मोरङको थनपालथानबाट २९ हजार बढी ट्रामाडोल क्याप्सुल बरामद

मोरङको थनपालथानबाट २९ हजार बढी ट्रामाडोल क्याप्सुल बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-१ गडेरीयाबाट ठूलो मात्रामा प्रतिबन्धित औषधी ट्रामाडोल बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा २९ हजार ६ सय ८० क्याप्सुल ट्रामाडोल बरामद गरेको हो । बाँसको झ्याङमा २ वटा झोलामा लुकाएर राखिएको अवस्थामा ट्रामाडोल क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ । ओसार-पसारमा संलग्न व्यक्तिको खोजतलास भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय व...
मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । आज प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा राजीनामाको घोषणा गरेका हुन् । सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार आज बिहान प्रदेशसभा बैठक बोलाइएको थियो । तर उक्त बैठकमा सत्तापक्षकै सांसद अनुप...
मोरङको बेलबारीमा चल्न थाल्यो नगर बस

मोरङको बेलबारीमा चल्न थाल्यो नगर बस

विराटनगर । मोरङको बेलबारी नगरपालिकामा विद्युतीय नगर बस सञ्चालनमा आएको छ । सोमबार नगर प्रमुख दिलप्रसाद राई तथा उपप्रमुख नितु थापाले संयुक्त रूपमा उद्‌घाटन गरेसँगै औपचारिक रूपमा नगर बस सञ्चालनमा आएको हो । नगरपालिकाका अनुसार करिब १ करोड ३१ लाख रुपैयाँको लागतमा विद्युतीय बस तथा चार्जिङ प्रणाली स्थापनासहित परियोजना अघि बढाइएको थियो । सार्वजनिक यातायातलाई व्यवस्थित, पारदर्शी र एकरूप बनाउने, यात्रुहर...
राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री यादव

राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री यादव

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजिनामा दिने तयारी गरेका छन् । विश्वासको मत नपाउने निश्चित भएपछि उनले राजीनामा दिने तयारी गरेको बताइएको छ । प्रदेश सभा बैठकमा आफ्ना धारणा राखेर राजीनामा दिने उनको तयारी छ । विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक बोलाइए पनि  बैठक सुरु हुन सकेको छैन । प्रदेश सभा बैठकमा मुख्यमन्त्री नै नगएपछि दिउँसो २ बजेसम्मका लागि बैठक...
मोरङको बेलबारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

मोरङको बेलबारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

विराटनगर । मोरङको बेलबारी नगरपालिका-७ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा झापाको दमक नगरपालिकाका ३० वर्षीय कुमार गिरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको मोरङ प्रहरीका डीएसपी हरिनन्दन चौधरीले संगालोखबरलाई जानकारी दिए । दुर्घटनामा बेलबारी-६ का २६ वर्षीय शुभाष ऋषिदेव, सोही स्थानका ३५ वर्...
एमाले महाधिवेशन : ओखलढुङ्गामा पनि पुनः प्रतिनिधि चयन गर्न निर्देशन

एमाले महाधिवेशन : ओखलढुङ्गामा पनि पुनः प्रतिनिधि चयन गर्न निर्देशन

विराटनगर । ओखलढुङ्गामा पनि नेकपा एमालेको राष्ट्रिय महाधिवेशनका लागि पुनः प्रतिनिधि छनोट गर्न केन्द्रीय कार्यालयले निर्देशन दिएको छ । केन्द्रीय कार्यालयले ८ मध्ये ६ वटा पालिका कमिटीहरूको माग र बहुसङ्ख्यक उम्मेदवारहरूको असहमति रहँदा रहँदै जबर्जस्ती प्रतिनिधि छनौट गरिएको उल्लेख गर्दै पुनः निर्वाचन गर्न निर्देशन दिएको हो । प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशन समेतको अवज्ञा गरी सद...
सुनको मूल्य बढ्यो, चाँदी हालसम्मकै उच्च

सुनको मूल्य बढ्यो, चाँदी हालसम्मकै उच्च

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५४ हजार एक सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक सय ...
एमालेको राष्ट्रिय महाधिवेशन : धनकुटामा पुनः प्रतिनिधि छनोट गर्न केन्द्रको निर्देशन

एमालेको राष्ट्रिय महाधिवेशन : धनकुटामा पुनः प्रतिनिधि छनोट गर्न केन्द्रको निर्देशन

