विद्यार्थी परिषद् विराटनगरद्वारा मानव सेवा आश्रममा फलफूल वितरण

विद्यार्थी परिषद् विराटनगरद्वारा मानव सेवा आश्रममा फलफूल वितरण

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विराटनगर महानगर एकाइले मानव सेवा आश्रममा फलफूल वितरण गरेको छ । स्थापना दिवसको अवसरमा परिषद्ले वन कार्यालय नजिक रहेको मानव सेवा आश्रममा आश्रित ६० जनालाई फलफूल वितरण गरेको हो । कार्यक्रममा कोशी प्रदेश संगठन सचिव तथा राष्ट्रिय सचिव मनिष बन्जाडे, राष्ट्रिय सचिव मुना बिष्ट, प्रदेश सचिव अभिषेक पोखरेल, नगर सचिव राजेन्द्र शाह लगायतको उपस्थिति रहेको थियो ।
कोशी प्रदेशमा लागूपदार्थ दुर्व्यसनीविरुद्ध सचेतना कार्यक्रम गर्न प्रशिक्षकलाई दिइयो तालिम

कोशी प्रदेशमा लागूपदार्थ दुर्व्यसनीविरुद्ध सचेतना कार्यक्रम गर्न प्रशिक्षकलाई दिइयो तालिम

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा लागूपदार्थ दुर्व्यसनीविरुद्ध सचेतना कार्यक्रम सञ्चालनका लागि विराटनगरमा प्रशिक्षकहरूलाई तालिम आयोजना गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश स्काउट कार्यालय विराटनगरले प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको हो । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले तालिम उद्‌घाटन गरेका छन् । तालिम उद्‌घाटन गर्द...
श्रमिक दिवसमा विराटनगर रन

श्रमिक दिवसमा विराटनगर रन

विराटनगर । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्रबार विराटनगर रन २.० म्याराथन प्रतियोगिता आयोजना गरिएको छ । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजना तथा नोबेल क्यान्सर अस्पतालको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।  कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले म्याराथनको शुभारम्भ गरेका छन् । नोबेल अस्पतालबाट सुरु भएको म्याराथन सहिद रंगशालामा पुगेर समापन भएको लियो...
विराटनगर जुटमिलको जग्गामा बसोबास गर्नेलाई तत्काल हटाउन लागिएको हो ?

विराटनगर जुटमिलको जग्गामा बसोबास गर्नेलाई तत्काल हटाउन लागिएको हो ?

विराटनगर । विराटनगर जुटमिलको जग्गामा अनधिकृत रूपमा बसोबास गरिरहेका व्यक्ति तथा भाडा नतिरी व्यापार गरिरहेकालाई हटाउने विषयले हलचल पैदा गरेको छ । जुटमिल सञ्चालक समितिले जग्गा खाली गराउन प्रशासनलाई पत्राचार गरेपछि वर्षौँदेखि जुटमिलको जग्गामा बसिरहेका स्थानीय त्रसित भएका छन् । हप्तादिनभित्र हटाउने हल्लाबीच स्थानीयमा त्रास पैदा भएको हो । मोरङ प्रशासनले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका...
बैंक तथा वित्तीय संस्थाको धितो रोक्का र फुकुवा अब अनलाइन प्रणालीबाट

बैंक तथा वित्तीय संस्थाको धितो रोक्का र फुकुवा अब अनलाइन प्रणालीबाट

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक तथा वित्तीय संस्थाबाट हुने धितोबन्धकी रोक्का र फुकुवाको कार्यलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजाने निर्णय गरेको छ । विभागले एक सूचना जारी गर्दै आगामी जेठ १ गतेदेखि सबै प्रकारका बैंक तथा वित्तीय संस्थाहरूका लागि यो व्यवस्था अनिवार्य गरिएको जानकारी दिएको हो । नेपाल सरकारको शासकीय सुधारको कार्यसूचीअनुसार सेवालाई छिटो, छरितो र बिचौलियामुक्त बनाउ...
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार एक सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा एक सय ३५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला चार हजार नौ सय ४५ रुपै...
विराटनगरमा महिला नेतृत्व सम्मेलन हुने

