारी कार्यालयहरू (आयुर्वेद र उच्च सरकारी वकिलको कार्यालय) मा १५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै निजामती आधारभूत विद्यालयमा ४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला तीन लाख सात हजार सात सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला तीन लाख नौ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला एक सय ८५ रुपैयाँ घटेर पाँच हजार एक सय ५० रुपैयाँ ...
विराटनगरको सिटिजन्स बैंकमा कर्मचारीको मिलेमतोमा ५ करोड घोटाला

विराटनगरको सिटिजन्स बैंकमा कर्मचारीको मिलेमतोमा ५ करोड घोटाला

विराटनगर । विराटनगरस्थित सिटिजन्स बैंकको कञ्चनबारी शाखामा ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको घटनामा बैंकले पाँच कर्मचारीलाई कारबाहीको दायरामा ल्याएको छ । निक्षेपकर्ताको रकम दुरुपयोग गरी नक्कली ऋण खडा गरेको अभियोगमा बैंकले तत्कालीन अपरेसन इन्चार्ज रोजी कँडेललाई सेवाबाट बर्खास्त गरेको छ । यस्तै शाखा प्रबन्धक अभिषेक अग्रवालसहित चार जनालाई निलम्बन गरेको छ । बर्खास्त गरिएकी कँडेलविरुद्ध बैंकले जिल...
दमकका डीएसपी लम्साल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

दमकका डीएसपी लम्साल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विभागीय मूल्यमान्यता, आदेशनिर्देशको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदिय कर्तव्य निर्वाह गरेको भन्दै लम्साललाई सर्वोत्कृष्ट घोषित गरेको हो । लम्सालले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा...
मनमोहनमा सी जिनपिङको पुस्तक जलाएको घटनाप्रति चीनको चासो

मनमोहनमा सी जिनपिङको पुस्तक जलाएको घटनाप्रति चीनको चासो

विराटनगर । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको घटना प्रति चीनले चासो देखाएको छ । चीनले दूतावासमार्फत चासो देखाएपछि गृहमन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन द...
विराटनगरमा अनिल-मीन ट्रफी क्रिकेट प्रतियोगिता हुँदै

विराटनगरमा अनिल-मीन ट्रफी क्रिकेट प्रतियोगिता हुँदै

विराटनगर । विराटनगरमा पहिलो पटक ‘अनिल-मीन’ ट्रफी क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा चैत ५ देखि ७ गतेसम्म प्रतियोगिता हुन लागेको हो । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा हुन लागेको प्रतियोगितामा मोरङ र सुनसरीका दुई टीम सहभागि हुने छन् । आयोजकले आज पत्रकार सम्मेलन गर्दै कोशी प्रदेशको क्रिकेट विकासका लागि प्रतियोगिता गर्न लागिएको जानकारी दिएको छ । मोरङका अ...
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-२ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक विराटनगर महानगरपालिका-१४ का ३२ वर्षीय जयकृष्ण यादवको मृत्यु भएको हो । विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको प्रदेश १-०४-००२ प ५६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहर...
आज पनि देशका विभिन्न स्थानमा हावाहुरी र चट्याङको सम्भावना

आज पनि देशका विभिन्न स्थानमा हावाहुरी र चट्याङको सम्भावना

विराटनगर । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले आज देशका केही स्थानमा दिउँसोपछि हावाहुरी, मेघगर्जन र चट्याङको सम्भावना छ । प्रि-मनसुनको समय भएकाले दिउँसो र बेलुकीपख मौसममा अचानक बदलाव आउने भन्दै मौसमविद्हरूले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनास...
उदयपुरमा हावाहुरीका कारण २ जनाको मृत्यु