धनकुटा । धनकुटामा एमालेको राष्ट्रिय महाधिवेशनका लागि पुनः प्रतिनिधि छनोट प्रक्रिया अघि बढाउन केन्द्रीय कार्यालयले पत्राचार गरेको छ । मंगलबार एमाले धनकुटा जिल्ला कमिटीलाई पत्राचार गर्दै केन्द्रीय कार्यालयले पाँच दिनभित्र प्रतिनिधि छनोट गर्न निर्देशन दिएको छ । पत्रमा प्रतिनिधि छनोटका लागि भएको निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी नभएको भन्दै पुनः पारदर्शी ढङ्गबाट सबै सदस्यलाई सूचना सम्प्रेषण गरेर...
सुनसरीमा स्कारपियो भित्र भेटियो ४६० किलो गाँजा, चालक फरार

सुनसरीमा स्कारपियो भित्र भेटियो ४६० किलो गाँजा, चालक फरार

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-९ नहर चोक छेउबाट चार सय ६० किलो गाँजासहित प्रहरीले स्कारपियो गाडी नियन्त्रणमा लिएको छ । मंगलबार राति ७ बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गाँजासहित स्कारपियो नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार इनरुवाबाट जाल्पापुरतर्फ जाँदै गरेको बा ३ च ५५८५ नम्बरको स्कारपियोलाई चेकजाँच गर्न खोज्दा नरोकी भागेको थियो । खोजी गर्ने क्रममा नहर चोकभन्दा एक सय मिटर पछा...
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा हुँदै

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा हुँदै

विराटनगर। नेपाल प्रिमियर लिग (एनपीएल) मा  आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न चार बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ । यस्तै रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुई मात्र जितेको छ ।
श्रम-संस्कृति पार्टीको मुख्य सिद्धान्त ‘हर्कवाद’

श्रम-संस्कृति पार्टीको मुख्य सिद्धान्त ‘हर्कवाद’

विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम-संस्कृति पार्टीले प्रमुख सिद्धान्तका रुपमा ‘हर्कवाद’ लाई अपनाउने भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष रहेका हर्कराज राईले आज ‘हर्कवाद’ को अवधारणा सार्वजनिक गरेका हुन् । पार्टीको सिद्धान्त सार्वजनिक गर्दै साम्पाङले अनिवार्य श्रम र श्रमदानको नीति र निरन्तरको अभ्यासले मात्रै समाजमा व्याप्त अभाव, गरिबी, विभेद हट्ने बताए । उनले सार्वजनिक गरेको पार्टीको सिद्धान्...
झापाबाट सुरु भयो अनेरास्ववियुको मेची-महाकाली विद्यार्थी जागरण यात्रा 

झापाबाट सुरु भयो अनेरास्ववियुको मेची-महाकाली विद्यार्थी जागरण यात्रा 

झापा । झापाबाट अनेरास्ववियुको मेची-महाकाली विद्यार्थी जागरण यात्रा शुभारम्भ भएको छ । अनेरास्ववियु कोशी प्रदेश कमिटीको आयोजनामा मेची-महाकाली विद्यार्थी जागरण यात्रा सुरु गरिएको हो । जेनजी आन्दोलनपछिको राजनीतिक अवस्थालाई चिर्न जागरण यात्रा सुरु गरिएको अनेरास्ववियु कोशी प्रदेश संयोजक नारायण पोखरेलले जानकारी दिए । अनेरास्ववियु केन्द्रीय अध्यक्ष दीपक धामीको प्रमुख आतिथ्यतामा भएको शुभारम्भ कार्यक्रमम...
धनकुटामा स्कुल बस दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु

धनकुटामा स्कुल बस दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका-७ रमाइलो घुम्तीमा आइतबार भएको बस दुर्घटनामा घाइते भएका चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते भएका रामधुनी नगरपालिका-१ का ६० वर्षीय भुवन चौधरीको मृत्यु भएको हो । उनको मोरङको बुढीगंगास्थित विराट टिचिङ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरीको रामधुनी नगरपालिका-५ मा रहेको पिंक लोटस बोर्डिङ स्कुलका विद्यार्थीलाई शैक्षिक भ्रमणमा लिएर गएको...
विराटनगरमा मंसिर १९ गतेदेखि प्याब्सन स्पोर्ट्स मिट हुँदै

