उपप्रधान तथा अर्थमन्त्री महराको बिदाइ
काठमाडौ। अर्थ मन्त्रालयले उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई आज मन्त्रालयमा एक कार्यक्रम गरी बिदाई गरेको छ ।
सो अवसरमा उपप्रधान एवम् अर्थमन्त्री महराले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आफूले मुलुकमा सङ्घीयता कार्यान्वयनका लागि आर्थिक वर्ष २०७४÷७५ को बजेट स्थानीय तहमा केन्द्रित गरिएको बताउनुभयो ।
आफू अर्थ मन्त्रालयमा रहँदा कोहीप्रति आग्रह वा पूर्वाग्रह न...