उदयपुरमा हावाहुरीका कारण २ जनाको मृत्यु

विराटनगर । उदयपुरको कटारी नगरपालिका-५ र ८ मा हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ । सोमबार साँझ आएको हावाहुरीबाट कटारी-८ थलियाटारका ४९ वर्षीया मीनामाया तामाङको कटमिरोको रूखको हाँगाले लागेर मृत्यु भएको हो । यस्तै कटारी-५ तीनकुने चोक स्थत राधाकृष्ण मन्दिरनजिकै हावाहुरीका कारण सखुवाको रूख ढलेर लाग्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उदयपुरका सूचना अधिकारी प्रहरी नायब...
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार नौ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला तीन लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ७० रुपैयाँ बढेर पाँच हजार तीन सय ३५ रुपैयाँ कायम भएको छ । स...
धनकुटामा हावाहुरीका कारण ठूलो भौतिक क्षति

धनकुटामा हावाहुरीका कारण ठूलो भौतिक क्षति

धनकुटा । धनकुटामा वर्षासँगै आएको हावाहुरीका कारण ठूलो क्षति भएको छ । सोमबार राती करिब ८ बजेदेखि आएको हावाहुरीका कारण केही निजी घर तथा सरकारी भवनमा क्षति पुगेको हो । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोका अनुसार विभिन्न स्थानमा रूख ढलेका छन् भने सरकारी तथा निजी घरमा पनि क्षति पुगको छ । केही स्थानमा हावाहुरीले घरको छानो उडाएको छ भने बिजुलीका पोल र ट्रान्सफर्मर पनि लडाएको छ । हावाहुर...
ब्लड क्यान्सर पीडित रामधुनीकी तेजकुमारीको उपचारका लागि सहयोगको अपिल

ब्लड क्यान्सर पीडित रामधुनीकी तेजकुमारीको उपचारका लागि सहयोगको अपिल

इटहरी । सुनसरीको रामधुनीकी ४४ वर्षीया तेजकुमारी परियार ब्लड क्यान्सरसँग जुधिरहेकी छिन् । गम्भीर रोगसँग संघर्ष गरिरहेकी आमाको जीवन बचाउन उनकी छोरी सुनेना परियारले सहयोगको अभियान गरेकी छन् । आमाको स्वास्थ्य अवस्था एक्कासि बिग्रिएपछि विराटनगरस्थित विराट टिचिङ अस्पतालमा जाँच गराउँदा तेजकुमारीलाई ब्लड क्यान्सर भएको पुष्टि भएको थियो । त्यसपछि थप उपचारका लागि उनलाई काठमाडौंको सिभिल अस्पतालमा भर्ना गर...
रंगेलीको त्रिभुवन माविका विद्यार्थीलाई पोशाक वितरण

रंगेलीको त्रिभुवन माविका विद्यार्थीलाई पोशाक वितरण

विराटनगर । मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका ६७ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो । रंगेली नगरपालिका-२ स्थित ज्ञानज्योति अंग्रेजी स्कुलका प्रिन्सिपल निराजन दाहालले सामाजिक उत्तरदायित्व अनुसार गरिब तथा विपन्न विद्यार्थीहरूलाई विद्यालय पोशाक सहयोग गरेका हुन् । ज्ञानज्योति स्कुलका शिक्षक शिव लम्साल, त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक दिनेश बिष्ट...
विराटनगरबाट ४५ लाख बढीको सामान बोकेको ट्रक नियन्त्रणमा

विराटनगरबाट ४५ लाख बढीको सामान बोकेको ट्रक नियन्त्रणमा

विराटनगर । विराटनगर-१८ स्थित आईसीपी सडक खण्डबाट प्रहरीले बिल विजकभन्दा बढी र न्यून मूल्याङ्कन गरिएका सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०१ जीबी ७६४३ नम्बरको भारतीय नम्बरको ट्रकलाई चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । मोटर्स पार्टस र सोफा सेटहरू बिल विजकमा उल्लेख भएभन्दा बढी परिमाणमा रहेको र सामानको न्यून मूल्याङ्कन समेत गरी भन्सार छल्न खोजिएक...
पाख्रीबास नगरपालिकाकी उपप्रमुखसहित ३१ जना जनप्रतिनिधिले गरे नगरसभा बहिष्कार

