
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको हो ।
आज सुन प्रतितोला दुई लाख ८८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ८७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला चार हजार सात सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला चार हजार छ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।


संगालोखबर 


