विराटनगरमा मंसिर १९ गतेदेखि प्याब्सन स्पोर्ट्स मिट हुँदै

विराटनगर । विराटनगरमा प्याब्सन स्पोर्ट्स मिट हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा मंसिर १९ देखि २१ गतेसम्म स्पोर्ट्स मिट हुन लागेको हो । स्पोर्ट्स मिट विराटनगरको सहिद रंगशाला, रानीस्थित जुटमिलको खेल मैदान, एभरेष्ट स्कुल तथा विराटनगरका अन्य खेल मैदानमा हुने आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । शिक्षा क्षेत्रको समग्र उन्नयनका लागि खेल...
एचआईभी/एड्ससम्बन्धी जनचेतना बढाउन विराटनगरमा प्यानल छलफल

एचआईभी/एड्ससम्बन्धी जनचेतना बढाउन विराटनगरमा प्यानल छलफल

विराटनगर । एचआईभी/एड्ससम्बन्धी जनचेतना बढाउने र प्रभावकारी नीति-कार्यन्वयनमा आवश्यक समन्वय गर्न विराटनगरमा प्यानल छलफल भएको छ । विश्व एड्स दिवसको अवसरमा विभिन्न सरोकारवाला निकायको उपस्थितिमा प्यानल छलफल भएको हो । स्वास्थ्य निर्देशनालय धनकुटा, एएचएफ नेपाल, स्वास्थ्य कार्यालय मोरङ,  लायन्स क्लब अफ विराटनगर मेट्रो लगायतको संयुक्त आयोजनामा भएको कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य सचिव डा. यदुचन्द्र...
विराटनगर महानगरपालिकाद्वारा अनुदानमा बिउ वितरण 

विराटनगर महानगरपालिकाद्वारा अनुदानमा बिउ वितरण 

विराटनगर । विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा गहुँ र मकैको बिउ वितरण सुरु गरेको छ । कृषकलाई कृषिप्रति आकर्षण जगाउन अनुदानमा बिउ वितरण गरिएको महानगरले जनाएको छ । महानगरका अनुसार ३६ समूह र १० जना कृषकलाई बिउ वितरण गरिनेछ । जसमध्ये १० हजार ६ सय ३८ केजी गहुँ र ७ सय १४ केजी मकैको बिउ वितरण गरिएको कृषि तथा पशुपन्छी शाखाका संयोजक हिरालाल यादवले जानकारी दिए । महानगर क्षेत्रभित्र ९ सय हेक्टरमा...
भारतको उत्तरप्रदेशमा बस दुर्घटना हुँदा तीन नेपालीको मृत्यु

भारतको उत्तरप्रदेशमा बस दुर्घटना हुँदा तीन नेपालीको मृत्यु

विराटनगर । भारतको उत्तरप्रदेशको बलरामपुर जिल्लामा नेपालीहरू सवार बस दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको छ । आज बिहान बस ट्रकसँग ठोक्किँदा आगो लागेको थियो । सोही आगोमा जलेर तीन नेपालीको मृत्यु भएको जनाइएको छ । बसमा सवार अन्य २४ जना घाइते भएका छन् । उनीहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी छ । यूपी २२ एटी ०२४५ नम्बरको बस र यूपी २१ डीटी ५२३७ नम्...
भोजपुर र धनकुटामा आठ हजार गाँजाको बोट फडानी 

भोजपुर र धनकुटामा आठ हजार गाँजाको बोट फडानी 

विराटनगर । भोजपुर र धनकुटाका विभिन्न स्थानबाट प्रहरीले करिब आठ हजार गाँजाका बोट फडानी गरेर नष्ट गरेको छ । डाँडा पाखामा आफैँ उम्रिएको तथा बारीमा लगाएको गाँजाको बोटबिरुवा प्रहरीले फडानी गरेर नष्ट गरेको हो । सोमबार जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटारसहित अन्य प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाका विभिन्न स्थानबाट गाँजा फडानी गरेको ...
भोजपुरमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाइते, एकको अवस्था गम्भीर 

भोजपुरमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाइते, एकको अवस्था गम्भीर 

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-५ होमताङमा एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा एम्बुलेन्स चालक करिब २६ वर्षीय सञ्जीव राई र हतुवागडी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख करिब ५० वर्षीय जयकुमार राई घाइते भएका छन् । घाइतेमध्ये जयकुमारको अवस्था गम्भीर रहेको भोजपुरका प्रहरी प्रमुख डीएसपी राजु लामाले जानकारी दिए । आज बिहान प्रदेश १-०२-००१ झ ०७३७ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भएर सडकबाट ...
विराटनगरबाट श्रोत नखुलेको साढे २ लाख भारुसहित एकजना पक्राउ

