
विराटनगर । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द भएको घोषणा गरेको छ ।
एक सूचना जारी गर्दै विभागले भदौ २३ र २४ गते भएको विरोध प्रदर्शनको क्रममा संरचनामा भएको तोडफोड, आगजनी र लुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुगेको उल्लेख छ ।
सोहीकारण विद्युतीय सवारी साधन दर्ता प्रणालीसहित सूचना प्रविधिसम्बन्धी सम्पूर्ण सेवा अवरुद्ध भएको विभागले जनाएको हो । विभागका अनुसार अर्को सूचना नभएसम्म चालक अनुमतिपत्र छपाइ र वितरण लगायतका सबै सूचना प्रविधि आधारित सेवा बन्द रहनेछ ।


संगालोखबर 













