एनपीएलमा आज विराटनगरले कर्णालीसँग भिड्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेल बिहान ११ः४५मा चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच हुनेछ । आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन् । खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ ।
चार खेल खेलेको विराटनगरले एक खेलमा पराजित हुँदै ६ अंक जोडेको छ । तीन खेल खेलेको कर्णालीले एक खेल मात्र जितेको छ । विर...





