विराटनगरबाट श्रोत नखुलेको साढे २ लाख भारुसहित एकजना पक्राउ

विराटनगर । विराटनगर-१५ बाट श्रोत नखुलेको दुई लाख ५० हजार भारुसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २५ वर्षीय मनिष यादव छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई शङ्का लागेर चेकजाँच गर्दा पाँच सय दरका भारतीय नोट पाँच सय थान फेला परेको मोरङ प्रहरीले जनाएको छ । उनले बरामद नोटहरूको वैध स्रोत खुलाउन नसकेपछि प्रहरीले पक्राउ गरेको हो । उनलाई राजश्व अनुसन्धान ...
सुनसरीको इनरुवा-कप्तानगञ्ज सडक निर्माणको ठेक्का रद्द

सुनसरीको इनरुवा-कप्तानगञ्ज सडक निर्माणको ठेक्का रद्द

विराटनगर । हुलाकी सडकखण्डअन्तर्गत सुनसरीको इनरुवा देखि कप्तानगञ्जसम्मको सडक निर्माणको ठेक्का रद्द गरिएको छ । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना जारी गर्दै २२.६६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का रद्द गरिएको जनाएको हो । सडक स्तरोन्नतिका लागि गरिएको ठेक्का सम्झौता गौरीपार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी) विराटनगरसँग तोडिएको सूचनामा उल्लेख गरिएको छ...
मोरङको रंगेलीमा आगजनी र तोडफोड गर्ने आठ जना पक्राउ

मोरङको रंगेलीमा आगजनी र तोडफोड गर्ने आठ जना पक्राउ

विराटनगर । मोरङको रंगेलीबाट सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रंगेली नगरपालिका-३ का भुपाल भण्डारी, रंगेली-७ का आनन्द साह, रंगेली-४ का रमेशकुमार मण्डल र रंगेली-३ का रुपक गौतम छन् । यस्तै रंगेली-६ का रूपेश यादव, कहटरी-२ का समिर क्षेत्री, सोही स्थानका दोर्जे प्रतीक तामाङ र जहदा-१ का गणपत यादव पक्राउ परेका हुन् । गत भदौ २४ गते भएको जेनजी आन्...
विराटनगरमा सरकारी कार्यालय आगजनी गर्ने नौ जनाविरुद्ध पाँच दिनको म्याद थप

विराटनगरमा सरकारी कार्यालय आगजनी गर्ने नौ जनाविरुद्ध पाँच दिनको म्याद थप

विराटनगर । विराटनगरमा सरकारी कार्यालयहरूमा आगजनी गरेको आरोपमा पक्राउ परेका नौ जनाविरुद्ध पाँच दिनको म्याद थप भएको छ । आज उनीहरूलाई जिल्ला अदालत मोरङमा उपस्थित गराइ ‘आपराधिक उपद्रव’ मुद्दामा अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको हो । प्रहरीले हिजो ताजिम अन्सारी, आवास पौडेल, अरुण साह, राजीव यादव र महेश नेपाललाई पक्राउ गरेको थियो । आज समिर क्षेत्री, दोर्जे तामाङ, गणपति यादव र पंकज कुमार कामतला...
विराटनगरमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा (फोटो फिचर)

विराटनगरमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा (फोटो फिचर)

विराटनगर । विराटनगरमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा भइरहेको छ । सभालाई पार्टीका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् । विभिन्न १५ राजनीतिक दल मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीले आज कोशी प्रदेशस्तरीय एकता सन्देश सभा गरेको हो । पुरानो गुद्रीस्थित मैदानमा दिउँसो १ बजेबाट सुरु भएको सभामा झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुरसहित कोशीका १४ वटै जिल्लाबाट नेता कार्यकर्ताहरू आएका छन्...
धनकुटाको जितपुर साफुमा भलिबल प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम हुने

धनकुटाको जितपुर साफुमा भलिबल प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम हुने

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुर साफुमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । उँधौली चासूवा तङनाम पर्वको अवसरमा मंसिर १६ देखि १८ गतेसम्म विविध कार्यक्रम गर्न लागिएको हो । किरात याख्या छुम्मा ७ नम्बर कार्य समितिको आयोजना तथा महालक्ष्मी नगरपालिका र वडा नम्बर ७ को प्रायोजनमा वडास्तरिय भलिवल प्रतियोगिता सञ्चालन हुनेछ । यस्तै डाकेनी नाच, च्याब्रुङ नाच र विविध सांस्कृति...
एमाले मोरङका पूर्व सचिव रूपेश खतिवडा नेपाली कम्युनिस्ट पार्टी प्रवेश