पाख्रीबास नगरपालिकाकी उपप्रमुखसहित ३१ जना जनप्रतिनिधिले गरे नगरसभा बहिष्कार

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा नगर प्रमुख र उपप्रमुख पक्षबीच विवाद देखिएको छ । आज आयोजना गरिएको १७ औँ नगरसभामा नगर प्रमुख ज्ञान बहादुर गुरुङले विधि र प्रक्रिया मिचेर एकलौटी ढङ्गले सभा सञ्चालन गरेको भन्दै उपप्रमुख नम्रता गौतम देउजासहित ३१ जना जनप्रतिनिधिहरूले बहिष्कार गरेका हुन् । उपप्रमुख देउजाद्वारा जारी गरिएको विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को बर्खिलाप हुने गरी नगर प्रमुख ...
उद्योग संगठन मोरङको आयोजनामा ‘होम बिल्ड एक्जिविसन’ हुदै

उद्योग संगठन मोरङको आयोजनामा ‘होम बिल्ड एक्जिविसन’ हुदै

विराटनगर । उद्योग संगठन मोरङले कोशी प्रदेशमा पहिलोपटक ‘होम बिल्ड एक्जिविसन’ गर्ने भएको छ । विराटनगरको जैन भवनमा चैत १२ देखि १६ गतेसम्म ‘होम बिल्ड एक्जिविसन’ गर्ने भएको हो । संघका अनुसार यसबाट नेपाली निर्माण सामग्री र सेवाहरूको प्रवर्द्धनसँगै नवप्रवर्तन र आधुनिक निर्माण अभ्यासमा जनचेतना फैलाउने अपेक्षा गरिएको छ । ७५ भन्दा बढी स्टलहरू रहने एक्जिविसनमा आवास र भवन, प्रमुख निर्माण सामग्री, धारा-बाथ...
रास्वपा कोशी अध्यक्षको असन्तुष्टि : समानुपातिक सूचीमा भूगोल र योगदान समेटिएन

रास्वपा कोशी अध्यक्षको असन्तुष्टि : समानुपातिक सूचीमा भूगोल र योगदान समेटिएन

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशकी कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ ले पार्टीले सार्वजनिक गरेको समानुपातिक सांसदको सूचीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । पार्टीको निर्णयले कोशी प्रदेशको भौगोलिक विशिष्‍टता र जातीय क्लस्टरलाई न्याय गर्न नसकेको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष तामाङले विशेषगरी पहाडी भूगोलको प्रतिनिधित्वलाई उपेक्षा गरिएकोम...
धनकुटा अस्पतालमा ब्लड बैंक स्थापनाका लागि उपकरण खरिदको तयारी

धनकुटा अस्पतालमा ब्लड बैंक स्थापनाका लागि उपकरण खरिदको तयारी

धनकुटा । जिल्ला अस्पताल धनकुटामा ब्लड बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाइएसँगै आवश्यक उपकरण खरिद गरिने भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको व्यवस्थापनमा स्थापना हुन लागेको ब्लड बैंकका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न लागिएको हो । अस्पतालमा स्थापना हुन लागेको ब्लड बैंकका लागि आवश्यक पर्ने करिब १६ लाख ५० हजार रुपैयाँ बराबरको उपकरण खरिद गर्ने निर्णय गरिएको समितिका संयोजक ठगेन्द्र...
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९’ संशोधन गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद्को कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित सो ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता इन्द्रमणि पराजुलीले बैठकका निर्णयहरू बारे जानकारी गराउँदै उक्त वि...
धनकुटाका गौरव सगरमाथा आरोहणको तयारीमा, चौबिसे गाउँपालिकाले सहयोग गर्ने

धनकुटाका गौरव सगरमाथा आरोहणको तयारीमा, चौबिसे गाउँपालिकाले सहयोग गर्ने

धनकुटा । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेका धनकुटाको चौबिसे गाउँपालिका-६ राजारानीका ३६ वर्षीय गौरव लिम्बुलाई पालिकाले आर्थिक सहयोग गर्ने भएको छ । पालिकाले आगामी नीति तथा कार्यक्रमबाट बजेट ब्यवस्था गरी सगरमाथा आरोहणको तयारीमा रहेका लिम्बूलाई सहयोग गर्ने जनाएको हो । करिब २ वर्षको शिखर आरोहण तालिम पछि लिम्बु यही चैत्र १२ गते पहिलो पटक सोलुखुम्बुको आईलेन पिक आरोहणको अन्तिम तयारीमा ...
कोशी प्रदेशमा ८१.६० प्रतिशत उम्मेदवारको जमानत जफत

