विराटनगरमा आयल निगमको पार्किङबाटै चोरी भयो तेलको ट्याङ्कर
विराटनगर । नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरको पार्किङस्थलबाट पेट्रोल बोकेको ट्याङ्कर चोरी भएको छ । पार्किङमा राखिएको नवीन ढुवानी सेवाको को १ ख ६१९० नम्बरको ट्याङ्कर सोमबार बिहानको राति चोरी भएको हो ।
ट्याङ्कर धनी नवीन कर्णले दिएको जानकारी अनुसार ट्याङ्करमा २० हजार लिटर पेट्रोलियम पदार्थ थियो । भारतको सिलिगुडीबाट तेल लोड गरेर ल्याइएको ट्याङ्करलाई आइतबार साँझ ८ वजे पार्किङमा राखिएको थ...






