एमाले मोरङका पूर्व सचिव रूपेश खतिवडा नेपाली कम्युनिस्ट पार्टी प्रवेश

विराटनगर । नेकपा एमाले मोरङ जिल्ला कमिटीका पूर्वसचिव रूपेश खतिवडा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । आज विराटनगरमा आयोजित एकता सन्देश सभामा एमाले परित्याग गर्दै खतिवडा नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका हुन् । खतिवडालाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश गर्दै खतिवडाले नेकपा एमालेले क...
विराटनगरमा सुरु भयो नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा 

विराटनगरमा सुरु भयो नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा 

विराटनगर । विराटनगरमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सुरु भएको छ । विभिन्न १५ राजनीतिक दल मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीको कोशी प्रदेशस्तरीय एकता सन्देश सभा विराटनगरमा सुरु भएको हो । पुरानो गुद्रीस्थित मैदानमा दिउँसो १ बजेबाट सुरु भएको सभामा झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुरसहित कोशीका १४ वटै जिल्लाबाट नेता कार्यकर्ताहरू आएका छन् । सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प...
काठमाडौंका मेयर बालेन शाहलाई पितृशोक

काठमाडौंका मेयर बालेन शाहलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ । उनका बुवा रामनारायण शाहको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचारका क्रममा आज मध्याह्‍न निधन भएको हो । उनलाई आइतबार अस्पताल भर्ना गरिएको जनाइएको छ । रामनारायणलाई पिसाबसम्बन्धी सङ्क्रमण देखा परेको थियो भने सङ्क्रमण शरीरमा फैलिएको थियो । साथै मस्तिष्कमा पनि असर देखिएको थियो । रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
झापाबाट जेनजी आन्दोलनमा लुटिएका ५८ राउन्ड गोली बरामद

झापाबाट जेनजी आन्दोलनमा लुटिएका ५८ राउन्ड गोली बरामद

विराटनगर । झापाबाट बेवारिसे अवस्थामा ५८ राउण्ड गोली बरामद भएको छ । दमक नगरपालिका-७ स्थित पशुहाट बजार क्षेत्रबाट सेतो प्लास्टिकको पोकाभित्र राखिएको अवस्थामा गोली बरामद भएको हो । बरामद भएको ५८ राउन्ड गोलीमध्ये ७.६२ एमएमको ३०३ राइफलका ८ थान छन् । प्रहरीका अनुसार यी गोलीहरू जेनजी आन्दोलनको समयमा लुटिएका हुन् । बरामद गरिएका गोली आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
मोरङको रंगेलीमा २८ सय दीप प्रज्वलन (फोटो फिचर)

मोरङको रंगेलीमा २८ सय दीप प्रज्वलन (फोटो फिचर)

विराटनगर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा मोरङको रंगेलीस्थित काली मन्दिर र दुर्गा मन्दिरमा दीप प्रज्वलन गरिएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र रङ्गेली नगरपालिकाको संयुक्त आयोजनामा आइतबार साँझ दुई हजार आठ सय दीप प्रज्वलन गरिएको हो । लैङ्गिक हिंसा अन्त्यको कामना गर्दै दीप प्रज्वलन गरिएको सामाजिक विकास मन्त्रालयका उपसचिव यादव प्रसाद दुलालले जानकारी दिए । दीप प्रज्वलनम...
मोरङको रंगेलीमा किशोरी स्वास्थ्य परामर्श मेला 

मोरङको रंगेलीमा किशोरी स्वास्थ्य परामर्श मेला 

रंगेली । मोरङको रंगेली नगरपालिकाले किशोरी स्वास्थ्य परामर्श सम्बन्धि एकदिने मेला आयोजना गरेको छ । आइतबार जनता क्याम्पसमा भएको मेलामा रंगेली नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका ६ देखि १२ कक्षासम्मका छात्रा विद्यार्थीहरू सहभागी थिए । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा आयोजना गरिएको मेलामा कोशी प्रदेशका विभिन्न सामाजिक सङ्घसंस्थाले २० वटा बढी स्टलहरू राखेका थिए । मेलाम...
error: Content is protected !!