विराटनगरमा महिला नेतृत्व सम्मेलन हुने

विराटनगर । विराटनगरमा यही वैशाख २१ गते महिला नेतृत्व सम्मेलन आयोजना गरिने भएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासँग सहकार्य गरेर नेपाल उद्योग परिसंघ केन्द्र र कोशी प्रदेश समितिले संयुक्त रुपमा सम्मेलन गर्न लागेका हुन् । आयोजकले विराटनगरमा पत्रकार सम्मेलन गरेर सम्मेलनको तयारी भइरहेको जानकारी दिएको छ । सीएनआई वमन लिडरसिप फोरम काठमाडौं र सीएनआई कोशी प्रदेशको म...
मोरङमा पत्रकारलाई ज्यान मार्ने धम्की, पत्रकार महासङ्घद्वारा कारबाहीको माग

मोरङमा पत्रकारलाई ज्यान मार्ने धम्की, पत्रकार महासङ्घद्वारा कारबाहीको माग

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा खोला उत्खननको समाचार संकलन गर्न पुगेका पत्रकारहरूलाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वैशाख १५ गते ग्रामथान गाउँपालिका-४ स्थित लोहन्द्रा खोलामा भइरहेको उत्खनन कार्यको समाचार संकलनका लागि पत्रकारहरू पुगेका थिए । सो क्रममा पत्रकारहरू डुमरलाल मेहता, मोहन ढकाल, सन्तोष मेहता, नगेन्द्र खड्का, प्रवेश...
झापामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते

झापामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते

झापा । झापाको कचनकवल गाउँपालिका-३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक विद्यालयको प्र १-०१-००१ ख४४८२ नम्बरको बस दुर्घटना भएको हो । दुर्गाभिट्टाबाट आमबारीतर्फको भित्री सडकमा जाँदै गर्दा प्र १-०१-०१३ प ३४८२ नम्बरको मोटरसाइलकलाई ठक्कर दिँदा अनियन्त्रित भई बस पल्टिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी...
ग्रामथानको लोहन्द्रा खोला र आसपासको जग्गामा मापदण्डविपरीत उत्खनन

ग्रामथानको लोहन्द्रा खोला र आसपासको जग्गामा मापदण्डविपरीत उत्खनन

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ स्थित लोहन्द्रा खोलामा भइरहेको अवैध उत्खनन रोक्न स्थानीयले माग गरेका छन् । मापदण्ड विपरीत उत्खनन हुँदा बस्तीलाई खतरा हुने भन्दै उनीहरूले यस्तो कार्य तत्काल रोक्नुपर्ने बताएका हुन् । यस विषयमा सोमबार महालक्ष्मी समाज सेवा संस्था ग्रामथानले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (आईई) को खुले...
विराटनगरको ग्रिनल्याण्ड कलेजमा एक विद्यार्थी, एक सीप कार्यक्रम

विराटनगरको ग्रिनल्याण्ड कलेजमा एक विद्यार्थी, एक सीप कार्यक्रम

विराटनगर । विराटनगरको ग्रिनल्याण्ड कलेजले विद्यार्थीहरूलाई सीप विकास सम्बन्धी तालिम दिएको छ । कलेजले कक्षा १२ मा अध्ययनरत ३६० जना विद्यार्थीलाई विभिन्न १४ प्रकारका तालिम दिएको हो । वैशाख १२ देखि १६ गतेसम्म आयोजित तालिम समापन कार्यक्रममा विद्यार्थीहरूले सिकेको सीपको प्रदर्शनी गरेका छन् । कलेजले अघि सारेको एक विद्यार्थी एक सीप कार्यक्रम अन्तरगत पहिलो पटक तालिमको आयोजना गरिएको प्रिन्सिपल दिनेश दाह...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार सात सय रुपैयाँ कायम छ । बुधबार सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा एक सय पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार आठ सय १० रुपैयाँ ...
सुनसरीमा हावाहुरीले रूख ढाल्दा किचिएर दुई जना घाइते

