लुटपाट र आगजनीका कारण रोकियो मोरङ प्रशासनको सेवा
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रवाह हुने सेवाग्राही लक्षित सेवाहरू अनिश्चित कालका लागि बन्द भएका छन् ।
भदौ २४ गते भएको जेनजी आन्दोलनमा तोडफोड, लुटपाट तथा आगजनीका कारण कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएपछि कार्यालयबाट प्रवाह हुने सेवाहरू बन्द भएका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले आज एक सूचना जारी गर्दै कार्यालयको अभिलेख र कागजातहरू जलेर नष्ट भएका कारण अर्को सूचना ...






























