संगालोखबर

काठमाडौं । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले देशव्यापी प्रदर्शन गर्ने भएको छ । संविधान रक्षाका लागि भन्दै नेपाल बार एसोसिएसनले आज देशव्यापी प्रदर्शन गर्न लागेको हो ।

Advertisement

केन्द्रीय बारका पदाधिकारीहरूको आकस्मिक बैठकले आज दिउँसो १ बजे देशभरका बार इकाइमा प्रदर्शन गर्ने निर्णय गरेको छ । यस्तै एसोसिएसनले बेलुका ५ बजे बार केन्द्रीय कार्यालय रामशाहपथबाट प्रदर्शन गर्ने तयारी गरेको छ ।

कानून व्यवसायीहरू संविधान हातमा लिएर विरोध प्रदर्शन गर्ने तयारीमा जुटेका छन् । उनीहरूले कर्फ्यु अबधि सकिएपछि प्रदर्शनको तयारी गरेको जनाइएको छ ।

बिहीबार बारले अहिलेको संविधानभित्रकै प्रक्रियाबाट मुलुकको राजनीतिक निकास खोज्न राष्ट्रपतिको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!