सुनसरीमा हावाहुरीले रूख ढाल्दा किचिएर दुई जना घाइते

सुनसरी । सुनसरीमा हावाहुरीले रूख ढाल्दा किचिएर दुई जना घाइते भएका छन् । घाइते हुनेमा भोक्राहा नरसिंह गाउँपालिका-५ का ५५ वर्षीय गुमसागर मण्डल र बराहक्षेत्र नगरपालिका-१ की ५० वर्षीया फुलमाया मगर छन् । प्रहरीका अनुसार आज साँझ आएको हावाहुरीले घर नजिकको रूख ढाल्दा उनीहरु किचिएर घाइते भएका हुन् । उनीहरूको अवस्था सामान्य छ । हावाहुरीका कारण इनरुवाको जल्पापुर र भोक्राहा क्षेत्रको चिरौली चोकमा विद्युतक...
समाचार संकलनमा पुगेका पत्रकारलाई ज्यान मार्ने धम्की, महासंघ मोरङद्वारा भर्त्सना

समाचार संकलनमा पुगेका पत्रकारलाई ज्यान मार्ने धम्की, महासंघ मोरङद्वारा भर्त्सना

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ स्थित लोहन्द्रा खोलामा भइरहेको उत्खननको समाचार संकलन गर्न पुगेका पत्रकारहरूमाथि ज्यान मार्ने धम्की र दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ मोरङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले वैशाख १५ गते समाचार संकलनका लागि पुगेका पत्रकारहरूमाथि ज्यान मार्ने सम्मको धम्की दिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको ...
ग्रामथानका अध्यक्षसहितले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

ग्रामथानका अध्यक्षसहितले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

विराटनगर । जथाभावी उत्खनन गरी नदीजन्य सामग्री चोरी निकासी भइरहेको विषयमा समाचार संकलन गर्न ग्रामथान पुगेका मोरङका पत्रकारहरूलाई उत्खननकर्ताहरूले ज्यान मार्नेसम्मको धम्की दिएको घटनाविरुद्ध प्रशासनलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल पत्रकार महासंघका कोशी प्रदेश र मोरङ शाखाका प्रतिनिधिसहितको टोलीले आज जिल्ला प्रशासन कार्यालय, मोरङमा ज्ञापनपत्र बुझाउँदै पत्रकारहरूको सुरक्षाका विषयमा गम्भीरतापूर्वक ध्...
मोरङको बेलबारीबाट १७ वर्षबढी कैद सजाय तोकिएका दाजुभाइ पक्राउ

मोरङको बेलबारीबाट १७ वर्षबढी कैद सजाय तोकिएका दाजुभाइ पक्राउ

विराटनगर । मोरङको बेलबारीबाट दाजुभाइ पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएको लामो समयसम्म फरार रहेका दाजुभाइ मंगलबार साँझ पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका-५ का ५७ वर्षीय धनपाल भगत थारू र उनका दाजु भूपाल भगत थारू छन् । उनीहरूलाई जनही १७ वर्षभन्दा बढी कैद सजाय तोकिएको छ । मोरङ प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालका अनुसार दुवै जना जबरजस्ती ...
बालेनले तत्काल राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : हर्क साम्पाङ

बालेनले तत्काल राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : हर्क साम्पाङ

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले तुरुन्त राजिनामा दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले प्रधानमन्त्री शाहले राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका हुन् । ‘बालेनले तुरुन्त राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ । न्यूनतम मानवता समेत देखिएन’, उनले लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघको समेत ध्यानाकर्षण...
तीन जना सवार स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

तीन जना सवार स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बुटवल । बुटवलमा तीन जना सवार स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बेलबासदेखि केहि माथि भ्यु प्वाइन्ट नजिकै ओरालो सडकमा अनियन्त्रित भएर स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा कपिलवस्तु बाणगंगा नगरपालिका-७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका-११ कालिका नगर रामपथकी १८ वर्षीया पूर्णिमा मगरको मृत्यु भएको हो । स्कुटर चालक बाणगंगा-७ बनगाईका सोमन श्रेष्...
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

विराटनगर । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । मन्त्रीस्तरको निर्णयअनुसार अन्तर प्रदेशस्तरीय यात्रुवाहक तथा ढुवानी सवारीमा ५ प्रतिशत भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका निर्देशक मणि भुसालका अनुसार मन्त्रीको निर्देशनमा नयाँ भाडादर लागू गरिएको हो । भाडा वृद्धि हुनुको मुख्य कारण डिजेलको मूल्यवृद्धि हो । यसअघि प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेको डिजेलको औसत म...
विराटनगर जुट मिल्सको जग्गामा अनधिकृत रूपमा बसोबास गर्नेलाई हटाइँदै