कोशी प्रदेशमा ८१.६० प्रतिशत उम्मेदवारको जमानत जफत

विराटनगर । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूमध्ये ८१.६० प्रतिशतको जमानत जफत भएको छ । विभिन्न राजनीतिक दल र स्वतन्त्र रूपमा उम्मेदवारी दिएका ४ सय ९५ जनामध्ये ३ सय ९९ जनाको जमानत जफत भएको हो । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कुल उम्मेदवारमध्ये ९६ जनाको मात्रै धरौटी जोगिएको छ । जुन कुल उम्मेदवार संख्याको १८.४० प्रतिशत...
भोजपुरमा चट्याङ र ढुङ्गाले लागेर दुई जनाको मृत्यु

भोजपुरमा चट्याङ र ढुङ्गाले लागेर दुई जनाको मृत्यु

भोजपुर । भोजपुरका छुट्टाछुट्टै स्थानमा प्राकृतिक विपत्तिमा परी दुई जनाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ र हावाहुरीका कारण रूख ढलेर ढुङ्गाले लाग्दा एक महिला र एक पुरुषको ज्यान गएको हो । षडानन्द नगरपालिका-९ भैंसेमा वर्षासँगै परेको चट्याङ लाग्दा २५ वर्षीया शर्मिला तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला तीन लाख नौ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदीको मूल्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर पाँच हजार दुई सय ६५ रुपैयाँ कायम भएको छ । आइतबार...
पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो, विराटनगरमा कति पर्छ ?

पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो, विराटनगरमा कति पर्छ ?

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ र डिजेलमा ५४ रुपैयाँ बढेर आएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर १५, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँले बढाइएको छ । निगमले...
धनकुटामा बढी भोट ल्याउने पालिका र वडालाई एमालेले गर्यो सम्मान

धनकुटामा बढी भोट ल्याउने पालिका र वडालाई एमालेले गर्यो सम्मान

धनकुटा । धनकुटामा गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको पक्षमा बढी भोट ल्याउने पालिका र वडा कमिटीलाई नेकपा एमालेले सम्मान गरेको छ । आफ्नो भूगोलमा एमालेको पक्षमा बढी मत ल्याउने एउटा पालिका कमिटी र तीन वटा वडा कमिटीलाई एमाले जिल्ला कमिटीले कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो । जिल्लाका सात पालिका मध्ये एमालेको पक्षमा तुलनात्मक रुपमा सबैभन्दा बढी प्रतिशत मत ल्याउन सफल चौबिसे गाउँ कमिटीलाई स...
धनकुटाको तेलियामा फलैचाबाट लडेर एक जनाको मृत्यु

धनकुटाको तेलियामा फलैचाबाट लडेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियामा आज दिउँसो फलैचाबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेलियाका ५६ वर्षीय लक्ष्मण लिम्बू छन् । प्रहरीका अनुसार उनी दिउँसो करिब १२ बजे छिमेकी भीमकुमार लिम्बूको घर अगाडि रहेको फलैचाबाट लडेका थिए । फलैचाबाट करिब २० फिट तल खस्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा ज...
यी हुन राप्रपाले छानेका ४ समानुपातिक सांसद

यी हुन राप्रपाले छानेका ४ समानुपातिक सांसद

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फ ४ जना सांसद छानेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक ४ सिटका लागि सांसदको नाम टुङ्गो लगाएको हो । पार्टीले खस आर्य पुरुषतर्फ महोत्तरीका भरत गिरी, मुस्लिम पुरुषतर्फ रूपन्देहीका ताहिर अली, खस आर्य महिलातर्फ झापाकी खुस्बु ओली र जनजाति महिलातर्फ धादिङकी सरस्वती लामाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ १ ...
error: Content is protected !!