
काठमाडौँ । प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गरिएको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका हुन् ।
जेनजी अर्थात युवा पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार प्रधानमन्त्री बनेकी हुन् । उनले पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिन् ।
सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संसद् विघटन गर्दै प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि घोषणा गरेका हुन् ।

संगालोखबर 