विराटनगर जुट मिल्सको जग्गामा अनधिकृत रूपमा बसोबास गर्नेलाई हटाइँदै

विराटनगर । विराटनगरस्थित जुट मिल्सको जग्गामा अनधिकृत रूपमा बसोबास गर्दै आएका व्यक्ति तथा भाडा नतिरी व्यापार गरिरहेका व्यापारीहरूलाई हटाइने भएको छ । आगामी एक साताभित्र त्यस्ता व्यक्ति तथा व्यापारीलाई हटाउने योजना बनाइएको हो । हटताली हाट, दक्षिण गेट र हरिनगरा भट्टा आसपासका क्षेत्रमा अवैध रूपमा बसोबास गर्दै आएका करिब ६ सय परिवार र सडक किनारमा भाडा नतिरी सञ्चालन भइरहेका झन्डै ३० वटा पसललाई खाली गरा...
धनकुटाको विश्रान्तिधाम गुरुकुललाई २ लाखको पुरस्कार प्रदान

धनकुटाको विश्रान्तिधाम गुरुकुललाई २ लाखको पुरस्कार प्रदान

विराटनगर । शिक्षा, भाषा र सनातन संस्कृतिको संरक्षणमा सक्रिय संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति पुरस्कार–२०८३’ यस वर्ष धनकुटास्थित विश्रान्ति संस्कृत गुरुकुललाई प्रदान गरिएको छ । सुनसरीको इटहरीमा रहेको सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल प्रतिष्ठानले धनकुटाको विश्रान्तिधाम मूलघाटमा आयोजित विशेष समारोहबीच गुरुकुललाई नगद २ ...
आज हावाहुरी चल्ने सम्भावना, सचेत रहन आग्रह

आज हावाहुरी चल्ने सम्भावना, सचेत रहन आग्रह

विराटनगर । जल तथा मौसम विज्ञान विभागले आज कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । आज अपराह्न ४ बजे तीव्र गतिको हावाहुरी सुरु हुने र भोलि बिहान ६ः४५ बजे समाप्त हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ । हावाहुरीबाट कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्ला प्रभावित हुने सम्भावना छ । यस्तै मधेश प्रदेशका बारा, पर्...
सुनसरीमा अनलाइन जुवा खेल्ने र खेलाउनेसहित १० जना पक्राउ

सुनसरीमा अनलाइन जुवा खेल्ने र खेलाउनेसहित १० जना पक्राउ

सुनसरी । सुनसरीको धरान-१३ बाट अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न १० जना पक्राउ परेका छन् । गएराति विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार धरान-१३ स्थित एक क्याफेबाट उनीहरू अनलाइन जुवा खेलिरहेका थिए । पक्राउ पर्नेमा धरान-१३ का ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बु, २९ वर्षीय मिलन लिम्बु, ३१ वर्षीय शुसान्त घिमिरे र ४२ वर्षीय कुमार तामाङ ...
धनकुटा प्रशासनले भन्यो: गाँजा खेती नगर्नु, गरेको भटिए कारवाही गरिन्छ

धनकुटा प्रशासनले भन्यो: गाँजा खेती नगर्नु, गरेको भटिए कारवाही गरिन्छ

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले गाँजा खेती नगर्न जिल्लावासीलाई सचेत गराएको छ । प्रशासन कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै गाँजा खेती गर्ने, ओसारपसार गर्ने तथा बेचविखन गर्नेलाई कारवाही हुने भन्दै सचेत गराएको हो । लागूऔषध नियन्त्रण ऐन २०३३ ले गाँजा खेती, ओसारपसार तथा बेचबिखनलाई पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ । तरपनि धनकुटाको सहिदभूमिसहित विभिन्न क्षेत्रमा ठूलो मात्रामा गाँजा खेत...
जिउँदो व्यक्तिको मृत्यु दर्ता गराएपछि…

