
विराटनगर । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको हो ।
आज सुन प्रतितोला दुई लाख १५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला दुई लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेर दुई हजार पाँच सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँँदी प्रतितोला दुई हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