जिउँदो व्यक्तिको मृत्यु दर्ता गराएपछि…

रूपन्देही । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा जिउँदो व्यक्तिलाई मृत घोषणा गर्दै झुटा विवरणका आधारमा मृत्यु दर्ता गराएको घटना सार्वजनिक भएको छ । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले वडाध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ । सो प्रकरणमा वडा अध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव सञ्जयकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि नै घटनाका मुख्य योजनाकारका रूपमा चिनिएका ३१ वर्षीय तारि...
सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी । सुनसरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत इटहरी-५ कलंकीमा निर्माणाधीन ‘डाइभर्सन’मा को २२ प ४५८९ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ का ३५ वर्षीय राजवीरेन उराउको मृत्यु भएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यव...
जेनजी आन्दोलनमा ध्वस्त विराटनगरका ट्राफिक लाइट पुनः सञ्चालनमा

जेनजी आन्दोलनमा ध्वस्त विराटनगरका ट्राफिक लाइट पुनः सञ्चालनमा

विराटनगर । जेनजी आन्दोलनमा तोडफोड गरेर ध्वस्त पारिएका विराटनगरका ट्राफिक लाइट मर्मतपछि पुनः सञ्चालनमा आएका छन् । गत भदौ २४ गते भएको आन्दोलनमा ध्वस्त पारिएका ट्राफिक लाइट मर्मतपछि सोमबारबाट सञ्चालनमा ल्याइएको हो ।  महानगर क्षेत्रभित्र जडान गरिएका ६ मध्ये ५ स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । अब कञ्चनबारीमा जडान गरिएको ट्राफिक लाइट सञ्चालन हुन बाँकी छ ।  आन्दोलनका क्रममा...
आजदेखि नयाँ शैक्षिकसत्र सुरु

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

विराटनगर । आजदेखि नयाँ शैक्षिकसत्र सुरु भएको छ । सरकारको निर्णयअनुसार वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएको थियो । सरकारले वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धनको असहज आपूर्ति हुने स्थितिमा वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने निर्णय गरेको थियो । तर कतिपय स्थानीय तहको सहजिकरणमा वैशाख...
कोशीका निर्माण व्यवसायीले बुझाए ज्ञापनपत्र, समस्या समाधानका लागि आग्रह

कोशीका निर्माण व्यवसायीले बुझाए ज्ञापनपत्र, समस्या समाधानका लागि आग्रह

विराटनगर । कोशी प्रदेशका निर्माण उद्योग गम्भीर संकटतर्फ उन्मुख भएको भन्दै निर्माण व्यवसायीहरूले प्रदेश सरकारलाई गुहारेका छन् । तत्काल हस्तक्षेप गरेर समस्याको समाधान निकाल्ने अपेक्षासहित उनीहरूले प्रदेश सरकारलाई गुहारेका हुन् । इन्धनजन्य सामग्रीको लगातार मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव र लागत असन्तुलनका कारण पूर्वाधार निर्माण क्षेत्र नै ठप्प हुने अवस्थामा पुगेको निष्कर्षसहित निर्माण व्यवसायी...
चट्याङ लागेर बाबु-छोराको मृत्यु

चट्याङ लागेर बाबु-छोराको मृत्यु

प्युठान । प्युठानमा चट्याङ लागेर बाबु–छोराको मृत्यु भएको छ । गौमुखी गाउँपालिका-६ लिबाङका ७० वर्षीय केदार बोहरा क्षेत्री र उनका छोरा २८ वर्षीय रामुको चट्याङ लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएकी एक महिलाको जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जना...
गुफापतालमा पर्यटकलाई स्वागत गर्दै ढकमक्क एजेलिया (फोटो फिचर)

गुफापतालमा पर्यटकलाई स्वागत गर्दै ढकमक्क एजेलिया (फोटो फिचर)

इलाम । इलामको सूर्योदय नगरपालिका-४ मा पर्ने गुफापताल ढकमक्क एजेलिया फूलले सजिएको छ । नेपाल-भारत सीमा नजिकैको यस स्थानमा एजेलिया फूलको सौन्दर्य हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको छ । बैशाख पहिलो साताबाट एजेलिया फुल्न सुरु गरेको हो । यो फूल बैशाख महिनामा मात्रै फुल्ने गर्दछ । यो फूल ‘रोडोडेन्ड्रोन’ प्रजाति अन्तर्गत पर्दछ । नेपालीमा यसलाई गुराँस प्रजातिको रूपमा चिनिन्छ । यो स्थानम...
error: Content is protected !!